महाठगको चंगुलमा कसरी फसें देशका दिग्गज हस्ती

Read Time:5 Minute, 3 Second

महाठगबारे कलाकार मदनकृष्ण श्रेष्ठको अनुभव –

देशका हस्तीहरु मुर्गा बनेको दृश्य :

मध्य अमेरिकी मुलुक बेलिजमा रहेको भनिएको गि्रनफोर्ड विश्वबिद्यालयले नेपालका उच्च तहका नेता एव लोकपि्रय कलाकारहरुलाई प्रदान गरेको मानार्थ विद्यावारिधिको अहिले खुबै चर्चा छ । नक्कली युनिभसर्िटीले नक्कली प्रमाणपत्र प्रदान गरेको यसका मूख्य ठग सो बिश्वबद्यालयका कुलपति भनिएका गोपाल पौडेलले शक्तिमा रहेका सबैलाई आफ्नो जालमा  पार्न सफल भएकाछन् ।  उपप्रधानमन्त्री बिजयकुमार गच्छेदार  अहिलेको राजनीतिका प्रभावशाली खेलाडी एमालेका केपी शर्मा ओली कलाकार महजोडी जस्ता चर्चित ब्यक्तिहरुले यो पदवी शीरमा गुथ्नुले उनको पहुच सहजै अनुमान गर्न सकिन्छ । सत्तामा रहेका कयौं नेता प्रशासक ब्यापारीहरु यस  प्रकरणमा मुछिएकाछन् ।
देश सक्रमणकालमा छ । तर पौडेल जस्ता महाठगहरुको चंगुलमा फस्ने नेताहरुले जनताका ागि के काम गर्छन भन्ने प्रश्न सर्वत्र उठ्न थालेकोछ । एउटा ठगले आफ्नो धन्दा चलाउन गर्ने प्रपन्चमा फस्ने यी ठूलाबडाहरु साच्चिकै फसेंकाहुन् कि फसेको नाटक गरेका हुन् यो अनुसन्धानपछि नै पत्ता लाग्ला । तर शैक्षिक संस्थाको नाममा शेयर र जग्गा दलालको धन्दा चलाउने  यी महाठगको चंगुलमा फसेंका चर्चित कलाकार मदनकृष्णलाई एस लिम्बुले केरकार गरेकाथिए ।

 

मानार्थ विद्यावारिधि तपाईहरुलाई दिने प्रस्ताव कसरी आयो ?
गि्रनफोर्ड विश्वबिद्यालयका कुलपति बताउने गोपाल पौडेलले सुरुमै फोन गरेर हामीलाई यसबारेमा बताउनुभएको थियो । तर हामीले मानेका थिएनौं । तर उन्ले बारम्बार फोन गरेर आग्रह गरेपछि लौ तिम्रो सम्मान सानो हामी ठूला हौं भन्न पनि मिलेन ।

उन्को बारेमा त बुझ्नु भयो होला नी ?

हामीले सुरुमै सोधेका थियौं त्यो विश्वविद्यालयले सरकारसँग समझदारी गरेको छ की छैन  सिटिइभिटीमा रजिष्टर छ की छैन तर उस्ले सबै छ भनेपछि हामीले अविश्वास गर्ने कुरा पनि भएन । हामीले  युनिभसर्िटीको बारेमा वेभसाईटमा हेरेका थियौं तर त्यो दुरुस्त थियो ।


त्यतिले पत्यार लाग्यो ?

होइन उनले हामीलाई भेटेर बारम्बार भनेपछि हामी ठूला हौं भन्न पनि मिलेन । फेरि नेपालकै उच्च तहका नेतालाई पनि सम्मान गर्ने तयारी थियो नी ।  उनले निरन्तर फोन गर्ने भेट्ने गरेपछि कार्यक्रम भन्दा ६ दिन अघि मात्रै सहमति जनाएको थियौं ।


पौडेलसँग कसरी भेट भयो  ?

उस्ले ३-४ वर्ष अघि नै लण्डनमा कार्यक्रम गर्दा भेटेको भनेको थियो । सायद हामीले उसँग कार्यक्रम पनि गर् यौं पनि होला । तर उस्ले त्यहि भेटलाई समाएर हामीलाई दुरुपयोग गर्ने कोशिस गर् यो .  हामीले उनको कुरामा विश्वास गर्नु गल्ति भयो ।  उनले नयाँ तरिकाले छक्याए । हाम्रा लागि  यो प्रकरण शिक्षा नै भयो ।


यो भन्दा अघि पनि तपाईहरुलाई यसरी दुरुपयोग गर्ने प्रयास भएको थियो  ?

खासमा हामी वित्तीय विषय जोडिएको प्रस्ताव अस्वीकार नै गछौर्ं । अस्ति भर्खर नै युनिटीले पनि हामीलाई प्रस्ताव गरेको थियो । हामी धुलिखेलमा सुटिङ्गमा थियौं । हामीलाई पछ्याइरहेको थियो । तर हरिवंशले उनीहरुलाई  झपारी पठाइदिएकाथिए । यस्ताहरु बेलाबेलामा आईरहन्छन् ।


यस्ता प्रवृत्तिलाई के भन्नुहुन्छ  ?

मिडियाले पौडेलको बारेमा नलेखेको भए धेरै जना ठगिन्थे । पत्रिकाले त्यस्बारेमा प्रकाश पारेर धेरै राम्रो गर् यो । हामीले पनि प्रहरी र जिल्ला प्रशासनमा उजुरी गरेका छौं । साच्चै त्यो नक्कली नै हो भने कार्वाही हुन्छ ।

 

 

तस्वीर नागरिक

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %