प्रसंग शहीद लखन थापा मगर शहादतको लेखकः बि. के. राना २०११ साल ताकाकाे सरकारी मुखपत्र 'गोरखापत्र'मा शहिदका सम्बन्धमा एउटा लेख ( सहिद औपचारिकता वा महान बलिदान? ) प्रकाशित भएपछि 'द हिमालयन भ्वाइस (The Himalayan Voice) ले पनि शहीद लखन थापा मगरका बारेमा बहस चलाएको थियो ।कतिपय विद्वानहरुले शहीद लखन थापा मगरले शहीद हुनका निम्ति त्यस्तो कुनै हैसिएत आर्जन गरेकै छैनन् भन्ने जिकिर समेत गरेका थिए । फेरी पनि एक पटक एकजना अर्का लेखकद्वारा यस्तै कुरा उठाइएको छ, 'मगर अध्ययन केन्द्र'ले काठमाडौँमा हालै आयोजना गरेको एक विद्द्वत गोष्ठीमा प्रश्तुत गरिएको कार्यपत्रमा | 'मगर अध्ययन केन्द्र'को साइटमा यो कार्यपत्र हेर्न सकिन्छ । १) शहीद लखन थापा मगरलाई शहीद मान्न तयार नभएका वा नदेखिएका लेखक महोदयले एउटा के कुरामा हेक्का राख्नु पर्थ्यो भने जंग बहादुर राणाले राजनीतिक कारण वा आधारमा शहीद लखन थापा मगरलाई झुन्ड्याएर मारिसकेपछि उनी सरासर शहीद भै हाले नि । भएनन् र ? अहिले झन्डै १४० वर्षपछि आएर यो र त्यो कुरा झिकी रहनुको कारण उही अन्य केही लेखकहरुलेझैं शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने अभियानलाई समर्थन गरे जस्तो भएन र ? २) यतिखेर यहाँ एक पटक फेरी पनि उही कुरा “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भन्ने कुरा दोहोर्याइएको छ । “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भनेर शहीद लखन थापाले बोलेका भन्ने कुराको प्रचार किन भै रहेको छ भन्ने बुझिएकै कुरा हो । यो कुरालाई अब 'भ्रामक हल्ला' हो भनेर भन्नु पर्ने अवस्था आइपरेको छ । यसबारेमा किन केही भन्न न पाइने ? यो हल्ला ति वीर शहीदको शहादतको अवमूल्यन गर्नका निम्ति गरिएको बेफजूल कसरत भन्दा अरु केही हुदै होइन । र, एकाध यथास्स्थितिवादी लेखकहरुले यस्तो कुरा लेखे भन्दैमा त्यसको पछि लाग्नै पर्ने पनि त केहि छैन नि ! अब सधै यस्तो जोरजबर्जस्ति गरिएपछि वा भएपछि यसको प्रामाणिकताको आधार के हो भनेर सोध्न पाइने वा नपाइने ? मिल्छ ? किन नमिल्ने ? ३ ) कुरै गर्ने हो भने अर्का लेखक पुरुषोत्तम शमशेर जबराले त लखन थापा मगरलाई झन् अझ गिराएर लेखेका छन । " जंगको हत्या गर्न भनी लखन थापाको दलले गोरखामा षड्यन्त्र रच्यो । लखन थापा प्रथम पटक पक्राउमा परे । केरकार गर्दा हात जोडी "फगत् पेट पाल्नका निमित्त औतारी बनि टोपलेको हुँ " भन्ने बयान गरेकाले केही दिन कैदमा राखी छोडियो । " (हेर्नु "श्री ३ हरुको तथ्य वृतान्त" - पृष्ठ ५१) । अब यो झन् कामै नलाग्ने कुरा हो । यस्तो उडन्ते कुरा पनि लेखेर छाप्छन त ? शहीद लखन थापा मगर कुनै औतारी बनिहिडेको कुरा अरु कसैले पनि लेखेका छैनन् । शहीद लखन थापा मगरको त्यो जमानामा आजको यो नेपाल नामको देश निर्माण र रक्षा गर्ने खास गोरखा मगर वीर भारदारका, कुनै खास वीर सन्तति, लखन थापा मगरले पेट पाल्नका निम्ति औतारी बन्नु पर्ने अवस्था थियो भन्ने कुरा लेख्ने लेखक कुनै पनि हालतमा देशलाई माया गर्ने लेखक हुनै सक्दैन । यो सरासर झूट कुरा हो । यी लेखक महोदयले पनि जंग बहादुर राणाको छोरा पद्म जंग राणाले सन् १९०९ मा भारतको अल्लाहबादबाट प्रकाशन गरेको "नेपालका महाराजा जंग बहादुर राणाको जीवन " भन्ने अंग्रेजी भाषामा लेखिएको किताबमा जे लेखिएको छ त्यही सारेका छन । यस किताबमा लेखिएको कुराबारे अर्को लेखमा सविस्तार छलफल गरिएको छ । ४ ) शहीद लखन थापाको शहादतको गिल्ला गर्ने सबभन्दा पहिलो नेपाली लेखक बालचन्द्र शर्मा हुन ( हेर्नु निज लेखकले लेखेको किताब - "नेपालको ऐतिहासिक रुपरेखा" । तर उनको भनाइलाई ढुन्डीराज भण्डारीले गलत मानेका छन् , स्वीकार गरेका छैनन् । हेर्नुस "नेपालको आलोचनात्मक इतिहास" ) । यिनै बालचन्द्र शर्मा प्रवृतिका अन्य लेखकहरुले शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने काम अझैं पनि जारिराखिरहेको प्रतित हुन्छ । लेखक बालचन्द्र शर्मा राजावादी सरकारी लेखक हुन भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । राजा महेन्द्रको उनीमाथि बेसुमार कृपा दृष्टि छदै थियो । त्यसर्थ उनी त्यसबेलाको 'नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान'को उपकूलपति बनाइएका पनि हुन | हेक्का राख्नु पर्ने अर्को कुरा के पनि हो भने विक्रम सम्बत १६१६ अर्थात आज भन्दा ४५२ वर्ष पहिले राजा द्रब्य शाहले गोर्खाली खड्का मगर राज वंशलाई खत्तम गरेर गोरखामा शाह वंश शुरु गराएका हुन ( हेर्नुस - 'गोरखा वंशावली') । शहीद लखन थापा मगर जस्ता व्यक्ति, जनसंख्याको हिसाबले नेपालको सबभन्दा ठुलो जनसंख्या ( जंग बहादुर राणाको उदय संगसंगै धेरै मगरहरु क्षत्रीय बनिटोपलेका छन्) भएको मगर जातिका निम्ति अटुट प्रेरणाको श्रोत रहेका छन् । शहीद लखन थापाको निर्मम हत्या वा दमन गरेपछि जंग बहादुर राणाले मगर जाति प्रति आफ्नो कुदृष्टि कायमै राखे । त्यसैले कुनै पनि बाठो लेखकले राणाहरुको विरुद्द, शहीद लखन थापा मगरको गुणगान गाएर, बोलेर वा लेखेर आफु खत्तम हुने कुरा गर्नै सक्दैनथ्यो । त्यसैले गर्दा नेपालको इतिहास लेखन परम्परामा यस प्रकारको बालचन्द्र प्रवृतिको बोलवाला कायम हुन गयो । यो अझै पनि यथावत कायम रहेको बुझिन्छ । यो एउटा खेदको विषय हो । यसको अब अन्त्य हुनु जरुरि भएको छ । जनताको छोराको त्याग र वलिदानको सही मूल्याकन गर्ने हो भने यस प्रकारको कुरामा कमी आउनु पर्दछ | ५ ) प्रश्तुत गरिएको कार्यपत्रमा "जंगबहादुर राणाको निरंकुसतालाई...