सङ्घीय लिम्बुवानको विस्तारित बैठक सम्पन्न

    इटहरी, २७ असोज 

फुट्दै र जुट्दै गर्ने संस्कृति बोकेको सङ्घीय लिम्बुवान राज्य परिषद्को चौथो विस्तारित बैठक

हाँसपोसाको तरहरामा सम्पन्न भएको छ ।

एक महिनाअघि महासचिव पद्म अधिकारीसहित अधिकांश केन्द्रीय पदाधिकारीहरुले राजीनामा

दिएपछि दुई चिरामा विभाजित हुन पुगेको सङ्घीय लिम्बुवान राज्य परिषद्ले केन्द्रीय अध्यक्ष

संजुहाङ पालुङ्वा समर्थित मानिस बाहेकका नेताहरुको सक्रियतामा यो विस्तारित बैठक

आयोजना गरेको हो ।

    मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद् कुमार लिङ्देनको भन्दा केही फरक भूगोललाई

लिम्बुवान भू–भाग भनी दाबी गर्दै आएको सङ्घीय लिम्बुवान राज्य परिषद्ले राजधानी काठमाडौँ

उपत्यका समेत पूर्वका दस जिल्लालाई ऐतिहासिक प्रमाणका आधारमा स्वायत्त लिम्बुवान

क्षेत्रभित्र राख्दै आएको छ ।
    
सो विस्तारित बैठकमा महासचिव पद्म अधिकारीले स्वायत्त लिम्बुवानको वर्तमान परिस्थिति,

लिम्बुवान स्वायत्तता र हाम्रो दायित्व तथा सङ्घीय लोकतान्त्रिक नेपालमा राज्य पुनःसंरचनाका

आधारहरु विषयक दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका छन् ।
    
    लोकतान्त्रिक गणतन्त्रात्मक स्वायत्त लिम्बुवान राज्य प्राप्तिको लडार्इंमा होमिएका यी

लिम्बुवानवादीहरु मध्ये कुमार लिङ्देन समूहको धरानमा सम्पन्न विस्तारित बैठकले पनि

राज्यले आफूहरुसँग गरेको पाँच बुँदे सहमति कार्यान्वन नगरे आफ्नै अन्तरिम संविधान जारी

गरेर लिम्बुवान सरकार स्थापनाको खाकासहित आन्दोलनमा जाने निर्णय लिएको थियो ।

    संजुहाङ नेतृत्वको विद्रोही समूह बनेर बाहिर आएको पद्म अधिकारी नेतृत्वको सङ्घीय

लिम्बुवान राज्य परिषद्को यहाँ सम्पन्न चौथो विस्तारित बैठकले पनि लिम्बुवान प्राप्तिका लागि

निर्णायक आन्दोलन छेड्ने तयारी गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
    
सो विस्तारित बैठकमा उपत्यका तथा पूर्वको इलाम र पाँचथर जिल्लाको बाहेक अरु सबै

जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

रासस