गाडी ठोक्किदा दाङमा दुईको मृत्यु

Read Time:1 Minute, 41 Second

दाङ १४ असोज । दाङमा बिहीवार दुई वटा गाडी एक आपसमा ठोकिदा २ जनाको मृत्युभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देउखुरीको रीहार नजिक दुई वटा बस एक आपसमा ठोकिदा २ जनाको घटना स्थलमै मृत्युभएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

 

मृत्युहुनेमा बर्दीया जिल्ला कालिका ८ निवासी ४२ वर्षीया मंगला देबी कार्की र धनुषा जिल्ला घर भएका २८ वर्षीय लक्ष्मीकान्त झाँ रहेका छन् । दुर्घटनामा परी बर्दीयाका ५३ वर्षीय रनबहादुर केसी गम्भीर घाइते भएका छन् । उनको अहिले सामुदायिक अस्पताल लमहीमा उपचार भैरहेको छ । अन्य ४ जना घाइते लाई नेपालगञ्ज लगिएको बुझिएको छ । घटनाका बारेमा थप बिबरण आउन बाँकी रहेको छ भने गाडीको नम्बर पनि खुल्न सकेको छैन् ।
झाडापखाबाट एकको मृत्यु
    यसैबीच दाङमा झाडापखालाका कारण एक महिलाको मृत्युभएको छ । हलवार गाबिस वडा नम्बर ५ मुलकोट निवासी ४५ वर्षीय शशिकला पुनको झाडापखालाका कारण बुधवार राति उपचारको अभावमा घरमै मृत्युभएको बताइएको छ । बुधवार दिउँसो ३ बजेदेखी पखाला लागेको र घरमै जडीबुटीको औषधी गर्दा–गर्दै पुनको मृत्युभएको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %