‘मुर्खहरु इतिहास बंग्याउन चाहन्छन्’

Read Time:2 Minute, 2 Second

महाविर पुन मगर

पुनसमाज खोलेर केहि बिग्रेकोछैन । यदि राम्रो काम गर्ने हो र गरेर देखाउने हो भने यसरी संस्था खोल्नु नराम्रो होइन ।

मैले पुन समाजको बिकाशको लागि गरेको काममा धेरै सहयोग गरोस् । तर त्यस्तो सहयोग धेरै भएकोछैन बरु कतिपय अवस्थामा उल्टै बिगार्ने प्रयास पनि गरिएकोछ ।
तर मलाई त्यसले केहि फरक पारेन र पार्नेछैन पनि । केहि पुनहरुले मैले गरेको कामलाई बिगार्ने प्रयास गर्दा झन उल्टै मलाई म्याग्सेसे अवार्ड पाउने वातावरण नै बनाइदिएकोथियो ।
हामी मगर होइनौ भन्नु १०० प्रतिशत गलत कुरा हो । इतिहासलाई बंग्याउने काम हो । तर तपाईहरुले ख्याल राख्नुपर्ने कुरा के हो भने केहि मुर्खहरुले इतिहास लाई जति बंग्याउन खोजेपनि त्यो बागिंदैन । किनभने इतिहास भनेको पहिल्यै भैसकेको कुरा हो र त्यो कुरालाई बंग्याउनु भनेको मुर्खता हो ।
जस्तैः हामीले दोश्रो विश्वयुद्ध भएकै हैन भनेर हुन्छ र ? अझैपनि जर्मन र जापानमा दोश्रो विश्वयुद्धमा उनीहरुले त्यति धेरै मान्छे मारेकै होइन भनेर भन्ने ठूलै समूह छ नी १ पृथ्विनारायणशाहले पहिलो विवाह मगरको छोरीलाई गरेकै होइन भन्ने तर्क गरेर हुन्छ र ? उनले मकवानपुरको सेन मगर राजाको छोरी मागेर पहिलो विवाह गरेको होनी ।
धेरै तिकडम गर्नतिर नलागौं काम गर्न लागौं । त्यसो भएमा राम्रो हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %