मगर संघ हंगकंग १३औं बर्षमा

Read Time:2 Minute, 38 Second

 

२३ अगष्ट २०१० मा मगरसंघ हंगकंगले १३ औं  बार्षिक उत्सव भब्यतापूर्वक सम्पन्न गरयो ।  फिलिपिन्समा बस अपहरण काण्डमा मृत्यु भएका ८ जना हंगकंगेली नागरीक र २२ अगष्ट २०१० का दिन मृत्य भएका  देउ बहादुर राना मगरको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा गरी कार्यक्रम शुरु गरिएकोथियो ।

 टुपेन राना मगरको साचालन तथा अध्यक्ष एमवि थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमम।  नेपाल मगर संघका स्थापना कालदेखि नै सकि्रय तुल बहादुर गर्वुजा मगरको प्रमुख आतिथ्यथियो । सचिव सुरेश गलामी मगरले कार्य प्रतिबेदन र कार्यबाहक सहकोषाध्यक्ष सूर्य पुन मगरले लेखा प्रतिबेदन प्रस्तुत गरेकाथिऐ ।

कार्यक्रम समापनपछि   चुनवान एमटिआरसी डिपोर्ट क्लव हलमा मगर संस्कृतिमा आधारित याऊनाट बृत्तचित्र  प्रदर्शन गरीएको थियो । अपेक्षा गरे भन्दा बढी दशको सहभागिता रहेको कार्यक्रमम।  प्रायश सबै गन्यमान्य ब्यक्तित्वको  जमघट  थियो । 

के हो याऊनाट 
मगर संघ हंगकंगका पूर्व सदस्य तथा निर्माात लक्ष्मण थापा मगरकानुसार याऊको अर्थ  उपहार र नाट भनेको दिनु हो  । यो विशेष गरेर स्याङजा पाल्पा र तनहुँको सीमा क्षेत्रमा  फागु पूर्णिमाको उपलक्ष्यमा नाचिने मगर नाच हो । यस पर्वमा भान्जा पक्षले मामाको छोरी गीतबाटै माग्ने र मामा पक्षले पनि गीतैवाट जवाफ दिने गरिन्छ । मगरमा मामाको छोरी रोजी रोजी विवाह गनर्जे चलन रहेकोले यस्ते गीत चल्दै आएको बतइन्छ ।  तर यो दोहोरी गीत  लोपोन्मुख अवस्थामा छ ।  बृत्तचित्रले त्यहि समस्यातर्फ सबैको ध्यानाकर्षण गन खोजेकोछ ।

 वृत्तचित्रको समापनपछि  क्लव हलमा अन्य मनोराजनात्मक कार्यक्रम पनि आयोजन  गरिएकोथियो । जसमध्ये अमेरीकन पुल टेवल, बिलियर्ड र डार्ट आदि खेलहरु उपलब्ध थिए ।

भीम थापा मगर 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %