नक्कली नोटको कारोवार गर्ने दुई भारतीयसहित चारजना पक्राउ

Read Time:1 Minute, 22 Second

मोरङ (पानीट्याङ्की), १५ असोज । हातहतियार बेचबिखन र नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले दुईजना भारतीयसहित चारजना युवालाई हतियारसहित पक्राउ गरेको छ ।

        

 

 

पक्राउ पर्नेमा बिहीबार साँझ विराटनगर–२२ बस्ने इन्द्रदेव शाहको घरमा मोलतोलका लागि आएका भारत असाम राज्यका दुई नागरिक सुरज थापा र मन्टी तामाङ तथा सुनसरी धरानका राम सुब्बा र मोरङ विराटनगर–२२ मटेर्वाका इन्द्रदेव शाह रहेका छन् ।

उनीहरूको साथबाट युएस अमेरिका लेखिएको एक थान पेस्तोल, त्यसमा प्रयोग हुने दुई थान म्यागेजिन र पाँच थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो ।

उनीहरू नक्कली नोट र हतियारको किनबेचका लागि योजना बनाउन विराटनगर–२२ स्थित इन्द्रदेवको घरमा आएको मौकापारी सबैलाई एकै समयमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको मोरङका नायब उपरीक्षक रेवती ढकालले बताए । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %