कुरा मिलेन भन्दैमा छुट्टिने कुरा गर्नुहुदैंन

Read Time:3 Minute, 22 Second

डा. चिनबहादुर पुनमगर
सल्लाहकार पुन समाज नेपाल

पुनसमाजमा उठेको विवाद के हो ?
पुन समाजभित्र दुइटा धार देखियो । एउटा, पुन मगरकै थुप्रा थर मध्ये एउटा थर हो भन्ने छ भने अर्काे ‘पुन थर हैन जाति हो ‘भन्ने रहेकोछ ।

पुन मगर हैनन् भन्ने राजनीतिमा तपाई कुन कित्तामा हुनुहुन्छ ?

म ‘पुन मगर हुन्’ छुट्टै जाति हैनन् भन्ने पक्षको हुँ । पुन समाजको सल्लाहकारको हैसितयले मैले पुनलाई जनजातिमा सूचिकृत गराउन पहल गर्नुपर्छ भन्ने सुझाव दिएकोथिए । अत्यन्त थोरै जनसंख्यामा रहेका थकालीको तीन समूह जनजातिमा सूचिकृत हुनसक्छन् भने १६ लाख मगर किन हुन नसक्ने भनेर यो प्रस्ताव ल्याएको थिए । तर यसलाइ गलत रुपमा ब्याख्या गर्ने काम गरियो ।
मगर ठूलो जनसंख्यामा रहेकोले सबै थरहरुको महासंघको रुपमा मगरसंघलाई छाता संगठनको रुपमा लैजाने भन्नेथियो । त्यसमा पुन थर पनि एउटा सदस्य हुनसक्थ्यो । भाषिक आधारमा हिमालको काइके, पश्चिमको खाम र गण्कडको मगरातलाई जनजातिमा सूचिकृत गर्न र त्यसमा खामको नेतृत्व पुनले लिनुपर्ने मेरो बिचार थियो । तर महासचिव लगायत केहि साथीहरुले छुट्टै जातिमा सूचिकृत गर्ने बाटो रोज्नु भो । अध्यक्ष पनि यहि लाइनमा देखिनु भो ।

यसबारेमा नेपाल मगरसंघसंग छलफल गर्नु भो ?

यसबारेमा बिस्तृत छलफल गरेर मात्र अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई थियो र छ ।

छुट्टै जातिमा सूचिकृत गर्ने भनेर कहिले पारित गर्नु भो ?

पहिलो महाधिवेशनमा पुन मगर समाज नाममा बहुमत सहभागीले सहमति जनाएकाथिए । त्यसैको आधारमा संस्था दर्ता गरिएकोथियो ।
तर जनजातिमा पुन मगर समाजलाई सूचिकृत गर्न काठमाण्डौ जाँदा  त्यसका संयोजक डा. ओम गुरुड.को सुझाव अनुसार मगर हटाएर पुन समाजमा परिवर्तन गरियो । विधान संशोधन गर्ने काम महाधिवेशनबाट गरिनुपर्नेमा एउटा भेला डाकेर यत्रो महत्वपूर्ण निर्णय हतारहतार गरियो । विधानमा यो गर्न पाउने प्रावधान छैन ।
अहिलेको मूल विवाद नै यहि हो । मगरसंघलाई महासंघ बनाउनुपर्छ । पुन जनजातिमा सूचिकृत गरिनुपर्छ तर छुट्टै जातिको रुपमा हैन । मगरकै रुपमा यो सब हुनुपर्छ । छुट्टिएर पुन समाज अगाडि बढ्न सक्छ र प्रगति हुन्छ भन्ने मलाई कत्ति  विश्वास छैन । कुरा मिलेन भन्दैमा छुट्टिने कुरा गर्नु हुदैंन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %