नेपालको लगातार तेस्रो जीत

Read Time:2 Minute, 10 Second

काठमाडौँ, २१ असोज 

सिङ्गापुरमा जारी एसियाली क्रिकेट परिषद् (एसिसी) महिला १९ वर्षमुनिको क्रिकेट

च्याम्पियनसीपमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । त्यहाँस्थित योकेर क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपालले सिङ्गापुरलाई ७० रनले पराजित गरी सेमिफाइनलको यात्रा सहज बनाएको छ । समूह क को प्रतिस्पर्धामा अपराजित नेपालले ६ अङ्क बनाएको छ ।

 टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २५ ओभरको खेलमा दुई विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

 सिङ्गापुर १६० रनको फराकिलो चुनौती पच्छयाउने क्रममा २८ ओभर खेल्दै नौ विकेट गुमाएर ८९ रनमा समेटियो ।  नेपालका लागि ६२ रन बनाउन सफल मनीषा रावल अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा

 अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन् । नेपालका लागि टोली कप्तान नेरी थापा ४७ रन दुई विकेटको योगदान गरी खेलमा प्लेयर अफ द विमेन घोषित भए ।

    नेपालको तर्पmबाट बलिङतर्फ रुविना क्षेत्री दुई, गीता चुडाल र सोनु खड्काले समान एक-एक विकेट लिए भने ब्याटिङतर्पm सीता रानामगर र समिता मगरले समान १३ रन बनाए ।  सिङ्गापुरका लागि कप्तान प्रियाञ्जली जैन ३० र भिर्ती सेथीले ४४ रन बनाए ।

  खेलतालिका अनुसारसमूह क को अन्तिम प्रतिस्पर्धामा नेपालले शुक्रबार कतारसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि हङकङलाई ७९ रन र कुवेतलाई सात विकेटले पराजित गरेको थियो ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %