छत्रमान गुरुगं स्वदेश फिरे

    काठमाडौँ, २७ असोज
 प्रधानसेनापति छत्रमानसिंह गुरुङ बेलायतको १० दिने औपचारिक भ्रमण पुरा गरि आज स्वदेश फिर्ता भएकाछन् ।गुरुङ बेलायती सेनाका सेनाध्यक्षको निमन्त्रणामा त्यहाँ गएकाथिए ।
 उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कायममुकायम प्रधानसेनापति तोरणजङ्गबहादुर सिंहले स्वागत गरेकाथिए । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा नेपालस्थित विदेशी सेनाका सैनिक सहचरीहरूको समेत उपस्थिति थियो ।

 

 

 

रासस