सशस्त्र समूहको नाउँमा चन्दा माग्ने प्रहरी पक्राउ

पर्सा (वीरगन्ज), १९ असोज । सशस्त्र समूहको नामबाट टेलिफोनबाट चन्दा माग्दै हिँडेका एकजना प्रहरी जवानलाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान महमद हुसेन देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र समूहको नाममा टेलिफोनबाट सर्वसाधारणलाई धम्क्याएको आरोपमा उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साको बिरुवागुठी गाविस–२ का प्रहरी जवान देवानलाई नेपाल टेलिकम, एनसेल र युटिएलका १०५ नम्बरबाट सशस्त्र समूहको नाममा चन्दा मागेको आरोप लगाइएको छ ।

देवानको नाउँमा रहेको टेलिफोन नम्बरबाट विभिन्न व्यक्तिलाई भूमिगत सङ्गठनको नाममा धम्की आइरहेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र  झाले बताउनुभयो । रासस