गुल्मीमा जिप दुर्घटना हुदा एक मृत्यु , सात घाइते

गुल्मी (धुर्कोट), १५ असोज । गुल्मी र पाल्पाको सिमानामा पर्ने कुँडापानीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु हुनका साथै अन्य सातजना घाइते भएका छन् ।

 


    बुटवलबाट गुल्मीतर्फ आइरहेको लु १ ज १९९१ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको दिगाम गाउँ विकास समिति–२ श्रृङ्गाका ६२ वर्षीय विष्णु कँडेलको मृत्यु भएको रिडीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक पुष्प मल्लले बताए ।

    दुर्घटनामा चालकसहित सातजना घाइते भएका तथा तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले उनीहरूलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको बताए  । रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %