पौडेलले चाहे मात्र उमेदवारी फिर्ता

Read Time:3 Minute, 19 Second

काठमाडौँ, ११ असोज । आफैँले नचाहेसम्म नेपाली काँग्रेसका प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता हुन नसक्ने कानुन व्यवसायीहरूले बताएका छन् । रिपोर्टर्स क्लव नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनीहरूले यस्तो कुरा बताएका हुन् । 

 

संसद नियमावलीअनुसार चुनाव नजिते पनि पौडेलले नचाहेसम्म हजारौँ चोटि चुनावी प्रक्रियामा जानुपर्ने तर्क गर्दै अधिवक्ता टीकाराम भट्टराईले भन्ने  ‘उनले चाहे राजनीतिक दलहरूबीचको सहमतिमा उम्मेदवारी फिर्ता हुनसक्छ ।’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् नियमावली २२ बमोजिम उम्मेदवारी फिर्ता लिनु संविधान र कानुनसम्मत नै भएको प्रस्ट पार्दै उनले सभामुखलाई प्रधानमन्त्री चुनाव हुने निरन्तर प्रक्रियालाई निलम्बन गर्ने वा दलहरूबीच सहमति नभएसम्म चुनाव नगराउने कानुनी अधिकार रहेको बताए ।
संविधानविद् डा. भीमार्जुन आचार्यले पनि प्रचण्डको उम्मेदवारी फिर्ता कानुनबमोजिम नै भएको भन्दै पौडेलले नचाहेसम्म उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारे ।
उहाँले एमाओवादी र एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेकाले संसद नियमावलीमा उल्लिखित प्रावधानअनुसार पौडेलले आफूलाई निर्विरोध निर्वाचित गरियोस् भनी संसदसमक्ष दाबी गर्नसक्ने तर्क गरे ।
यद्यपि अधिवक्ता भट्टराईले भने चुनावको सुरुको प्रक्रियामा मात्र यो प्रावधान लागु हुनसक्ने भएकाले आठौं पटकसम्म चुनावी प्रक्रिया भइसकेको अवस्थामा यसको कुनै औचित्य नहुने तर्क अघि सारे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष पूर्णबहादुर खड्काले एमालेसहितका तटस्थ बसेका दलले तटस्थता तोडेर संसद्बाटै प्रधानमन्त्री चुन्नुपर्ने विचार ब्यतm गरे ।
उहाँले बहुमतीय आधारमा सरकार बनाएर सहमति गरेर अगाडि बढ्न सकिने जिकिर पनि पारे ।                  
अधिवक्ता शेरबहादुर केसीले सभामुखले तटस्थ बस्न हुँदैन वा पौडेलले उम्मेदवारी फिर्ता लिनपर्छ भनेर संसद नियमावली १५८ अनुसार कठोर निर्णय गर्नसक्ने वताए । 
संविधान संशोधन गरेर पनि निकास निकाल्न सकिन्छ भन्दै उहाँले प्रधानमन्त्री छान्न नसक्ने व्यवस्थापिका(संसद भङ्ग गरेर दलीय सहमतिमा अन्तरिम सरकार बनाउनुपर्ने तर्क राखे  । रासस 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %