तीनदल बैठक निष्कर्षविहीन

Read Time:1 Minute, 44 Second

काठमाडौँ, २० असोज ।

वर्तमान राजनीतिक अन्यौलताको अन्त्य, सत्ता साझेदारी, शान्ति र संविधान लेखनको

सुनिश्चितताका लागि सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पनि

बिनानिष्कर्ष टुङ्गिएको छ ।

    नेकपा (एमाले) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहमतिका लागि

बैठकलाई निरन्तरता दिने कुरामा भने दलहरुबीच सहमति भएको छ ।

    बैठकमा एकीकृत नेकपा (माओवादी)ले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर सहमति गर्न

नेपाली काँग्रेसलाई आग्रह गरेको र काँग्रेसले शून्यतामा उम्मेदवारी फिर्ता नलिने अडान राखेको थियो  ।

    माओवादीले पहिला गरेको प्रतिबद्धता र सहमतिको पालना गर्नुपर्ने र शान्तिप्रक्रियालाई

निष्कर्षमा पु¥याउने विषयमा प्याकेजमा सहमति हुनुपर्ने काँग्रेसको धारणा रहेको थियो ।

    बैठकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम

भट्टराई र मोहन वैद्य, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, सचिव विष्णु पौडेल, नेता भरतमोहन

अधिकारीलगायतका नेता सहभागी थिए ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %