नवौं पटकको निर्वाचनमा पनि ब्यवस्थापिका संसद्ले प्रधानमन्त्री दिएन , अर्को चुनाव असोज २० मा

Read Time:3 Minute, 27 Second
काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसदमा आज भएको नवाँैं पटकको निर्वाचन प्रक्रियाबाट पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेन । 

    प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजिनामा दिएपछि प्रधानमन्त्रीका लागि जारी निर्वाचन प्रक्रियाअन्तर्गत संसदमा हाल रहेको ५९९ सदस्यको बहुमत नजुट्दा नवौंँ पटकको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको हो ।

    प्रधानमन्त्रीको आजको निर्वाचनमा एकमात्र प्रत्यासी नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आवश्यक बहुमत प्रप्त गर्न नसक्नुभएकाले पुनः यही असोज २० गते दसौंँ चरणको निर्वाचन हुने भएको छ ।

     निर्वाचनमा सहभागी १६८ सदस्यमध्ये नेपाली काङ्ग्रेसका नेता पौडेलले १०५ मत पाएका थियो ।  उनको विपक्षमा दुई मत परेको थियो  भने ६१ जना तटस्थ रहनुभएको थियो । सभामुख सुवास नेम्बाङले स्पष्ट बहुमत नआएको भन्दै प्रस्तुत प्रस्ताव अस्वीकृत भएको घोषणा गरे  ।  

    आजको मतदानमा संसदीय दलका नेता पौडेलको पक्षमा नेपाली काङ्ग्रेसका सभासद्ले मात्र मतदान गरेका थिए ।  

सो मतदान प्रक्रियामा एमाओवादी, एमाले, मधेसी जनअधिकार फोरम र नेकपा माले (समाजवादी) सहभागी नभई तटस्थ रहेका थिए  ।

    त्यस्तै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई –मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, सद्भावना पार्टी, राप्रपा नेपाल , चुरेभावर एकता पार्टीलगयातका केही साना दल तटस्थ रहेका थिए ।  

    अघिल्ला निर्वाचनका बैठक निर्धारित समयमा सुरु गरिएपनि कार्यव्यवस्था समितिमा निर्वाचन प्रक्रिया स्थगन गर्ने  सम्बन्धमा  छलफल भएका कारण आजको बैठक निर्धारित समयभन्दा एक घण्टा २५ मिनेट ढिलो सुरु भएको थियो ।

    प्रधानमन्त्रीले राजिनामा दिएपछि सो पदका लागि गत साउन ५, ७ , १७ र २२, भदौ ७, २० र २२, असोज १० र आज गरी ९२ दिनको अवधिमा नवौंँ पटकसम्म निर्वाचन भइसकेको छ  ।

    निर्वाचनमा प्रत्यासी रहेका एनेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र  संसदीय दलका नेता   पौडेलमध्ये आठौंँ चरणको निर्वाचनबाट  अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिएपछि नेता पौडेलमात्र प्रत्यासी रहँदै आएका हुन्  ।
    
आठौंँ पटकको निर्वाचन प्रक्रियामा सहभागी १८९ सदस्यमध्ये काँग्रेस प्रत्यासी पौडेलको पक्षमा ११६, विपक्षमा २ र तटस्थ ७१ मत परेको थियो ।   

व्यवस्थापिका–संसदको अर्काे बैठक यही असोज २० गते अपराह्न ३ बजे बस्नेछ । रासस
–––––

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %