अफगानिस्तानमा मारिएका सुरज गुरुङ कस्ता थिए

Read Time:3 Minute, 41 Second
 
 बेलायती रक्षा मन्त्रालयले  अफगानिस्तान हेल्मान्द  प्रान्तमा मारिएका  फर्स्ट बटालियन   
 
राईफल्सका सुरज गुरुङ भएको सार्वजनिक गरेको छ । उनी अफगानिस्तानको नरई सरज भन्ने ठाउमा  
 
आफ्नो दलमा अगुवाई गस्ती गर्दै रहदा अक्तोबर २ – २०१० शनिबारका दिन   आत्मघाती आक्रमणमा
 
मारिएका थिए ।
 
२२ बर्सिय गुरुङ गोर्खामा जन्मेका थिए र २००७ मा भर्ती भएका थिए । युकेको
 
केत्रिक्मा तालिम सकी २००८ मा ब्रुनइको फर्स्ट बटालियन  रोयल गुर्खाजमा छिरेका थिए । 
 
इमान्दार,  साहसी, बौद्धिक  र अग्रेंजी भाषा  राम्रो भएकै कारण उनी  आफ्नो समुहको रेडियो
 
अपरेटरमा कार्यरत थिए ।   २०१० अप्रिलमा उनको समुह  अफगानिस्तान गएको थियो ।
 
 
 
 उनी कठिन पस्थितिमा पनि  न अत्ताली काम गर्दथे   हालसालै   विवाह बन्धन्मा बाधिएका   सुरज गुरुङ
 
का पत्नी र बा आमा नेपालमै  छन्  । उनका बाजे र बुवा भारतिय सेनाका हुन भने  ससुरा बेलायती
 
सेनामा  
 
  क्या. सुरेश कुमार थापाका अनुसार उनी अत्यन्त निस्थावान , अनुसाशित थिए ।  कमान्डिगं  अफिसर
 
फर्स्ट बटालियन रोयल गोर्खा राईफल्सका  लेफ्टिनेन्ट  कोलोनेल गेरल्द  भन्छन्  ” उनी आफ्नो समुहका
 
पराक्रमी  ब्यक्ति थिए   अत्यन्त सम्बेदनशिल  क्षेत्रमा बिस्फोटक पदार्थ  पन्छाउने
 
  काम मा खटिएका थिए   कहिल्यै  आत्तिएर भाग्ने काम गरेनन उनी हाम्रो अत्यन्त गर्विला
 
सिपाही थिए उनी हाम्रो टिमका शक्ति केन्द्र थिए   हाम्रो मन मस्तिकमा सधैं रहने छन्   यस दुखद
 
घडीमा उनका परिवारमा समवेदना  व्यक्त गर्न चाहन्छु
 
 उनका सहकर्मी सुरज थापा र सन्तोष गुरुङ भन्छन्  “उनी अत्यन्त फरासिला , काममा सधैं तत्परता
 
देखाउने , गुरुजीहरुसँग कुनै कुरा राख्न कत्ति पनि नहच्किने 
 
साहसी सैनिक थियो   जिम्मेदारी पूर्ण रुपले वहन गथ्र्याे हामी उनी प्रति सधैं गौरवान्वित हुनेछौ
 
उनको परिवार प्रति समवेदना  व्यक्त गर्न  चाहन्छौ
 
 रक्षा बिभाग सचिव डा. लियम फोक्स भन्छन् “उनको मृत्युको खबरले अत्यन्त मर्महत भएका छौ
 
,हामीले अत्यन्त साहसी , कर्तब्यपरायणता सैनिक गुमाएका छौ यस दुखद घडीमा उनको परिवार ,
 
साथीभाई सबै प्रति धैर्यधारण गर्ने शक्ति प्रदन गरोस भनि भगवानसँग प्रार्थना गर्दछौ
 
उनी समेत   अफगानिस्तानमा २००१ देखि  ३३९ जनाले ज्यान गुमाएका छन् । जस मध्य गोर्खाली
 
हरु राइफलमेन   सुरुज गुरुङ २२,  सेपर ईश्वर गुरुङ २१,  राइफलमेन   रेमन्द कुलुङ २७,  कर्पोरल
 
अर्जुन पुर्जा ३३ , कर्पोरल कुमार पुन ३१,  सर्जन् कृष्ण बहादुर दुरा  ३६,  राइफलमेन  युवराज
 
राई  २८, छन् । 
 
चजिन्द्र राना मगर , युके 
 
 
 
 
  
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %