सभापति कोइराला स्वास्थ्यलाभ गरी घर फर्किए

काठमाडौँ, १३ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइराला स्वास्थ्यलाभ गरी आज आफ्नो निवास महाराजगन्ज फर्कएका छन् ।

 


    उनलाई एक साताअघि छातीमा सङ्क्रमण देखिएपछि उपचारार्थ त्रिविवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

    बाहिरी सम्पर्कबाट पुनः सङ्क्रमण नहोस् भन्नका लागि अझै एकसाता घरमै आराम गर्न उनलाई सल्लाह दिइएको उनका निजी सचिव लक्ष्मण ढकालले जानकारी दिए ।

    उनको उपचारमा संलग्न डा करवीरनाथ योगीले उनलाई घरमा पूर्णतया आराम गर्न र कम बोल्न सल्लाह दिएका छन् । रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %