एक भारतीय पक्राउ

Read Time:1 Minute, 3 Second

पर्सा, ११ असोज । भारतीय नागरिकलाई दुई सय ग्राम लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ । 

 

      भारतको रक्सौलमा खरिद गरी काठमाडौँ लैजाने क्रममा प्रहरीले वीरगन्जको नगवाबाट भारत नकरदेही भकुरहिया बस्ने वर्ष २५ का महम्मद परवेजलाई पक्राउ गरेको हो ।
       नियमित जाँचको क्रममा नगवा प्रहरीले आइतबार साँझ परवेजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
      भारतको रक्सौलबाट काठमाडौँ पु¥याएबापत रु पाँच हजार दिने भन्दै एक महिलाले आफूलाई खैरो हिरोइन दिएको परवेजले प्रहरीसमक्ष बताएका छन् । 
      पक्राउ परेका महम्मद परवेजमाथि लागुऔषधअन्तर्गत कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %