अफगानिस्तानमा मारिएका सुरज गुरुङ कस्ता थिए

Read Time:3 Minute, 41 Second
 
 बेलायती रक्षा मन्त्रालयले  अफगानिस्तान हेल्मान्द  प्रान्तमा मारिएका  फर्स्ट बटालियन   
 
राईफल्सका सुरज गुरुङ भएको सार्वजनिक गरेको छ । उनी अफगानिस्तानको नरई सरज भन्ने ठाउमा  
 
आफ्नो दलमा अगुवाई गस्ती गर्दै रहदा अक्तोबर २ – २०१० शनिबारका दिन   आत्मघाती आक्रमणमा
 
मारिएका थिए ।
 
२२ बर्सिय गुरुङ गोर्खामा जन्मेका थिए र २००७ मा भर्ती भएका थिए । युकेको
 
केत्रिक्मा तालिम सकी २००८ मा ब्रुनइको फर्स्ट बटालियन  रोयल गुर्खाजमा छिरेका थिए । 
 
इमान्दार,  साहसी, बौद्धिक  र अग्रेंजी भाषा  राम्रो भएकै कारण उनी  आफ्नो समुहको रेडियो
 
अपरेटरमा कार्यरत थिए ।   २०१० अप्रिलमा उनको समुह  अफगानिस्तान गएको थियो ।
 
 
 
 उनी कठिन पस्थितिमा पनि  न अत्ताली काम गर्दथे  ।  हालसालै   विवाह बन्धन्मा बाधिएका   सुरज गुरुङ
 
का पत्नी र बा आमा नेपालमै  छन्  । उनका बाजे र बुवा भारतिय सेनाका हुन भने  ससुरा बेलायती
 
सेनामा  । 
 
  क्या. सुरेश कुमार थापाका अनुसार उनी अत्यन्त निस्थावान , अनुसाशित थिए ।  कमान्डिगं  अफिसर
 
फर्स्ट बटालियन रोयल गोर्खा राईफल्सका  लेफ्टिनेन्ट  कोलोनेल गेरल्द  भन्छन्  ” उनी आफ्नो समुहका
 
पराक्रमी  ब्यक्ति थिए  ।  अत्यन्त सम्बेदनशिल  क्षेत्रमा बिस्फोटक पदार्थ  पन्छाउने
 
  काम मा खटिएका थिए ।  कहिल्यै  आत्तिएर भाग्ने काम गरेनन । उनी हाम्रो अत्यन्त गर्विला
 
सिपाही थिए । उनी हाम्रो टिमका शक्ति केन्द्र थिए ।  हाम्रो मन मस्तिकमा सधैं रहने छन् ।  यस दुखद
 
घडीमा उनका परिवारमा समवेदना  व्यक्त गर्न चाहन्छु । “
 
 उनका सहकर्मी सुरज थापा र सन्तोष गुरुङ भन्छन्  “उनी अत्यन्त फरासिला , काममा सधैं तत्परता
 
देखाउने , गुरुजीहरुसँग कुनै कुरा राख्न कत्ति पनि नहच्किने 
 
साहसी सैनिक थियो ।  जिम्मेदारी पूर्ण रुपले वहन गथ्र्याे । हामी उनी प्रति सधैं गौरवान्वित हुनेछौ ।
 
उनको परिवार प्रति समवेदना  व्यक्त गर्न  चाहन्छौ ।“
 
 रक्षा बिभाग सचिव डा. लियम फोक्स भन्छन् “उनको मृत्युको खबरले अत्यन्त मर्म।हत भएका छौ
 
,हामीले अत्यन्त साहसी , कर्तब्यपरायणता सैनिक गुमाएका छौ । यस दुखद घडीमा उनको परिवार ,
 
साथीभाई सबै प्रति धैर्यधारण गर्ने शक्ति प्रद।न गरोस भनि भगवानसँग प्रार्थना गर्दछौ । “
 
उनी समेत   अफगानिस्तानमा २००१ देखि  ३३९ जनाले ज्यान गुमाएका छन् । जस मध्य गोर्खाली
 
हरु राइफलमेन   सुरुज गुरुङ २२,  सेपर ईश्वर गुरुङ २१,  राइफलमेन   रेमन्द कुलुङ २७,  कर्पोरल
 
अर्जुन पुर्जा ३३ , कर्पोरल कुमार पुन ३१,  सर्जन् कृष्ण बहादुर दुरा  ३६,  राइफलमेन  युवराज
 
राई  २८, छन् । 
 
चजिन्द्र राना मगर , युके 
 
 
 
 
  
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %