अज्ञात समूहद्वारा एकको हत्या

कपिलवस्तु १९ असोज । सोमबार राति कपिलवस्तुमा एक सर्वसाधारणको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको छ ।

    जिल्लाको महाराजगन्ज– ३ अमौलिया निवासी वर्ष ५० का परशुराम यादवको घरेलु हतियार प्रयोग गरी हत्या गरिएको हो ।

    यादवलाई आफ्नै निवासमा मध्यरातमा सुतिरहेको अवस्थामा कालो कपडाले मुखमा छोपेर आएका तीनजनाले  हत्या गरेको प्रहरीले जनाएको छ ।