माओवादी हङकङमा फेरि विवाद

Read Time:2 Minute, 42 Second

 १० अक्टोवर २०१० का दिन युनलङ स्थित एफ टि यु हलमा ने क पा माओवादी जिल्ला कमिटि हङकङको गठन क्रममा फेरि अर्काे विवाद निस्किएकोछ । यो  विवाद नेतृत्वका लागि भएकोथियो ।
सचिव पदका लागि तीन जनाको नाम बाहिर आएपछि सहमतिमा ल्याउने प्रयत्न गरिएको थियो । पूर्ण लक्सम,  पवन बस्नेत र जेबि ओख्राबु बीच सहमति गराउने लाख प्रयत्न गरेपछि पनि नभएपछि नेपालबाट पुगेका प्रतिनधिले लक्समको  नाम सिफारिस गरिदिए । तर त्यसमा आपत्ति जनाउदै बस्नेतका समर्थकहरु हल छाडेर बाहिरिएकाथिए । तिनका भनाईमा उनीहरुले कार्यक्रम नै बहिस्कार गरेकाथिए   सो समूहले यो विवाद माओवादी केन्द्रिय कार्यालय सम्म पुरयाएको बताएकाछन्  
पूर्ण लोकसाम सचिव र अन्य २ जना सचिवको दावेदारलाई सहसचिवमा राख्ने भनि कार्यक्रम समाप्त भएको थियो । विवाद चर्किएपछि भेलाले लक्समलाई सचिवमा चयन गरि अन्य दुई दावेदारलाई महासचिव पदमा लैजाने निर्णय गरेकोथियो ।
हगंकंगमा माओवादीको विवाद यो नयाँ होइन । यसअघि त्यसका भातृसंगठन निर्माणका बेला पनि थुप्रा विवाद छताछुल्ल भएकाछन् । मगरात मुक्ति मोर्चा र लिम्बुवान मुक्ति मोर्चाभित्र चलेको शक्ति संघर्षमा त्यहाँ थुप्रा गुट उपगुट तयार भएकाछन् ।
खुलासत्र समाप्तपछि  अध्यक्ष मण्डलको गठन गरिएको थियो जसमा अध्यक्षतामा राम कुमार राई  र अन्य सदस्यहरुमा हेम राज थापा  र ओमप्रसाद थिए । जिमी किरातीले प्रस्तुत  गरेको राजनैतिक प्रतिवेदन सामान्य टिक्का टिप्पणीपछि पास गरिएकोथियो ।
 कार्यक्रमको अध्यक्षता  कृष्ण लिखाले गरेकाथिए . प्रमुख अतिथि नेकपा माओवादी विदेश राज्य इन्चार्ज बशन्त  थिए .  अतिथिमा वाइ सि एल केन्द्रिय अध्यक्ष सोनाम थिए । स्वागत भाषण असोक गहतराज  र कार्यक्रम सञ्चालन जिमी किरातीले  गरेकाथिए ।।

श्रोत : मुलबाटो डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %