‘पुनहरु लाई उक्साउने षड्यन्त्रकारी’

Read Time:2 Minute, 12 Second

 
विश्वभरका मगरहरु एकबद्ध हुन थालेपछि आत्तिएका यथास्थितवादीहरुले मगरमा फुट ल्याउन अनेकन प्रपन्च शुरु गरेको निष्कर्ष निकालिएकोछ । नेपाल प्रवासी मगर संघ दोहा कतारको सनैयाँ ए  , सनैयाँ बी , साहनिया, रैयान र दोहा एरिया समितिहरुको  २४ सेप्टेम्बरका दिन संयुक्त रुपमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त बिचार मन्थन गरिएकोथियो ।

प्रमुख अतिथि  देव ब. राना मगरले बिगतमा छन्त्याल र भुजेलहरुलाई मगर जातिबाट फुटाएर राज्यले अलग्गै सुचिकृत गरिदिएको तितो यथार्थबाट पाठ सिक्दै रणनीति तय गर्दे अगाडि बढ्नुपर्ने बताएकाथिए । मगरबाट छु्िटन  प्रपन्च गरिरहेका पुनहरुको सन्दर्भलाई कोट्याउदै रानाले यस्तो बिचार ब्यक्त गरेकाथिए ।

उनले भने,  “हाल मगरहरुको बढ्दो सक्रियता देखेर तर्सिएका प्रतिकृयावादीहरु/षड्यण्त्रकारीहरुबाट मगरहरुलाई कमजोर बनाउनकै लागि पुनलाई मगर जातिबाट फुटाएर फेरी अलग्गै सुचिकृत गराउने दुश्प्रयास भईहेको छ ।मगरहरु यस्ता गलत कृयाकलापबाट हरदम सतर्क रहनुपर्ने अन्यथा यसैलाई सिको गर्दै गलत स्वार्थमा लागेर बिभिन्न थरका मगरहरु पनि अलग हुँदै जानेक्रम रहने हो भने भविष्यमा  मगर जातिको अस्तित्व नै हराउनसक्छ । “

 सनैयाँ  ए  एरिया समितिका कोषाध्यक्ष खिम ब. राना मगरको सभापतित्व तथा केन्द्रीय समितिका अध्यक्ष देव ब. राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम सनैयाँ एरिया समितिका सचिब श्री राम ब. पुन मगरले सन्चालन गरेकाथिए ।

मगरसमाज डटकमबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %