गगन सवै भन्दा लोकपिय

Read Time:2 Minute, 28 Second

    काठमाडौँ, ११ असोज ।

नेपाली काँगे्रस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत  खुल्लातर्फको मतगणनाको परिणामअनुसार गगन थापा सबैभन्दा धेरै दुई हजार ६१ मत प्राप्त गरी विजयी भएका छन्  । खुलातर्फको २५ सिटको नतिजा सार्वजनिक भएको छ ।
 
    
खुल्लातर्फको मतगणनाको परिणामअनुसार गगन थापा सबैभन्दा धेरै दुई हजार ६१ मत प्राप्त गरी विजयी भएका हुन्   ।
 
    यसैगरी अर्जुननरसिंह केसी दुई हजार ३४ मत ल्याएर दोस्रो र खुमबहादुर खड्का एक हजार ७९१ मत ल्याई तेस्रो हुन सफल भएका छन्  ।  

    त्यस्तै शशाङ्क कोइराला एक हजार ७६७, प्रदीप गिरी एकहजार ७४१, सुजाता कोइराला एक हजार ७३९, रामचन्द्र पौडेल एक हजार ७०३, डा रामशरण महत एक हजार ६९९, बालकृष्ण खाँण एक हजार ६०६ र एनपी साउदले एक हजार ५५६ मत प्राप्त गरेका छन ।

    यसैगरी डा शेखर कोइराला एक हजार ५३१, महेश आचार्य एक हजार ५०१, डा मीनेन्द्र रिजाल एक हजार ४३५, डा प्रकाशशरण महत एक हजार ३८२, कृष्ण सिटौला एक हजार ३७३, चन्द्र भण्डारी एक हजार ३६८, डा नारायण खड्का एक हजार ३४०, गोपालमान श्रेष्ठ एक हजार २८६, वलबहादुर केसी एक हजार २८६, पूर्णबहादुर खड्का एक हजार २४६ र शङ्कर भण्डारी एक हजार २१९ मत ल्याई विजयी  भएको छन्  ।  

    त्यस्तै कुलबहादुर गुरूङ एक हजार १५५, मनमोहन भट्टराई एक हजार ८०, ज्ञानेन्द्रबहादुर कार्की एक हजार ६८ र दीपकुमार उपाध्यायले एक हजार २० मत प्राप्त गरी विजयी भएका छन ।

नेपाली काँग्रेसको यही असोज १ देखि ५ गतेसम्म भएको १२ औं महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्य पदका लागि ९७ जनाबीच प्रतिस्पर्धा भएको थियो । अञ्चलतर्फको मतगणना अन्तिम चरणमा पुगेको पार्टी निर्वाचन समितिले जनाएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %