कांग्रेसले मैदान नछोडनु लोकतन्त्र र संसदीय प्रणालीकै लज्जा : प्रचण्ड

Read Time:2 Minute, 43 Second

काठमाडौँ, १९ असोज
    एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले एमाओवादी र एमालेले मैदान छोडेपछि पनि काँग्रेस एक्लै मैदानमा बसिरहनु लोकतन्त्र र संसदीय प्रणालीकै लागि लज्जास्पद कुरा भएको  वताएका छन् ।

 

 

 

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसले अहिलेसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिएर मुलुकलाई उल्टो दिशातिर लैजान खोजेको आरोप लगाएका  छन्  ।

    एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसनद्वारा मलेसियाको राजधानी क्वालालाम्पुरमा दुई दिनअघि आयोजित ‘शान्ति र विकास’ विषयक दुईदिने गोष्ठीमा भाग लिएर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने— “हाम्रो पार्टी र एमालेबीच सहमति भई मैले उम्मेदवारी फिर्ता लिँदा जनतामा सकारात्मक सन्देश गएको थियो, काँग्रेस उल्टो दिशातिर गएपछि जनतामा फेरि निराशा छाउन थालेको छ ।”

        आजै बस्ने एमाओवादी, काँग्रेस र एमालेको बैठकमा काँग्रेसलाई भोलि हुने प्रधानमन्त्रीको चुनावअगावै उम्मेदवारी फिर्ता लिन आग्रह गरिने पनि उनले बताए ।      

    मलेसियामा रहेका नेपाली र अन्य देशका नागरिकले समेत नेपालको शान्तिप्रक्रिया र राजनीतिक गत्यावरोधबारे चासो लिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने— “ शान्तिप्रक्रिया र संविधान लेखन कार्यलाई टुङ्गोमा पु¥याउन प्रयत्न गरिरहेकाले राजनीतिक अवरोध हटाएर निकास निस्कने विश्वास दिलायौँ ।”

    मलेसियामा रहँदा आफूले त्यहाँका महत्वपूर्ण विकास–निर्माण कार्यहरूको निरीक्षण गरेको उनले बताए  ।

    अध्यक्ष प्रचण्ड गत शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए  ।

    उनीसँगै गएका पार्टी स्थायी समिति सदस्य एवम् विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पार्टी सल्लाहकार एवम् उनकी पत्नी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %