अमेरिका लुकेका नेपाली कलाकर्मी : कसले के गरिरहेकाछन्

Read Time:3 Minute, 30 Second
  
कार्यक्रम देखाउने भन्दै अमेरिका छिरी त्यतै हराउने नेपाली कलाकारहरु अमेरिकामा झण्डै ६ दर्जन पुगेकाछन् । कार्डको लागि यी कलाकर्मीहरु अमेरिकामा लुकेर बस्ने गरेकाहुन् । यसरी लुक्न थालेपि छ अमेरिकी दुतावासले कलाकारलाई भीसा दिन आनाकानी गर्न थालेकोछ   ति चर्चित कलाकारहरु अहिले के गरिरहेकाछन्  अमेरिकाबाट किशोर पन्थी र सुर्य थापाले संकलन गरेको खोजिनीति   
  एकताकाका चर्चित नायक सरोज खनाल विम्पिज रेस्टुरेन्टमा मेनेजरको रुपमा काम गर्छन । १२ बर्ष अघि त्यहाँ पुगेका खनालले  आफ्नो करियर वेटरबाट शुरु गरेकाथिए ।
 
 
पाँच बर्ष अमेरिका बिताएकी नायिका  करिस्मा मानन्धर बाल्टिमोरको सववे फास्टफुडमा काम गर्थिन । गि्रनकार्ड हात पारेपछि उनी स्वदेश फिरेकीहुन् ।
 
 
तीन बर्षअघि अमेरिका छिरेका नायक रमेश उप्रेति बाल्टिमोरको एउटा मदिरा पसलरा लिक्वेर खन्चान्जी छन् । चर्चित लोकगायक भगवान भण्डारी पनि सिकागोको एउटा रेष्टुरेण्टमा काम गरिरहेकाछन् । 
 
चर्चित गायक प्रेमराजा महत शुरुमा वेटरको काम गर्थे । अहिले उनी आफ्नै रक्सी पसल चलाएर बसेकाछन् ।
 
 
 
साल्ट लेक सिटीमा बसिरहेकी नायिका जल शाह कुनै काम गर्दिनन् । तीन बर्ष अघि अमेरिका आइपुगेकी शाह पति सरद रिमाल र एक छोरीसंग गृहणी जिवन ब्यतित गरिरहेकीछन् ।
 
चर्चित गायिका सपनाश्री न्यूयोर्कमा नेपाली रेस्टुरेन्टमा गीत गाँउछिन् । गायक हरिस माथेमा र रोशन गुरुड। पनि संगसंगै गीत गाइरहेकाछन् ।
नायक सुधांशु जोशी सफ्टवेयर डेबलपरको रुपमा काम गर्छन । १२ बर्ष देखि  अमेरिका बसिरहेका उनी हाल भर्जिनियामा छन् ।
 
 
हालसालै तीजको कार्यक्रमम।  आई अमेरिका लुकेर बसेका गायिका नलिना चित्रकार, सुनिता दुलाल, यम बराल, तितो सत्यका ट्वकेन्द्र अर्थात गोपाल अधिकारी, नायिका रन्जना शर्मा पनि गि्रनकार्डको  प्रतिक्षामा लुकेर बसेकाछन्
 
चर्चित पप गायकद्धय सन्जीव प्रधान र पत्नि सरिस्मा अमात्यले बाल्टिमोरमा हयाण्डिक्राप्ट पसल खोलेर बसेकाछन् । 
 
पाँच बर्ष अघि अमेरिका छिरेकी नायिका पुजा चन्द नकली कपाल बेच्ने पसलमा काम गर्छिन । नायिका अनुपमा प्रसाईले भने चाइल्ड केयरमा काम गरिरहेकीछन् ।
 
शाहिकालका विवादास्पद लोकगायक तथा संचारकर्मी्र रामप्रसाद खनाल रियल स्टेटको ब्यवसायमा लागेकाछन् । 
 
 
                                                                                                                                                          
 
 
 
 
 
 
 
 
 
 
 
 
                                                                                                                       नयाँपत्रिकाबाट साभार र सम्पादित 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %