बहुलाएको कुकुरले टोकेकाहरुले फैलाएको हल्ला हो

Read Time:3 Minute, 36 Second

मनविर गर्वुजा  मगर , सल्लाहकार पुन समाज नेपाल

तपाइ सल्लाहकार रहेको संस्थाले हामी मगर होइनौ भन्न थालेकोछ । यस वारेमा तपाई के भन्नुहुन्छ ?
–  पुनहरु मगर होइन भनेर जसले भनिरहेको छ उसलाई बहुलाएको कुकुरले टोकेको जस्तो लाग्छ मलाई ।

नेपाल मगर संघ गठन गर्ने बेलामा पुन मगरहरुको पनि ठूलो योग्दान रहेको छ । जसले पुन मगर होइन भनेर कुरा गर्दै आईरहेको छ उसले ‘पुनहरु यस कारणले मगर होइन’ भनेर सावित गर्न सक्नु पर्दछ । जसले पुनमगर होईन भनेर हिडेको छ त्यसले मगर संघलाई फोड्न खोजेको जस्तो लाग्छ ।  पुनहरु मगर भित्रको एउटा पाटो हो ।

पुनहरु मगर होइन भनेर हल्ला मच्चाउनुको पछाडि कस्को र के स्वार्थ हुन सक्छ ?
– पुनहरु मगर होइन भनेर हल्ला मच्चाउनुको पछाडि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झक बहादुर थापा नै हो भन्ने लाग्छ . केही समय अगाडि चितवनमा भएको सम्मेलनमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष  थापाले नै पुनहरु मगर होइन भन्ने अभिव्यक्ति दिएका थिए ।
पुनहरुले गाई काटेर खान्छन् त्यस कारण ‘पुनहरु मगर होइन’ भन्ने शव्दहरु आएको हुदा यसको पछाडि नेपाल मगर संघ केन्द्रीय समितिको स्वार्थ रहेको जस्तो मलाई लाग्छ । जव कि २०३८ साल देखि नेपालका मगरहरुलाई संगठित र सुसुचित गर्न पुनहरुको पनि योगदान रहेको  छ ।
अहिलेका नेपाल मगर संघका पदाधिकारीहरुले पुनहरुलाई अलग गर्र्न खोजेको हुदा केही पुन अगुवाहरु पुनहरुको अलग संस्था गठन गर्न तिर लागेको हो । तर यो संस्था गठन गर्न वाध्य पार्ने काम अहिलेका नेपाल मगर संघका केन्द्रीय समितिको हो ।


ह्जुर त पुन समाजको पनि सल्लाहकार हो । पुनहरुको अर्को संस्था खोलेर मगरबाट अलग हुनु पर्छ भन्नेहरुले हजुर संग सल्लाह-सुझाव  मागेका छन् ?

– हो म पुन समाजको पनि सल्लाहकार र नेपाल मगर संघको संस्थापक सदस्य पनि हो । तर पुनहरु मगर होइन र पुनहरुले अव छुट्टै एउटा जातिय संस्था गठन गरेर अगाडि बढ्नु पर्दछ भनेर स्पष्ट रुपमा म संग सल्लाह मागेको छैन ।
यदि माग्न आएमा नेपाल मगर संघबाट अलग हुने होइन नेपाल मगर संघलाई महासंघ बनाएर लानुपर्छ भन्ने सुझाव दिनेछु । किनकि अहिलेको नेपाल मगर संघ एउटा थापा संघ जस्तो देखिएको छ । किनकि केन्द्रीय समितिले पार्दशी रुपले काम गर्न र सम्पूर्ण मगरहरुलाई एकजुट गराएर लान सकिरहेको छैन । अहिलेको मगरसंघ एउटा एनजिओ संस्थाको रुपमा अगाडि बढिरहेको छ ।

गोविन्द घर्ती

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %