क्यूजीइको जमघट

Read Time:4 Minute, 15 Second

२६ सेप्टेम्बर राती हङकङमा अस्थायी बसोबास गरिरहेका भूतपूर्व क्विनस् गोर्खा इन्जिनियर ( क्यूजीइ ) का सदस्यहरुले ६२औं जन्म दिवस भब्यताकासाथ सम्पन्न गरे । लेफ्टिनेन्ट गोपाल गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रममा क्याप्टेन सिवी गुरुङले रेजिमेन्टल रुटिन अडर बाचन गरेकाथिए । करपोरल बखत बहादुर गुरुङ र अनेरी लेफ्टिनेन्ट चन्द्र बहादुर गुरुङले संयुक्त रुपमा केक काटी कार्यक्रम शुभारम्भ गरेकाथिए । एसएसएम डब्लुओटु जगत गुरुङ र करपोरल खड्ग बहादुर राईले कार्यक्रम संचालन गरेकाथिए ।

के हो क्यूजीइ
यसलाई बुझ्न पूरानो युगमा पुग्नैपर्ने हुन्छ । १९१४-१६ को नेपाल अग्रेजबीच भएको  नालापानी युद्धमा विरभद्र कुँवर जस्ता सपुतहरुले बैरीको अगाडि नझुकी राष्ट्रिय स्वाधिन जोगाएकाथिए । यहि युद्धकौशलबाट प्रभावित अग्रेंजहरुले नेपाली युवाहरुलाई इस्टइण्डिया कपंनीले भर्ना लिन शुरु गरेको थियो । यो भर्ना प्रचलन कालान्तरमा इस्टइण्डिया कंपनी हुदैं बेलायती, भारतीय फौजमा रुपान्तरित भयो ।

गोर्खाको बहादुरीलाई कदर गरेकै उदाहरण हो, सन १९४७ मा बेलायती उपनिवेशबाट भारत मुक्त भएपछि १९४८ सालमा चार गोर्खा पल्टन – २ जिआर, ६ जिआर, ७ जिआर र १० जिआर बेलायती शासकले आफु संगै लगेकाथिए । उनीहरुले तत्कालिन मलाया ( हाल मलेशिया ) मा ति फौजलाई तैनाथ गरेकाथिए । तिनै गोर्खाली चार पल्टन र बृटिशको थप चार पल्नट ( रोयल इन्जिनियर ) का अधिकृत तथा जवानहरुबाट सन् १९४८ मा इटिसी ( इन्जिनियर्स टेगिनं सेन्टर ) खडा गरे । सोहि बर्ष इटिसी बाट जिटीएसमा ( गुर्खा टेगिनं स्क्वायडरन ) मा परिणत भयो । यसमा ३ स्क्वाड्रन – ६७ , ६८ र ७० स्क्वाड्रन क्रमस १९४९,१९५० र १९५१ मा खडा भएको थियो ।

   नरबहादुर थापा

२८ सेप्टेम्बर १९५५ मा यी ३ वटै स्क्वाड्रनलाई गुर्खा इन्जिनियर्समा परिणत गरियो । यसै दिनको संम्झना गर्दे क्यूजिई जन्मदिवस मनाउने गरिन्छ । गोर्खा इन्जिनियरका पहिलो अधिकृत जसले गुर्खा अर्लि अफिसर प्राप्त गरे, उनी क्याप्टेन नरबहादुर थापा मगर हुन् । उनी क्यूजीका पहिलो गुर्खा मेजर पनि हुन् । ( हेर्नुस फोटो ) पहिलो कर्नल अफ द रेजिमेन्ट अफ क्यूजिइ , मेजर जनरल एलसीएम पेरोन सिवी, सिवीइ ( १९०२-८२ ) हुन् ।
सन् १९६३ मा नर्थ ब्रुनईमा इन्डोनेशियासंग लडेको यस पल्नटले २१ अप्रेल १९७७ मा बेलायती महारानीबाट रेजिमेन्टल रोयल टाइटल प्राप्त गरेको थियो ।

यसले युद्धसमयमा लडाकुलाई बाटो पहिल्याउन प्राविधिक काम गर्छ भने शान्तिकालमा पुलपुलेसा, सडक, खानेपानी आपुर्ति र ब्यवस्थापनको काम गर्छ । हाल यो क्विनस् गोर्खा इन्जिनियर बेलायतको इन्भिक्टा पार्क ब्यारेक, मेडस्टोनमा स्थाईरूपमा रहिरहेको छ । यस रेजिमेन्टमा हाल करिब गोरा र गोर्खाली गरी १००० जति कार्यरत छन् ।

जय क्यूजिइ,

करपोरल हुम बहादुर थापा मगर ,एक्स क्यूजिइ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %