गुल्मीमा तीन महिनामा १ अर्ब रेमिट्यान्स भित्रियो

    गुल्मी (धुर्कोट) २९ असोज
 

बितेका तीन महिनामा गुल्मीमा एक अर्ब विप्रेषण भित्रिएको छ । सदरमुकाम तम्घासस्थित विभिन्न बैंकले गत बुधबारसम्म ९४ करोड ५९ लाख १७ हजार एक सय ६३ रुपैयाँ भित्र्याएका छन् ।

रेसुङ्गा विकास बैंकबाट गत साउनदेखि बुधबारसम्म आठ हजार सात सय पाँचजनाले विभिन्न मुलुकबाट ४० करोड नौ लाख १७ हजार एक सय ६३ रुपैयाँ पठाएको बैंकका महाप्रबन्धक साजन भट्टराईले बताए ।  सो बैंकमार्फत गत एक महिनामा १२ करोड ९० लाख ३७ हजार पाँच सय ९९ रुपैयाँ भित्रिएको जानकारी दिए ।   

त्यस्तै, गुल्मी विकास बैंकमार्फत गत तीन महिनामा ३० करोड भित्रिएको थियो । जिल्लाको सबैभन्दा पुरानो सेन्चुरी इन्टरनेसनल मनि ट्रान्सफरबाट १२ करोड, हिमालय बैंक लिमिटेडले सात करोड ५० लाख रुपैयाँ भित्र्याएको थियो ।
रासस