बालक हत्याको विरोधमा आज पनि नेपालगन्ज बन्द

बाँके (नेपालगन्ज), २१ असोज ।

दुई स्कुले विद्यार्थी हत्याको विरोधमा आज पनि नेपालगन्ज बजार बन्द रह्यो ।

हत्याको विरोध तथा शान्ति सुरक्षाको माग गर्दै उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको हो ।

बन्दले आज बिहानैदेखि नेपालगन्जमा यातायातका साधनहरु ठप्प भएका छन् भने उद्योग, व्यापार

तथा कलकारखानासमेत बन्द भएका छन् ।

यस्तै शिक्षण संस्था पनि बन्द छन् ।  स्थानीय बागेश्वरी उच्च मावि कक्षा ९ र १० मा अध्ययनरत

किशोरद्वय लीलाधर भट्ट र कपिल द्विवेदीलाई बिहीबार अपहरणपछि हत्या गरिएको थियो ।

हत्याको विरोधमा हिजो पनि नेपालगन्ज बजार बन्द गरिएको थियो ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %