जहाज कंपनी नै मार्छन यात्रु

Read Time:1 Minute, 51 Second
नागरिक उद्ययन प्राधिकरणले गरेको छानविनको क्रममा आन्तरिक उडान भर्ने विमान सेवा प्रदायकहरुले नै विमानस्थलमा अपनाउनु पर्ने सामान्य सुरक्षाको समेत बेवास्ता गर्ने गरेकाछन् । नेपाली  हवाई आकाश असुरक्षित हुन थालेपछि  अध्ययन गर्न बनेको एक समितिको अध्ययनमा यस्तो खुलासा गरिएकोछ । 
 
 
सार्वजनिक नभैसकेको उक्त प्रतिवेदनमा कंपनीनीहरुले उडान सुरक्षामा हेलचेक्रयाई गर्ने गरेको नागरिक उडड्यन प्राधिकरणले गरेको अध्ययनमा देखिएको छानवीनमा संलग्न एक उच्च स्रोत बताउँछ । जहाज ल्याडिङ्ग गर्ने र उडान सुरु गर्ने समयमा बिमानस्थलका कर्मचारीको निर्देशनको अवहेलना गर्ने गरिकएाेछ ।
 
जहाज प्रवेश नियन्त्रण सामान र यात्रुको खानतलासी उडान अघि र पछिको सुरक्षा जाँच लगायतका संवेदनशिल विषयमा  आन्तरिक उडान सेवा प्रदायकहरुले ध्यान नदिएको  उक्त स्रोत बताउछ ।
 
नेपाल वायु सेवा निगम सहित १४ वटा कम्पनीहरुले आन्तरिक उडान भर्दै आएका छन् । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार प्राधिकरणले आन्तरिक उडान भर्ने कम्पनीहरुलाई सुरक्षामा कडाई गर्न निर्देशन दिने र आवश्यक परे कार्वाही समेत गर्नसक्ने छ ।
८ भदौमा मा भएको अग्नि एयर दुर्घटनामा १४ जना  यात्रुको घट्नास्थलमै मृत्यु भएकोथियो । 
 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %