अन्तर्राष्ट्रिय साँस्कृतिक मेलामा नेपाल पनि चीन जाने

Read Time:2 Minute, 36 Second

बेइजिङ, २८ असोज ।
विश्वका करिब ३० देशको सहभागितामा यहाँ आयोजना गरिने सात दिवसीय अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा नेपालले सहभागिता जनाउने भएको छ । चीन र नेपालसहित विश्वका ८० देशका २१ हजारभन्दा बढी बिदार्थी अध्ययन गर्ने बेइजिङस्थित रनमिन विश्वबिदालयमा आगामी आइतबार सुरु हुने मेलामा विभिन्न देशका तस्वीर, वृत्तचित्र तथा चलचित्र प्रदर्शन गरिनुका साथै विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
 
सबैभन्दा महत्वपूर्ण मानिएको महोत्सवको उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले मेलामा सहभागी सबै मुलुकका कूटनीतिज्ञको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।समारोहमा नेपाललगायत विभिन्न देशका कूटनीतिज्ञ, विश्वबिदालयका अधिकारी, प्राध्यापक तथा दसौँ हजार बिदार्थीको सहभागिता रहने आयोजक रनमिन विश्वबिदालयले जनाएको छ ।
    बेइजिङस्थित नेपाली दूतावासको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सोही विश्वबिदालयमा अध्ययनरत नेपाली बिदार्थीले महोत्सवमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।महोत्सवको उद्घाटनकै दिन विभिन्न देशले छुट्टाछुट्टै प्रदर्शनी कक्षबाट आ–आफ्नो मुलुकको कला, संस्कृति, भेषभूषा, रहनसहनलगायतका बारेमा जानकारी दिनेछन् ।
नेपालको स्टलमा नेपाली खाना, हस्तकलाका सामान, भेषभूषा, परम्परागत वाद्यवादनका सामग्री, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थलका तस्बिरहरू प्रदर्शनी गरिनेछ । साथै नेपालका पर्यटकीय स्थलबारे नेपाल पर्यटन बोर्डद्वारा प्रकाशित पोस्टर, पम्प्लेट, पुस्तक र ब्रोसर पनि वितरण गरिनेछ ।
सन् २००१ देखि हरेक वर्ष आयोजना गरिँदैआएको उक्त महोत्सवमा नेपालले लगातार पाँचौँपटक सहभागिता जनाउन लागेको हो ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %