यूकेको डिग्री महगो पार्ने नयाँ निर्णय

Read Time:5 Minute, 29 Second

चजिन्द्र राना मगर
१२ अक्टोबर २०१० युके
बेलायतमा पढ्न आउनेहरुका लागि अब सहज हुनेछैन । स्वतन्त्र यूनिभर्सिटी शुल्क टिम अर्थात लर्ड ब्राउनी रिभ्यूले ल्याएको शुल्कबृद्धि प्रस्तावमाथि बेलायती बिजनेस सेक्रेटरी विन्स केबलद्धारा हाउसअफ कमनमा उनको भारी विरोध गरिएकोथियो ।  तर उनले पनि आज त्यस प्रस्तावमा समर्थन जनाएपछि  २०१२ देखि २०१३ भित्र शुल्क बृद्धि ‘इज फेयर अफोर्डेबल’ लागु हुने छ । यस निर्णयको बिद्यार्थी र अभिभावकहरुको विरोध भैरहेकोछ । यो प्रावधान अनुसार हालको शुल्क ३२९० पाउण्ड प्रति बर्षबाट बढेर बिषय अनुसार प्रति बर्ष ६००- १२००० पाउण्डसम्म लाग्नेछ ।  डिग्री कोर्सको लागि १२००० पाउण्डसम्म लाग्नेछ ।
तर यो मूल्य बिश्वबिद्यालय अनुसार फरक हुनेछ । बिख्यात अक्सफोर्ड , क्याम्ब्रिज जस्ता बिश्वबिद्यालयको शुल्क १२००० पाउण्ड भन्दा माथि पुग्नेछ । त्यसमा बिज्ञान जस्ता प्राविधिक बिषयहरुमा पढ्नेहरुले १४००० पाउण्ड भन्दा बेसी शुल्क तिर्नुपर्नेछ । यो योजना अनुसार ुबर्सरीु रिन लिएर पढ्नेको हकमा अहिलेको १५००0 पाउण्ड भन्दा माथि प्रतिबर्ष आम्दानी हुनेले रिन तिर्ने प्रावधान खारेज गरि अर्काे ब्यवस्था ल्याएकोछ । अब २१००० पाउण्ड भन्दा माथि आम्दानी हुनेले यस्तो रिन तिर्नुपर्नेछ । तर यो भन्दा कम आम्दानी हुनेले तिर्नुपर्नेछैन ।
हाल बिद्यार्थीले ३७५० पाउण्ड प्रतिबर्ष रिन लिन पाँउछन् भने पारिवारिक आम्दानी बार्षिक २५००० भन्दा मुनी हुनेले थप ३२५० पाँउछन् । परिवर्तित नियमले मध्यमवर्गलाई प्रत्यक्ष असर पार्ने बिश्लेषण गर्न थालिएकोछ । धनी वर्गलाई यो प्रावधानले असर नपार्ने बताइदैछ । गरिवीको रेखामुनी रहेकाहरुलाई सरकारले संरक्षण गर्ने बताइएपनी कम आम्दानी हुनेहरुलाई प्रत्यक्ष असर पार्ने यस्तो प्रावधानले उनीहरुले उच्च शिक्षा लिन नपाउने निश्चित जस्तैछ । नेपाल जस्तो तेस्रो मुलुकबाट यहाँ आएर काम गर्दे अध्ययन गर्नुपर्ने बिद्यार्थीहरुलाई यस्तो  प्रावधानले झन ठूलो असर

पार्नेछ ।
ल्यान्कास्तरका टेक्निकल म्यानेजर माइक राम्रो आम्दानी गर्ने मध्यमवर्गीय परिवारका मुली  हुन् तर यो प्रावधानले उनको चिन्ता बढाइदिएकोछ । उनको छोरी अहिले साइकोलोजी र क्रिमिनोलोजी बिषय लिएर पढिरहेकीछन् । तर उनलाई आफ्नो दोश्रो छोरीको चिन्ता छ, जसलाई यो प्रावधानले प्रत्यक्ष असर पार्नेछ । २१ बर्षिय आर्ट एण्ड डिजाइनका बिद्यार्थी रुबेन पनि चिन्तित छिन् । उनले अहिलेसम्म बिश्वबिद्यालयबाट पाउदै आएको थोरै बर्सरी र पार्टटाइम कामले धानिरहेकीथिइन । अब यसरी पढाई खर्च धान्न उनलाई हम्मे पर्नेछ ।
१९ बर्षिय टिमबेल्स ए लेवल सकि बिश्वबिद्यालयमा जाने तर्खर गरिरहेको बेला यो प्रावधानको बारेमा सुनेकीछन् । उनी भन्छन्,   ‘यो नियमले पोलिटिकल साइन्स पढ्ने मेरो धोको अधुरै रहने भो ।  मेरो परिवारको सहयोग छैन र म बर्सरीको लागि योग्य पनि छुइन ।’
यूकेका अन्य भाग जस्तै स्कटल्याण्डमा निशुल्क पढ्न पाइन्छ भने वेल्स र नर्दन आयरल्याण्डमा ३२९० प्रतिबर्ष शुल्क तिरेर पढ्न सकिन्छ । इगंल्याण्ड, वेल्स, नर्दनआयरल्याण्डमा बढीमा ३२९० प्रति बर्ष शुल्क लाग्छ । स्कटल्याण्डमा स्थानीयहरुका लागि निशुल्क शिक्षाको ब्यवस्था छ भने यूरोपियन युनियन र यूके अन्य भूभागका लागि १८२० पाउण्ड तिरे पुग्छ । मेडिसिन पढ्न प्रतिबर्ष २८९५ तिर्नुपर्ने हुन्छ । यी बाहेक अन्यमा आ आफ्नै ख।लको शुल्कको ब्यवस्था छ ।
यो नयाँ प्रावधानले नेपाल लगायत विश्वका धेरै मुलुकबाट यहाँ पढ्न आउने बिद्यार्थीहरुलाई प्रत्यक्ष असर पर्नेछ, जसले यूकेको डिग्री बोक्ने सपना देखेका हुन्छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %