भीम बहादुर हैन तामागं हार्यो

Read Time:5 Minute, 26 Second
 एउटा जातिको चक्रब्यूहमा रहेको दलको नेतृत्वमा कसरी पुग्छ  तामागं जनजाित
 
संग्राम तामागं

 
स्वच्छ छवि सहभागी मध्ये पूरानो तथा लगानीको हिसाबले शीर्ष नंबरमा रहेका नेपाली काग्रेंसका सभापति प्रत्यासी भीमबहादुर तामागं  नराम्ररी पछारिए । ३०८८ कुलमत मध्ये उनले जम्म्ा ७८ मत प्राप्त गरे । महाधिवेशनबाट स्वच्छ छवि र लामो अनुभव संगfलेको प्रबितद्ध कार्यककर्तालाई सभापतिको जिम्मेवारी दिइन्छ । तर तामागंको हारले उनी त्यस मामिलामा निकै तल रहेछन् भन्ने देखिएकोछ । उनको हैसितय के रहेछ यो महाधिवेशनले प्रस्ट गरिदिएकोछ । 
                        यिनको यो भद्रता केहि काम लागेन
 
 
 
उनी हार्नुमा कोइराला र देउवा हैन तामाड. हुनुले ठूलो रोल खेलेकोछ । यदि उलने जितेको भए देशले जनजाति सभापति पाउनेथियो । तर अचम्म  उनलाई अरुले त मत दिएनन् दिएनन् जातिका आधारमा आरक्षित सीटमा लडेका जनजातिहरुले समेत मत दिएनन् । 
जनजाति, मधेसी ,दलित ,महिला, मुस्लिमका लागि  आरक्षित सीट छुट्याइएकोथियो । यो चुनावले खुबी र इमान्दारिता हैन दलको प्रमुख हुनुमा जातीयताले प्रमुख भूमिका निभाउदो रहेछ भन्ने प्रमाणित गरिदिएकोछ । 
प्रमुख तीन दलमा एउटा जाति भन्दा अन्यको नेतृत्व आउन अझै लामो समय कुर्नुपर्छ भन्ने उदाहरण पनि हो यो । नेपाली काग्रेंसमा कुनै बेला परशुनारायण चौधरी महामन्त्री  थिए भन्ने  इतिहास अहिलेका नवकार्यकर्ताले पुरानाबाट सुन्ने मात्र हुन् । एमालेमा पुष्पलाल श्रेष्ठपछिको प्रमुखहरुको लस्कर हेर्ने हो भने एउटा निश्चित जातिको वर्चश्व प्रस्ट देखिन्छ ।
कुनै बेला अर्थात युद्धकालमा माओवादीको दोस्रो र सेनाप्रमुख रहेका रामबहादुर थापा बादल अहिले बरियताक्रमम। पाँचौ नंबरमा छन् । उनी अझै कति नंबर तल झर्ने हुन् हेर्न बाँकी नै छ । 
माओवादीमा पुष्पकमल दाहाल प्रचण्डपछि मोहन बैद्य (पोखरेल) दोश्रो र तेश्रो नंबरमा बाबुराम भट्राई छन् । अहिलेको संरचना हेर्दा एउटा जातिको पकडबाट आफुलाई क्रान्तिकारी दावी गर्ने माओवादीको नेतृत्व कहिल्यै अर्काे जातिमा जान सक्दैन । यी तीन जनापछिको लश्कर पनि प्रायश सबै यहि जातिका छन् । 
एमालेमा झलनाथ खनालपछि माधव नेपाल र केपी शर्मा ओली र त्यसपछि पनि यहि जातिको लामो लश्कर छ । आदिवासी मुक्तिको कुरा गर्ने संस्था आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष पासागं शेर्पा यो लश्करमा कतै देखिदैनन्  अन्य भुरौटाहरुको त के कुरा । 
काग्रेसमा सुशिल कोइरालापछि शेर बहादुर देउवा त्यसपछि रामचन्द्र पौडेलहरु र त्यसपछिका लश्करमा पनि यहि जातिकै हालीमुहाली छ । यस्तो निश्चित जातिको चक्रब्यूह भएको प्रमुख दलहरुमा भीमबहादुर तामागं जस्ताहरुले चाहेर पनि जित्न सक्दैनन् । यदि उनी तामागं  नभई पौडेल भएकाभए यसपालिको चुनावमा जित्न पनि सक्थे । त्यसका लागि उनीसंग सबै खुबी बिद्यमान पनि छ । 
भीम बहादुर तामागंले जित्नु र नजित्नु भन्दा पनि ठूलो कुरा सबै दलमा एउटा निश्चित जाति जुन िहंजोका शासक हुन् तिनले संविधान लेख्छन् लेख्दैनन् भन्ने हो  । यो ब्यवहारले नै सिद्ध गरिदिएकोछ । संविधान र परिवर्तन तिनलाई चाहिएको हो जो पीडित हुन् । पीडकलाई हैन चाहिएको परिवर्तन । त्यसैले भीमबहादुर हैन तामागं  हारेको हो । समग्र जनजाति हारेको हो । जनजाति मात्र हैन समग्र समाज र देश हारेको हो । 
भीमबहादुरहरुले नजितेपछि   संविधान बन्ने संभावनापनि झन क्षीण हुदैं जान्छ । आफ्नो सत्ता जाने डरले भैरहेको निश्चित जातिको यस्तो राजनैतिक प्रपन्च कहिले र कसले तोड्ने हो त्यो तत्काल भन्न सकिन्न तर केहि बर्षसम्म एउटा निश्चित जातिको लागि मात्र परिवर्तन आएको  हो भन्ने यो एउटा बलियो प्रमाण हो ।  
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %