विपन्नलाई घर दिन राष्ट्रपति भोलि पोखरा जाने

पोखरा, २१ असोज ।

राष्ट्रपति डा रामवरण यादव भोलि लेखनाथ नगरपालिकाको वडा नं ११ मन्धरे पार्कमा हुने एक

कार्यक्रममा सहभागी हुन पोखरा जाने भएका  छन्  ।

    लेखनाथको लाकुरीमा निर्माण भएका ४० वटा घर राष्ट्रपति डा यादवद्वारा भोलि न्यून आय र

 

विपन्न परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरण कार्यक्रम मानवताका

लागि आवास कार्यक्रम र लेखनाथ नगरपालिकाको संयुक्त आयोजना हुनेछ ।

    राष्ट्रपति यादवले भोलि अपरान्ह पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्णजयन्ती स्तम्भको

अनावरण गर्ने कार्यक्रम छ ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %