कारागारमा फेरि कैदीको मृत्यु

Read Time:1 Minute, 7 Second

  कपिलवस्तु, ११ असोज । कपिलवस्तु कारागारमा १५१ जना पुरुष कैदीमध्ये १५ दिनको फरकमा दुई कैदीको मृत्यु भएको छ । 

      कारागारको क्षमता ८५ जना भए पनि दोब्बर सङ्ख्यामा कैदी राखिएका छन् । १९९७ सालमा बनेको जीर्ण अवस्थामा रहेको यो कारगारमा क्षमताभन्दा बढी कैदी राखिएकाले यस्ता घटनाहरू भैआएका छन् तर कारगार प्रशासनले सुधारका लागि खासै कदम चालेको छैन । 
      कपिलवस्तु कारागारमा विनोद पाठक नामका कैदीको कुटपिटबाट मृत्यु भएको दुई हप्तापछि पुनः अर्का वृद्ध एक कैदीको आइतबार मृत्यु भएको छ ।
      आइतबार बिहान ११ बजे उनको मृत्यु भएको कारागारका इन्चार्ज इन्द्र भुसालले बताएका छन् । 
      अन्दाजी ७० वर्षका आगा फकिर मुसलमानको मृत्यु औलो रोग र रक्तअल्पताका कारण भएको बताइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %