पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत

पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत

राज्यसत्ता , काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन्...

तिमी मर्छाै

-पूर्णबहादुर राना "मेल्क्हाट माम्हिन्च" तिमी पढ या नपढतिमी मर्छाैतिमी पैसा कमाउ या नकमाउतिमी मर्छाैतिमी सफल हाेउ वा नहाेउतिमी मर्छाैतिमी सरकारि जागिर खाउ या नखाउतिमी मर्छाैतिमीसँग...
फागुन २ गते प्रथम सहिद दिवस

फागुन २ गते प्रथम सहिद दिवस

शिवलाल थापा गुरुछान मगर सर्वप्रथम त प्रथम सहिद लखन थापा मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्न चाहन्छु !पर्सि फागुन २ गते प्रथम सहिद दिवस कसरी...
राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

राज्यसत्ता , काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में...
‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

विवेक लाेप्चन काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त...
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

सगिता सुबेदीसाहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण...
र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

राज्यसत्ता ,पोखरा, माघ २६ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको...
मुक्कुमलुङ केबुलकार खारेजीको वार्ता निष्कर्ष बिहिन आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टाेली गठन गर्नुपर्ने माग : आन्दोलन थप चर्किन सक्ने

मुक्कुमलुङ केबुलकार खारेजीको वार्ता निष्कर्ष बिहिन आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टाेली गठन गर्नुपर्ने माग : आन्दोलन थप चर्किन सक्ने

२०८१ माघ २८/पूर्ण बहादुर राना मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणकाे विराेध गरिरहेकाे आन्दोलनकारी पक्ष र सरकारबीचकाे वार्ता बिना निष्कर्ष टुङ्गिएकाे छ । आन्दोलनकारीकाे मागकाे विषयमा...
ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दी समानता

ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दी समानता

२०८१ माघ २८ /सुशिल नेपाल ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दीको समानताको झ्वाट्ट सम्झना भएर आयो । पछि गएर जतिसुकै अमेरिकाले...
क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

राज्यसत्ता , काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ। सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ। छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्। यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ। क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमा सचेतनाका लागि भन्ने मूल मन्त्र बोकेको इन्स्योरेन्स खबरका तर्फबाट तेस्रो सचेतनामूलक श्रव्यदृश्य सामग्री पस्किन पाएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने भएकाले नेटवर्कले निकट भविष्यमा थप श्रव्यदृश्य सामग्री प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। यो श्रव्यदृश्य सामग्री इन्स्योरेन्स खबरको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ भने छायांकन ईश्वर बल्लभ उप्रेतीले गरेका हुन्। केशवप्रसाद भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवर गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ। यस श्रव्यदृश्य सामग्रीमा सन्दीप डंगोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्। https://www.youtube.com/watch?v=8YteUsxos4s