दसैँमा खसीबोका नबिकेर व्यापारी हैरान

   

    दमौली, २८ असोज
 यसपालिको दसैँमा सोचेअनुसार खसीबोकाको बिक्री नहुँदा व्यापारीहरू निराश भएका छन् ।तनहुँ जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा भित्रिएका खसीबोका बिक्री हुन नसकेपछि व्यापारीहरूले फर्काउन थालेका छन् । बुधबारसम्ममा ३०० भन्दा बढी खुसीबोका बिक्री नभएर फर्काइएको व्यास–१ अम्रेनिका बामदेव मिश्रले  बताए । ।
विकट गाविसहरू बैडी, कोटा, छिपछिपे, देवघाटबाट ल्याइएका खसीबोका व्यापारीले फर्काइसकेका हुन् ।

यसपटकको दसैँका लागि अधिकांश व्यक्तिले घरघरमै खसीबोका पालेकाले बिक्री नभएको भनाइ अर्का व्यापारी बेलबहादुर विकले   बीसवटा खसीबोका मध्ये बिक्री नभएका १४ वटा फर्काउने तयारी भएको विकले जानकारी दिए । । गत वर्ष भने यहाँ खसीबोकाले राम्रो बजार पाएको थियो । यस वर्ष तनहुँमा २० हजार खसीबोका भित्रिएको छ । जिउँदो खसीको प्रतिकेजी रु २८० र बोकाको प्रतिकेजी २६० रुपैयाँमा बिक्री भएको व्यापारीले बताएका छन् ।

 

 

रासस