फियोना अब काम पनि शुरु गर

Read Time:4 Minute, 45 Second

सुदुरपूर्वी नेपाली प्रवासी संघ हगंकगं फियोनाले आफ्नो पहलकदमीमा एउटा राम्रो कार्यको शुरुआत गरेकोछ । नेपालीहरुको समस्यामा केन्द्रित रहि उसले नेपाली महाबाणिज्यदुतावाससंग एउटा छलफल गरेकोछ, जसको उद्देश्य राम्रो देखिन्छ ।
२००५ देखि नेपालीका लागि बन्द गरिएको भिसा खुलाउने जस्तो महत्वपूर्ण बँुदामा समेत वार्ता केन्द्रित रहनुले त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
तर यसअघि नेपाली महासंघ हगंकगं,चेम्बर अफ कमर्स, हिन्स, एनआएएन हगंकगंले समेत दुतावासमा यस्ता राम्रा छलफल थुप्रा चलाइसकेकाछन् । तर तिनका कार्यान्वयन लगभग शून्य छ । प्रचारवाजी मात्र हैन यो छलफल अन्य संस्थाद्धारा गरिएजस्तो नहुने विश्वास गराउने गरि फियोनाले काम गर्ने हो भने मात्र सबैभन्दा पूरानो संस्थाको गरिमा अवश्य रहनेछ ।

 

छलफलका निर्णयहरुः
 
प्रस्ताव १। हङकङमा रहेका नेपालीहरुको हित र सुविधालाई ध्यानमा राखी हरेक आइतबार वाणिज्य दुतावास खुल्ला राख्ने सम्बन्धमा दुतावास सकारात्मक रहेको । नेपाल सरकारसंग अतिरिक्त कर्मचारीको माग गरि सकिएको । दुतावासको जन शक्तिको बारेमा पुर्नविचार गरी के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी दुतावासको तर्फबाट यस विषयमा उपयुक्त निर्णय गरिने । यस विषयमा आगामी ३ महिना भित्रमा पुनः छलफल गरिने।

प्रस्ताव २। प्रतिबन्धित रोजगार भिसा फुकुवा गराउने सम्बन्धमा हङकङ सरकार तथा नेपाल सरकार बीच गत वर्ष प्रशासनिक स्तरमा भएको वार्तालाई निर्णायक तहमा पुर्याउन दुवै सरकार बीच राजनैतिक तहमा उच्च स्तरीय वार्ताको आवश्यकता भएको कुरामा दुवै पक्ष सहमत । त्यस्तो वार्ताको लागि दुतावासको तर्फबाट नेपाल सरकार तथा हङकङ सरकारबीच वार्ता गराउन कुटनैतिक पहल गर्ने । सो वार्तालाई सहजिकरण गर्न संयुक्त राष्ट्र संघिय महिला विकास कोष लगायतका अन्तर्राष्ट्रिय संघ संस्था एवं हङकङका नागरिक समाजसंग फियोनाको तर्फबाट आवश्यक पहल गर्ने।
 
प्रस्ताव ३। हङकङमा अलपत्र पर्ने वा आश्रय हिन हुने नेपाली नागरिकहरुको लागि आपतकालिन आश्रय स्थल (Emergency Shelter) को व्यवस्था गर्न आवश्यक भएको कुरामा दुवै पक्ष सहमत । सो आश्रय स्थलको स्थापना र संचालनको निमित्त आवश्यक पर्ने आर्थिक व्ययभारको निमित्त दुतावासको तर्फबाट नेपाल सरकार समक्ष अनुरोध गरी पठाउने । आर्थिक पक्ष समाधान भएमा सो प्रकि्रया अगाडि बढाउने।
 
विविध। हङकङमा नेपाली महावाणिज्य दुतावासको आफ्नै भवन हुनु पर्ने विषयमा दुवै पक्ष सहमत । यसको लागि फियोनाको तर्फबाट नेपाल सरकार समक्ष माग पेश गर्ने । हङकङमा नेपाल क्लबको स्थापनाको निमित्त वार्ताका दुवै पक्षको तर्फबाट हङकङ स्थित सबै नेपाली संघ संस्था तथा हङकङ सरकार संग आवश्यक पहल गर्ने सहमती ।

वार्तामा सहभागी हुने पदाधिकारीहरुको नामावली
 
महावाणिज्य दुतावासको तर्फबाट :
१। विनोद कुमार उपाध्याय महावाणिज्य दूत
२। किरण शाक्य वाणिज्य दूत
 
फियोनाको तर्फबाट :
१। गणेश गुरुङ अध्यक्ष
२। गंगा कुमार खतिवडा उपाध्यक्ष
३। इन्द्र वनेम प्रवक्ता
४। ओमराज सोम्वाहम्फे सल्लाहकार
५। सत्य प्रसाद घले सल्लाहकार
६। मोहन राना सदस्य

 

अध्यक्ष
गणेश गुरुङ
मिति – ११ अक्टोबर २०१०

 

स्रोत: हगंकगं नेपाली डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %