हेपाहा प्रवृत्ति त्याग्नुपर्यो सबै ठिक हुन्छ

Read Time:2 Minute, 54 Second

शक्तीजी ले लेख्नु भएको लेख समय सान्दर्भिक छ । तर हामीले जहिले पनि दुइ वटा पक्षलाई कहिले पनि बिर्सनु हुँदैन भन्ने मलाई लाग्छ ।त्यो के भने परिवर्तन र यथास्थिती सोच  बिचमा सदैब  आन्तरिक संघर्ष रहेको हुन्छ ।अहिले  मगर समाजमा देखिएको अवस्था यही हो ।

किरन बुढा मगर

. हेपाहा प्रवृत्ति र पुरातन सामन्ती सोच, जिउ जिउ भनेर धोग्नु पर्ने सोच , धनीले गरीब मगरहरुको आदर र सम्मान गर्न नसक्ने, भाषा बोल्न नसक्ने मगरहरुलाई भाषा बोल्ने मगरले खिसी तिउरी पार्ने, शिक्षित हौ भन्ने अबसरबादी मगरहरुले अर्ध शिक्षित मगरहरुमा भएको क्षमता र प्रतिभाको कदर र सम्मान गर्न  नसकेपछि स्वाभाविक रुपले  अन्र्तद्धन्द्ध जन्मन्छ ।

अर्ध शिक्षित र बिगतमा केहि पहिचान नभएकाहरुले अहिले केहि गर्नै सक्दैनन भन्ने सोच गलत हो . यस्तो खाले बिचारले समस्याको समाधान होइन समस्या जन्माउछ . यो बुझ्नु पर्‍यो कि हरेक ब्यक्ति केहिन केहि हो र उसमा केहि न केहि प्रतिभा छ, प्रचुर सम्भावना बोकेको छ ।
पुन समाज मैले बुझे अनुसार अहिले भाषिक , सांस्कृतिक्, ,शैक्षिक, आर्थिक जागरणले मजबुत रुपले अगाडी बढी रहेकोछ भने मुल मगर समाज अन्तर्गत रहेका हामी मगरहरुले पुनहरुमा  हैसियत नै छैन र शिक्षा नै छैन भनिरहेकाछौं । यो उनीहरुमाथिको अवमूल्यन हो ।

यसरी हल्का र पूर्वग्राही ढंगले बुझेर समस्याको यथार्थ धरातलमा पुग्न सकिदैन । त्यसैले हाम्रो मुल मगर समाज पनि यो हेपाहा प्रवृत्ति र पुरातन सोचबाट मुक्त भएर जागरणको धार बनेर अगाडी बढ्नु पर्छ र निश्पक्ष सन्देश प्रबाह गर्न सक्नुपर्छ । आगोको सानो  झिल्कोले नै जगत सखाप पार्न सक्छ  . २०५२ साल फागुन २ गतेबाट माओबादीले युद्ध शुरु गर्दा शेरबहादुर देउबाले ५ दिनमै सखाप हुन्छन  भन्ने बताएपनि आखिर समस्याले अर्कै मोड लियो .  पछि माओवादीसंगै वार्ता गर्नुपरयो । त्यस्तो अवस्था नआओस् भन्नाका खातिर पनि बैलैमा होस् पुरयाउन जरुरी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %