परिणाम नदिने सभामुखको कर्मकाण्डी चटारो

Read Time:1 Minute, 46 Second

१२ असोज काठमाण्डौ

राजनीतिक गतिरोधको अन्त्य लगायतका विषयमा सविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङले प्रमुख तीन दल र मधेशी मोर्चाका दलहरुसँग आज छलफल गर्दैछन् ।  आठौ पटकसम्म पनि प्रधानमन्त्री चयन हुन नसकेको र त्यसले वजेट आउन नसकेकोले यी बिषयमा केन्द्रित रहि छलफल गर्ने बताइएकोछ । । छलफल दिउसो १ वजे सभामुखको कार्यकक्ष सिहदरवारमा हुदैछ । छलफलमा दलका प्रमुख सचेतकहरु पनि सहभागी हुने छन् ।

 

सभामुखले दलहरुका कारण गतिरोध बढिरहेको र त्यसले दैनन्दिनका कार्य प्रभावित भएको मात्र हैन शान्तिप्रकि्रया नै संकटमा पर्न थालेको भन्दै यस्तो बैठक बारम्बार डाक्ने गरेकाछन् । तर त्यसले उपलब्धि दिन सकेकोछैन । बरु उल्टै गतिरोधको अपजसको भारी बोक्न नचाहने नेताहरु उल्टै सभामुखलाई नियम कानुन मिचेर सरकार निर्माणको निम्ति उक्साइरहेकाछन्

नेताका यस्ता कृत्यलाई उपेक्षा गरि रहेका सभामुखलाई केहि समययता राम्रो कामका लागि आफ्नो शक्ति प्रयोग गर्न नसकेको भन्दै त्यसका निम्ति झन बढी दवाव बढाइन थालेको स्वंय उनले नै बताएकाछन् ।  हेर्नाेस अन्र्तवार्ता  यस्तो  परिदृश्यमा यो छलफलले पनि आफ्नो कर्मकाण्ड  पूरा गर्ने  बाहेक खासै केहि गर्ने देखिदैन ।  
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %