A+ A A-

नया शक्तिले बाबुरामको पाप पखालिएला त ?

-अमरदिप मोक्तान 

३० जेठमा बडो तामझामका साथ नया शक्ति नामकरण भएको नया पार्टीको जन्म हुने भयो, नया शक्तिका अभियन्ताको रुपमा प्रथम संबिधान सभा को निर्मम हत्या गर्ने तत्कालिन बाहुबली भूतपूर्व प्रधानमन्त्री भट्टराई देखिएता पनि अदृश्य सहयोग बिना यत्रो ठुलो तामझाम असम्भव छ । अबको निकाश, आर्थिक विकाशको नाराका साथ मैदानमा उत्रिएका बाबुरामले मोदीको नारा "सबका साथ," सबका विकाश संग नक्कल गरेको प्रतित हुन्छ । विडम्बना के छ भने नया शक्तिका अभियन्ता बाबुराम भट्टराईले अतितमा गरेको महाभूल लाई कहिले पनि स्वीकार गरेनन साथै प्रायश्चित गर्ने प्रयाश पनि गरेनन । पत्रीकामा मोडी स्टन्ट 

मावोवादी जनयुद्ध कालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनि भाग्न मिल्छ ? यो चाहिँ कुन दर्जाको नौटंकी हो ? छोराछोरी बिग्रिए तिनीहरुलाई चटक्कै सडकमा फालेर अर्को बिहा गर्नतर्फ लाग्ने कि यसमा मेरो पनि केही दोष होला भनेर सच्याउने कुरा सहि हो त ? दोष बाबुरामको मात्र हो भन्नु बिल्कुलै मिल्दैन तर “प्रचण्डसँग घाँटी जोडेर हिँडने बाबुराम हैनन ?” तत्कालिन एमवोवादी पार्टी हाल मावोवादी केन्द्र लाई यहाँसम्म ल्याइपुर्याउने बाबुराम होइनन भन्न मिल्छ ? तत्कालिन एमावोवादी का प्रचण्डपछि सेकेण्ड म्यान होइनन् बाबुराम । पार्टी बिग्रिनुमा प्रचण्ड जति जिम्मेवार छन्, त्यो भन्दा कम्ता जिम्मेवार छैनन बाबुराम, अनि अहिले आएर भाग्न मिल्छ ?” द्वन्दकालिन मुद्दाले तर्सिएका छन् माओवादी कार्यकर्ताहरु । कतिपय जेलमा छन्, कैयौं वेपत्ता छन् ।

हिजो बाबुराम प्रचण्डकै भाषण सुनेर, उनीहरुले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरु अहिले अंगभंग छन्, परिवारका सदस्य गुमाएका छन् । आफूले रोपेको बीउको फल जे जस्तो भएपनि त्यसको जिम्मेवारी बाबुरामले भने लिनैपर्ने थियो । तर उनी भगौडा बनेर भागे । सोझा साझा गरिब निमुखा अपहेलित उत्पीडित जनता लाई मझदार मा छोडेर आफैले समग्र सिर्जना गरेको सुन्दर संसारबाट भागे । अहिले आएर कार्यकर्ताहरुले मुद्दा खेपिरहँदा बरु प्रचण्डले सगर्व घोषणा गरे– सर्वोच्च कमाण्डरको नाताले सबै घटनाको मैले जिम्मेवारी लिन्छु । तर बाबुराम ? उनलाई नया शक्ति आर्जनबाट फुर्सद छैन । प्रश्न छ नया शक्ति के का लागि र कसका लागि ? लासका चाङहरु आफ्नै विचारले सिर्जिएका थिए र त्यसका लागि आफू पनि जिम्मेवार रहेको कुरा उनी स्वीकार्दैनन् । यो हद दर्जाको स्वार्थीपन, लुच्चोपना बाबुरामले देखाएका छन् ।

बाबुरामले लाखौं मानिस आफू पछि लगाउलान आर्थिक क्रान्तिको नाममा । हिजो पनि उनले लाखौंको आदर्श बन्ने कोशिस गरेकै हुन राजनीतिक क्रान्तिको नाममा । तर अलिकति पनि लज्जाबोध र राजनीतिक इमान्दारिता नभएका बाबुरामले यो अहिलेको नया शक्ति कति दिन टिकाउलान ? त्यो चाहिँ भन्न सकिन्न । सफलता को स्वामित्व लिने र बिग्रे भाग्ने बाबुराम प्रवृत्तिलाई ती हजारौं हजार बलिदानको स्वामित्व बोकेकाहरुले भने कदापी माफी दिन सक्दैनन् । स्मरण रहोस धेरै पटक रामचन्द्र पौडेल तथा प्रचण्ड प्रधानमन्त्री चयन का निम्ति भएको चुनाव मा मधेशी दल को अनुपस्थिति तथा विरोधका कारण बहुमत नपुगेर प्रधानमन्त्री चयन हुन सकेन बाध्य भएर मावोवादी द्वारा सर्वसम्मति ले बाबुराम को नाम प्रस्तावित गर्नु गर्यो ।

बाबुरामलाइ प्रधान मन्त्रिको उम्मेदवार बनाउन साथै हिजो सम्म काँग्रेस मावोवादी दुवै पार्टीमा मधेशीलाइ हेर्ने दृस्टीकोण समान रहेको भनि प्रधानमन्त्री चुनाव बहिस्कार गर्ने मधेशी दल रहश्यमय ढंगले गोलबन्द भएर बाबुराम को पक्षमा मत दिदा बाबुराम प्रधानमन्त्रीमा निर्वाचित भए । संयोग नै भन्नु पर्छ बिहारी मूलका भारतीय राजदूत जयन्त प्रसादको आगमन भएको दुइ दिन भित्र प्रधानमन्त्री चुनावमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाइ पराजित गर्दै चमत्कारिक ढंगलेले बाबुराम नेपालको प्रधानमन्त्रि बन्न पुगे । बाबुराम प्रधानमन्त्री हुनुमा स्वयम बाबुराम अथवा मधेशी दलको श्रेय हो कि जयन्त प्रसादको हो यो सर्वविदित नै छ ।

१९४७ पछिको स्वतन्त्र भारतले कहिल्यै पनि सार्वभौम र स्थिर नेपाल नचाहेको छर्लङग देखाउँछ । नेपालमा जहिल्यै भारत आफ्नो वर्चस्व चाहन्थ्यो । उसलाई नेपालमा बहुदलीय शासन प्रणाली संस्थागत कहिले पनि पाच्य थिएन । २०४६ सालपछि बहुदलीय व्यवस्थाले जेनतेन खुट्टा टेक्न लागेकै वेला भारतले नेपाललाइ हमेशा कुनै न कुनै प्रकार बिभिन्न रुपमा प्रयोग गरि नै रह्यो ।

नेपाल स्थिर भए विकशित भए भारतको अभिस्ट पुरा नहुने देखेर भारतले जहिले पनि अस्थिरता को माहौल खडा गरेर आतंक सिर्जना गर्ने प्रयत्न गरि रह्यो । सत प्रतिशत नेपाली जनताको आकांक्षा समेटिएको नभएता पनि बहुसंख्यक नेपालीको सहमतिमा जारी संविधानमाथि बेखुशी जनाउँदै छिमेकी भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो र आफूहरूलाई मधेशीहरूको प्रतिनिधि दाबी गर्ने समूहले मुलुकमा अस्थिरता मच्चाएको वेला बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्यागको गर्ने घोषणा अर्थपूर्ण थियो । आफ्नो प्रधानमन्त्रीत्वकालमा संविधान जारी गर्न मात्र सकेका भए पनि भट्टराईमाथिका सारा गल्ती माफ गर्न सकिन्थ्यो र इतिहासमा उनले त्यो स्वर्ण अवसर पनि पाएका थिए तर नेपाल र नेपाली जनता को दुर्भाग्य नै भन्नु पर्छ बाबुरामको दुई वटा रूपले यो संबिधान निर्माणको सपना सफल हुन सकेन ।

इतिहासमा कमै मान्छेलाई मात्र दोस्रो मौका हात पर्छ । प्रथम संविधानसभाले मृत्युवरण गरेपछि पहिलेका केवल दुई पात्र बाबुराम तथा सुभाष नेम्बांगलाइ प्रथम संबिधानसभाको निर्मम हत्याको कलंक लाई पखाल्ने भाग्य जुरेको थियो । दोस्रो पटक सभाध्यक्ष भएका सुवास नेम्वाङ पछिल्लो अवधिमा परिपक्व देखिए र केहि हद सम्म कलंक पखाल्न सफल भए तर बाबुराम को दुर्भाग्य उनले संबिधान निर्माणको विरोध गरेर आफ्नो छ्द्म्वेशी रुप आफै उजागर गरे । सहमति तथा संवाद समिति जस्तो महत्वपूर्ण संयन्त्रको सभापति बनेका भट्टराईले उही ढुलमुले पारा देखाए । अन्ततः आफैंले हस्ताक्षर गरेको संविधानसमेत आत्मसात गर्न सकेनन् । याद रहोस आफ्नो प्रधानमन्त्रीत्वकालमा भट्टराईले संबिधान निर्माणमा उदासिनता देखाए तर भारत रिझाउन कुनै कसर बाँकी राखेनन् । मोहन वैद्य र पुष्पकमल दाहालबाट छुट्टिएर उनी दशगजामा नेपालविरुद्ध नाकाबन्दीका लागि धर्ना बस्ने राजेन्द्र महतो र उपेन्द्र यादवहरूको गठबन्धनमा पुगेका छन् ।

'सत्ताको साँचो अन्त कतै छ' भन्ने भट्टराईले भारतसँग बिप्पा सम्झौताको 'जुवा' खेले भनि अभिव्यक्ति दिएर नेपाललाइ द्रोपदी बनाए । भारतीय यात्रुवाहक वायुयानमा एअर मार्शल राख्ने अनुमति सम्म दिए । क्षुब्ध माओवादी भित्रकै मोहन वैद्य समूहले उनीद्वारा २०५२ सालमा देउवालाई बुझाइएको उही ४० बुँदे ज्ञापनपत्र लागू गरेर देखाउन चुनौती समेत दिएका थिए । प्रधानमन्त्री बाबुरामलाई पाच वर्षको समयावधी दिए नेपाललाई विहार बनाइदिने जस्ता दिगभ्रमित कुराको चर्चा गरेर संबिधान निर्माणमा अग्रसरता देखाउनुको सट्टा नेपली जनतालाई दिशा मोड्ने प्रयत्न गरे ।

बाबुरामले नेपाललाई विहार बनाउने कुरा त अघि सारे नितीस नेतृत्वको प्रगती पथमा अग्रसर समृद्ध विहार हो की, अपहरण, फिरौतीको कारखाना र अराजकतामा प्रसिद्धी पाएका लालु नेतृत्वको बिहार बनाउने कुरा गरेका थिए बुझ्न सकिएन । प्रधानमन्त्री बाबुरामद्धारा कुटनैतिक मर्यादाको उलंघन गर्दै मुख्यमन्त्री नितिश कुमारलाई भेट्न जादा समृद्धीतर्फ उन्मुख विहार बनाउने दिक्षाप्राप्त गर्ने उद्देश्यले गएका हुन् भनी नेपाली जनताले सोचेको थिए । नितीश कुमार प्रथम मुख्य मन्त्रीत्व कालजस्तै सडक फराकिलो अभियान, कर प्रणालीमा सुदृढीकरण, अनुगमनजस्ता कार्यको थालनी गरेर बाबुरामले प्रशंसा बटुलेका थिए तर बाबुरामको अभियान भित्र लुकेको अर्थ चलखेल समृदि नेपालको निर्माण नभई समृद्ध परीवार बनाउने रहस्य उजागर हुदै गयो । नितिश र बाबुराममा भिन्नता के थियो भने नितिश कुमारको अभियानमा सत्यताका साथ समृद्ध विहार बनाउने लक्ष थियो, नितिश कुमार द्धारा समृद्ध विहार बनाउने महत्वकांक्षी अभियानमा कसैसंग कुनै प्रकारको अबान्छित सम्झौता गरेनन् फलस्वरुप निसकलंक, परिवारबाट टाढा नितिश कुमारलाई विहारी जनताले समृद्ध विहार निर्माण हेतु पुनः विशाल बहुमत दिएर पाँच वर्ष कार्यकाल थपको मोहर लगाए ।

बाबुराम प्रधानमन्त्री हुदा बाबुराम पत्नी हिसीला यमीद्धारा छाया प्रधानमन्त्रीको रुपमा विभिन्न नियुक्ति तथा टेन्डरबाट अर्थ संकलन गर्ने चलखेलका समाचार सार्वजनिक हुन थाले त्यस्तै माओवादि सहयोगी मधेसवादि दलका मन्त्रीहरु निर्धक्कका साथ दुई हातले ब्रह्म लुट गर्न ब्यस्त देखिए । नेपालमा मचिएको ब्रह्म लुटलाई रोक्न सक्ने क्षमता कसैमा थिएन । बाबुराम सरकारद्धारा पदमुक्त पश्चात सर्वोच्च अदालतको अन्तरिम आदेशद्धारा थमौती भएका उपत्यका विकास आयुक्त केशव स्थापीतद्धारा प्रधानमन्त्री पत्नी हिसीला यमी र उनका सचिवको द्रब्य मोह एवं अर्थ संकलनका कुरा तथ्य प्रमाण सहित सार्वजनिक रुपमा ताल ठोकेर बयान गरी रहे तर केशव स्थापीतद्धारा प्रधानमन्त्रीको गरीमा माथि आँच आउने आरोप को सत्य तथ्यका साथ खण्डन गर्दै प्रस्तुत हुनुको सट्टा बाबुरामद्धारा मौनता धारणले ब्रह्मलूट को यथार्थ लाइ स्वीकार गरेको पुष्टि हुन्छ ।

समग्रमा भन्नु पर्दा प्रधानमन्त्री बाबुरामको छद्मवेषी अभियानको नेपाली जनतासामु पोल खुल्दै गयो । नेपाली जनताले बुझी सकेका थिए वास्तवमा बाबुरामद्धारा नितिश नेतृत्वको प्रगती पथमा विहार नभई लालु यादव पत्नी राबड़ी देवी, साला साधु, सुवास यादवको हाली मुहाली, यादववादको हैकम, फिरौती, अपहरण र बाहुबलीको बोलबालामा प्रसिद्धि पाएका लालुराजका विहार बनाउन खोजेका हुन् । बाबुराम सरकारको हैकमवादि शैली, लालु पथका अनुयायी मधेसवादि मन्त्रीहरुको ब्रह्मलुटले गर्दा नेपाल बाबुराम र मधेसवादि दलको भागवण्डामा नेपाल- काले काले मिलेर खाँउ भाले- उखान चरीतार्थ भएको थियो |

अन्तमा नया शक्तिका अभियन्ता तत्कालिन संयुक्त जनमोर्चाका अध्यक्ष बाबुराम भट्टराईले २१ माघ २०५२ का दिन प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र थमाउँदै माग सम्बोधन नगरिए सशस्त्रयुद्ध छेड्ने चेतावनी दिएका थिए । यदि नया शक्तिले उल्लेखित ४० बुदे सम्झौता मध्ये १ देखि बुदा नम्बर ९ सम्म लागु गराउन अटल अडिग भए निश्चित रुपमा नया शक्ति उदयमान शक्ति बन्ने छ नत्र भने अदृस्य शक्तिको इशारामा नेपाल अस्थिर बनाउन खोज्ने चण्डाल चौकड़ी साबित हुने छ ।

१. सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ।

२. २०५२ साल माघ १५ गते नेपाल र भारत सरकार बीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ ।

३. नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपाल भित्र भारतीय नम्बर प्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ ।

४. गोरखा भर्ती केन्द्र रद्द गरिनु पर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मान जनक रोजगारीको व्यवस्था गरिनु पर्छ ।

५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागु गरिनु पर्छ ।

६. नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ ।

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागु गरिनुपर्छ ।

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।

९. एन जि ओर आई एन जि ओ आदिको नाउँमा देशभित्र साम्राज्यवादी-विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ ।

१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमित्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ ।

११. राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।

१२. सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ ।

१४. राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाप लगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ ।

१५. जिल्ला जिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ ।

१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदी लगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरी अपराधीहरूलाई कडा कारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ ।

१७. जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरू माथि कडा कारवाही गरिनुपर्छ ।

१८. नेपाललाई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ ।

१९. महिलाहरू माथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्ति माथि समान अधिकार दिनुपर्छ ।

२०. सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।

२१. दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ । छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ ।

२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृ भाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनु पर्छ ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ । सरकारी सञ्चार माध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ ।

२४. वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ ।

२५. पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहर बीच सन्तुलन कायम गरिनुपर्छ ।

२६. स्थानीय निकायहरूलाई अधिकार र साधन सम्पन्न बनाइनुपर्छ ।

२७. जमिन जोत्नेको हुनुपर्छ । सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ ।

२८. दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ ।

२९. सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ । रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।

३०. उधोग, कृषि लगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।

३१. सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ ।

३२. गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ । साना उद्योगीहरूलाई समुचित कर्जाको ब्यवस्था गरिनुपर्छ ।

३३. मल, वीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ ।

३४. बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ ।

३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।

३६. महंगी नियन्त्रण गरिनुपर्छ । महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ । दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ ।

३७. गाउँ-गाउँमा खाने पानी, बाटो घाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ ।

३८. कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूस खोरी, कमिसन तन्त्र अन्त्य गरिनुपर्छ ।

४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ ।

अमरदीप मोक्तान, डाडाखर्क दोलखा 

Last Updated on Sunday, 19 June 2016 04:33

Hits: 1059

पानी र बुद्ध

दिनेशराज भुजु

 

Dr Dinesh raj bhujuजेठ,२२-पानीको महिमा ठूलो छ, किनकि सृष्टि र अस्तित्व नै यसमा अडेको छ । वैज्ञानिकहरूको भनाइ छ पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्ष पहिले समुद्रको कतै तातो पानीको मुहानतिर भएको थियो । मानिस त धेरै पछि आएका हुन्, करिब दुई लाख वर्ष पहिले र ती जहाँबाट देखा परे पनि तिनको सभ्यता चाहिँ नदीको किनारमै विस्तार भयो । औसतमा मानव शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ । अर्थात ७२ केजी तौल हुँदाको वयस्क शरीरमा ४२ लिटर पानी हुन्छ । उसको शरीर अर्बौंको कोषहरूले बनेको हुन्छ, ती प्रत्येकलाई पानी नभई हुँदैन । त्यसैले बेलाबेला उसलाई पानीको प्यास लाग्छ र पानीको अभावमा ऊ छटपटाउँछ । आफ्नो शरीरबाहेक मानिसका सबै क्रियाकलाप निम्ति पनि पानी नभई हुँदैन । सम्पूर्ण हिसाब लगाउँदा मानिसको जीवन निर्वाह निम्ति प्रति दिन करिब ४५ लिटर पानीको आवश्यकता पर्छ तर अनुमान लगाइँदै छ – आगामी सन् २०२५ सम्ममा विश्वको आधा जनसङ्ख्याले पानीको हाहाकार झेल्नु पर्नेछ । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ ९सम्भवत बाह्य ग्रहका “मानिस”ले हामीलाई पृथ्वीबासी नभनी जलबासी भन्दा हुन्० तर हामीले प्रयोग गर्ने पानी भने यति धेरै छैन ।

यदि पृथ्वीमा भएभरको पानीलाई चलनचल्तीको एक घैंटो मान्ने हो भने हामीलाई उपलब्ध पानी ९फ्रेसवाटर० भनेको एक अँजुलीमात्र हुन आउँछ । बग्नु पानीको प्रकृति हो, धोइपखाल्ने वा घोल्ने उसको चरित्र हो, जलचक्रको कारण ऊ फेरि शुद्ध बन्छ तर मानिस पानीमाथि आफ्नो नियन्त्रण खोज्दैछ जुन कलहको कारण बन्न जान्छ । बिगत पाँच हजार वर्षको मानव इतिहासमा पानीकै निम्ति २६५ वटा लडाईं भइसकेको अनुसन्धानकर्मीहरू बताउँछन् । एकथरि विद्वानहरूका अनुसार बुद्धको गृहत्याग पनि यस्तै पानीसँग जोडिएको लडाईं थियो । बुद्ध शाक्य बंशका राजकुमार थिए, सिद्धार्थ उनको नाम थियो ।

दरबारका सबै सुखसुविधा अनि राजा बन्ने अवसरसमेत त्यागेर उनले प्रव्रज्या ९सन्यास० अपनाइ वनबास गए । यद्यपि उनको गृहत्याग ज्ञानको खोजी निम्ति बन्यो, यसको पृष्ठभूमिका विषयमा भने विद्वानहरूको धारणा फरक पाइन्छ । डा। भीमराव अम्बेडकरका अनुसार सिद्धार्थको गृहत्याग पानीको राजनीति र युद्धसित जोडिएको छ । ती उनै अम्बेडकर हुन् जसले भारतको संविधान लेखे र बुद्ध दर्शनका उपासक अनि ठूला अन्वेषक बने । अम्बेडकरद्वारा लिखित ‘दि बुद्ध एण्ड हिज धम्म’मा सिद्धार्थ गौतमले कुन परिस्थितिमा गृहत्याग गरे भन्ने बारे तर्कपूर्ण विस्तृत व्याख्या पाइन्छ । शाक्य बंशको राज्य कपिलवस्तुमा थियो र यो कोलियसँग जोडिएको थियो । ती दुई राज्यलाई रोहिणी नदीले छुट्याएको थियो ।

शाक्य र कोलिय दुवैले रोहिणीको पानीबाट आ–आफ्ना खेतमा सिँचाई गर्थे तर कसले पहिले र कति भन्ने विषयमा ती दुईबीच प्रत्येक वर्ष विवाद हुने गथ्र्यो । यसै क्रममा एउटा वर्ष विवाद चुलिएर आपसमा मारपिट चल्यो र त्यसले गम्भीर रूप लियो । शाक्य सेनापतिले कोलियविरुद्ध युद्ध घोषणा गर्ने हेतुले सङ्घमा प्रस्ताव ल्याए । शाक्यहरूको सङ्घ एक प्रकारले संसद्जस्तो थियो । राजकुमार सिद्धार्थ पनि सङ्घका सदस्य थिए, उनले प्राकृतिक स्रोतका रूपमा रहेको पानीकै लागि मारकाट गर्नु नपर्ने बरु कोलियहरूसँग आपसी सल्लाहमा पानीको उपयोग गरी सधैँंको लागि युद्ध टार्न सकिने बताए । सेनापतिले लडाईंमा अग्रसर हुनु क्षेत्रीय धर्म भएको ढिपी कसे भने सिद्धार्थले धर्मको सिद्धान्तअनुसार शत्रुताले शत्रुतालाई नष्ट गर्दैन र शत्रुतालाई केवल मित्रताले मात्र समन गर्न सक्छ भन्ने दार्शनिक तर्क दिए । यसप्रकार ती दुईको कुरा विल्कुलै फरक भयो जुन छलफलबाट टुङ्गो लाग्न सकेन ।

अत, उक्त दुई प्रस्तावमा छिनोफानो गर्न सङ्घमा मतदान गरियो, जसमा सेनापतिले बहुमत प्राप्त गरे । सङ्घको नियमअनुसार अल्पमतमा परेका राजकुमार सिद्धार्थलाई अब तीन वटा विकल्पहरूमध्ये एउटा छान्नु पर्ने बाध्यता भयो । क० सेनापतिको कुरामा सहमति जनाएर युद्धमा भाग लिने ख० मृत्युदण्ड या निर्वासनमा जाने ग० समाजबाट बहिस्कृत हुँदै परिवारका सदस्यहरूको जायजेथा हरण गराउन राजी हुने । पहिलो उनले स्वीकार गर्ने कुरै भएन । तेस्रोमा उनी भन्छन्– परिवारको के दोष छ र उहाँहरूलाई सजायँ दिलाउनु रु त्यसैले सिद्धार्थ दोस्रो विकल्प रोज्छन् र भन्छन् “मलाई फाँसी दिनोस् वा देश निकाला, म खुशीसाथ स्वीकार गर्छु । सङ्घमा अनेक तर्कवितर्क हुन्छ, सेनापति सिद्धार्थलाई मृत्युदण्ड दिएर त्यसको दोष लिन चाहँदैनन् र पुनः छलफलपछि निर्वासनमा पठाउने निधो हुन्छ । यो नै राजकुमार सिद्धार्थको गृहत्यागको आधार बन्दछ साथै ज्ञान प्राप्तिको मार्ग पनि । नेपालमा छ हजारभन्दा बढी नदीनालाहरू छन्, हाम्रा कतिपय बस्तीहरूको सीमाङ्कन तिनै नदीबाट गरिएको छ ।

यस्तै कुनै नदीछेउको गणराज्यमा २५ सय वर्षअघि बुद्धको जन्म भयो, प्राकृतिक स्रोतका रूपमा रहेको पानीको प्रयोगमा आपसी लडाईं होइन मिलेर प्रयोग गर्दा त्यो दिगो रहने मान्यताका लागि उनले आफ्नो जीवन दाउमा राखे । यतिबेला नेपालले ठूलो बलिदानी र राजनीतिक छलफलपछि सङ्घीयतामा जाने निधो गरिसकेको छ । पहिचानको सवालबाहेक अब प्राकृतिक स्रोत खासगरी पानीको बाँडफाँटको मुद्दा पनि उठ्ने छ । यहाँनेर सम्झिनु पर्ने कुरा के छ भने हरेक वर्ष पहाडमा खडेरीका कारण बस्तीहरू उठ्दैछन्, मधेसमा भने बाढीको प्रकोप बढ्दो छ । पानी र बाढीको निहुँमा धमिलो पानीमा माछा मार्नेहरूले झगडाको डँढेलो लागाइदिने सम्भावना प्रवल छ । यसकारण प्राकृतिक स्रोतलाई कलह हैन बुद्धले सिकाएजस्तै आपसी छलफलबाट टुङ्गो लगाउनु सबैको हितमा हुनेछ । अन्यथा स्रोतको लागि हुने झैझगडाको दुष्परिणामले हामीलाई फर्किनै नसकिने गरी अस्तित्व गुम्ने भीरसम्म पु¥याउने छ ।

 साभर: गोरखापत्र बाट

Last Updated on Saturday, 04 June 2016 15:42

Hits: 818

मगर संघको ११ औ महाधिबेशनलाई नजिक बाट नियाल्दा !

देब पचभैया मगर

  हुन त १५/१६ बर्ष यता भएका मगर संघका महाधिबेशन लगाएत संघका महत्वपुर्ण कार्यक्रम हरु मैले छुटाएको छैन । जुन बेला देखि म पत्रकारीतामा संलग्न भए । तर अन्य स्थान र कार्यक्रममा भन्दा चितवनमा सम्पन्न ११ औ महाधिबेशनलाई नजिक बाट नियाल्ने अवसर पाए कारण म स्वयम् पत्रकारको तर्फबाट एक्लो पर्यबेक्षक थिए र महिनौ अघि नै एक हप्ताको समय मगर संघको कार्यक्रमलाई छुट्याएको थिए ।

चितवनको प्रचण्ड गर्मी छल्न म महाधिबेशनको उद्घाटनको दिन १८ गते मात्रै  चितवन छिरेको थिए । उद्घाटन अघि जव र्याली निश्कियो, देखियो मगरी पारा ।

सडकको किनारा किनारा बाट र्याली हिड्नु पर्र्यो । ट्राफिक संग समन्वय थिएन । बाटो जामको बाहानामा पुलिसले सिठ्ठी बजाउथे अनि र्यालीमा संलग्न किनारा च्याप्दै चिच्याउथे, अघि बढ्थे । हजारौ  शहभागी र्याली ब्यवस्थित थिएन ।

र्यालीकै बिचमा मगर संघका संगठन सचिब (हाल महासचिब ) ज्ञानेन्द्र पुन भन्दैथिए देब सर अलि पछि मगर संघको मुल ब्यानर आउदैछ, त्यसको राम्रो फोटो खिच्नुहोला हौ । मैले अघि देखि नै आयोजकको मुल ब्यानर खोजी गरिरहेको थिए । र्यालीमा सहभागी अघि बढे, सकिन लाग्यो अहं मुल ब्यानर नै  आएन । पछि मात्रै जानकारी पाए मुल ब्यानर त कार्यक्रम स्थल छिर्ने बेला मात्रै मिसाईएको थियो ।

र्याली भर्खर कार्यक्रम स्थल बिरेन्द्र क्याम्पसको प्राङ्गढमा प्रबेश गर्दे थियो, सौराहाका एक जना होटल ब्यवशायीको फोन गरे , सर मैले तपाईको रेडियोमा बर्षो देखि बिज्ञापन बजाईरहने । आज दर्जनौ मगरका गाडी सौराहा आएका छन् खै खाजा नास्ता र बसोबासको लागी हामीलाई संझिनु पर्र्यो नि ?

मैले  उनको चितm बुझाईदिए हाम्रो कार्यक्रम सौराहा हैन, पुल्चोक आसपासमै हो । तर साथीहरु बसे भने खबर गरौला नि !

मैले सोचे, मगर संघको कार्यक्रममा आएका हरु र्याली नसकिदै सौराहा पो पुगेछन् ? के सिक्लान् उनीहरु मगरको बारेमा । कमसेकम उद्घाटन शत्रमा बसिदिएको भापो अतिथिका बिचार  सुन्ने थिए । ईतिहास र बर्तमान जान्दथे !

फेरी मनमनै सोचे गाडी भर्न जिल्ला बाट ल्याएकालाई सायद सौराहा घुम्न जाउला भनेरै पो ल्याएका थिए कि ?

कार्यक्रमको उद्घाटन शुरु हुदै थियो । म कार्यक्रम स्थलको अगाडी केही पत्रकार बसेको स्थानमा पुगे र भुईमा बसे । त्यति बेला चितवनका दुई जना पत्रकार जम्मा भएका थिए ।  त्यहा दुईटा मात्रै कुर्चि राखिएको थियो । त्यो पनि प्रत्यक्ष प्रसारण गर्ने टिभिका क्यामेरा मेनको लागी । कार्यक्रमको प्रत्यक्ष प्रसारण सगर माथा टेलिभिजन बाट गरिएको थियो । मैले पछि बुझे २ लाख तिरेर चार घण्टा प्रत्यक्ष प्रसारण गरिएको रहेछ ।

कार्यक्रमका प्रमुख अतिथि समामुख ओनसरी घर्ती र  बिशिष्ट अतिथि बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापाको आगमन भो । बिस्तारै पत्रकारहरु पनि थपिदै गए ।

मन्च मा नाम बोलाईएका लाई समेत बस्ने कुर्ची थिएन । न त मन्च अगाडी नै ब्यवस्था थियो ।

कार्यक्रमको  संचालन महासचिब नबिन रोका ( हाल अध्यक्ष ) ले मगरी लवजमा गरेका थिए । उनी भन्दै थिए हाम्रा प्रमुख अटिठि, बिषिष्ठ अटिठि  आईसक्नु भएको छ । सबैले टाली बजाएर स्वागट गरौ ।

मेरो नजिकै बसेका गैर मगर पत्रकारहरु संचालकको लवजको खिल्ली उठाउदै थिए । मैले मनमनै सोचे यिनलाई मगरको बोली पनि मगरी पहिचान हो भन्ने के थाहा ! कार्यक्रम संचालकले चितवनमा प्रमुख जिल्ला अधिकारीलाई निकै पछि आसन ग्रहण गराए । चितवनका स्थानिय संघ सस्था भन्दा पनि पछाडी । सायद त्यसैले होला नाम आउदा उनी उठेनन् ।

त्यति बेला सम्म स्वागत भाषण सकिएको थियो, अव स्वागत  गितको पालो आयो । मगर कलाकारहरु पुरुष दाया र महिला बाया उभिएका थिए । एक जना स्थानिय टेलिभिजनका महिला पत्रकार भन्दै थिए आवुई मुना थापा र देबी घर्ती पनि आएका पो रछन् त ? ज्वोती कता पो हराएछन् कुन्नी ।

अर्को पुरुष पत्रकार भन्दै थिए । देबी घर्ती त कहाको मगर हुनु नि बाहुन संग बिहे गरेपछि पनि ? अर्को पत्रकार भन्दै भन्दैथिए त्यत्रो पैसा कमाउने पाएपछि कसले छोड्छ त ? एकै छिन उनीहरु गललल हासे ।

थपिदै गएका पत्रकारहरु दर्जन बढी पुगे ।

स्वगत गित सकियो । अव पालो शुभकामना भाषण को थियो ।

पत्रकार उभिएको स्थानमा दुई जना स्वयम् सेवक आए र भने ए सरहरु बसौ त ?

पत्रकारको तर्फबाट एक जना महिला बोले कहा बसौ भाई ? बस्ने कुर्चि नै छैन । फेरि हांसो भो । उनीहरु फर्किए गए ।

अतिथि बोल्ने क्रम जारी थियो । एक जना बोल्नेको फोटो खिचे र क्यामेराको

स्क्रीनमा हेरे । फोटो त आयो तर उनको आखा र निधार मात्रै । कारण पोडियम् निकै अग्लो रहेछ । मैले सोचे, अरु अतिथि पछि होचै छन् , कसरी फोटो खिच्ने र भिडियो रेकर्ड गर्ने ?

मैले तत्काल स्वमय्  सेवक प्रमुख मोहन थापा लाई बोलाएर भने । त्यसपछि कोक,  फेन्टा राख्ने भाडो ल्याईयो र घोप्ट्याईयो । हामीलाई पनि टाडै बाट फोटो र भिडियो लिन सजिलो भो ।

पत्रकार थपिदै थिए, कार्यक्रम स्थलको अगाडी । फेरी  दुई जना स्वयम सेवक आए र चेतावनीको शैलीमा कर्किए । ए साथीहरु तपाईहरु बस्नुस न । पछाडी छेकियो ।

कहा बस्ने ? कुर्चि छैन, धुलोमा बस्ने ? पत्रकार पनि के कम स्यमसेवकलाई  कडै जवाफ दिए ।

हामी त्यसै आएका हैनौ दाई । यि चिठ्ठी पठाएर आएका हौ, एक जना साथीले चिठ्ठी देखाउदै थिए ।

अर्को पत्रकार भन्दै थिए , अतिथि भनेर चिठि लेखेका छौ, न बस्ने ठाउ छ, न गर्मीमा पत्रकारलाई पानी समेत खान दिएका छौ ?

अर्कोले थपे हामी सभामुखको समाचार लिन आएका हौ । सभामुख बोलेपछि हामी बस्दा पनि बस्दैनौ , बरु हामीलाई धपाउने हो भने छिटो उनलाई बोल्न देउ ।

त्यति बेला सम्म स्वयम् सेवकहरु हिडि सकेका थिए । मैले सोचे आयोजकहरुले पत्रकारलाई बेवास्ता गरेकै हुन् वा ध्यान पुर्याउन नजानेकै हुन् ।पत्रकारलाई रिझाएपो समाचार आउछ । उद्घाटन कार्यक्रम सकियो,भरे बस्ने स्थानमा पुगियो ।

प्राय सबैलाई पोखरा बस पार्कको होटलहरुका बस्ने खाने ब्यवस्था थियो ।

अधिकांस साथीहरु होटलका बाहिरी कक्षमै थिए । रुम पुगेन उनीहरुको गुनासो यही थियो ।

होटल वाला भन्दै थिए आज बाट बस्नु पर्नेहरु हिजै आएर बसेका छन् , होटलका चाबी लिएर हिडेका छन् कसरी रुम पुर्याउ ?

बस्ने ब्यवस्था राम्रो थिएन । त्यस्तो गर्मीमा एउटा कोठामा ४ जना सुत्तुपर्ने । खाटमा र भुईमा गरी । गमी निकै थियो । बिजुली नहुदा पंखा चल्ने कुरै थिएन ।

न लामखुट्टे बाट बच्ने झुलकै ब्यवस्था थियो । मलाई खुब डर थियो किनकी चितवनमै डेङ्गुबाट केहीले ज्यान गुमाएको समाचार मैले समाचारमा पढेको थिए ।

पानी नभएर नुहाउन त के मुख धुन समेत मिनिरल वाटर किन्नुपर्र्यो साथीहरुले ।

खानाको लागी कुपन लिने ब्यवस्था थियो । कुपन दिने मगर संघकै नेता थिए ।

उनी अवेर  मात्रै होटल छिर्थे । त्यो पनि सोम रस लिएर । मैले कमेन्ट गरे भोलि देखि अर्कोले जिम्मा पाए कुपन बितरण गर्ने ।

धेरैले त पखाला लागेपछि त्याहाको खानै खान छोडे । होटल वालालाई ईन्क्वाएरी  गरे । होटलवालाको जवाफ थियो के गर्नु सर अहिलेको महङ्गीमा शय रुपिया छाक खाना खुवाउने अर्डर छ, त्यसैले जे पुग्छ त्यही दिने हो । त्यहा ईन्टरनेटको सेवा थिएन । घर बाट लगेको वाइ म्याक्सले काम गरेन ।  ईभिडियोले टावरै देखाएन । सायद बिजुली नभएर होला ।

जिल्लाका अध्यक्षले भन्दै थिए  १५ हजार बढी बुझाईयो खाने बस्ने ब्यवस्था बेहाल बनाएछन् । कार्यक्रमको उद्घाटन १८ गते भन्दा  ५ दिन अघि मात्रै काठमाण्डौमा बस्ने दाई हुम बहादुर पचभैया (भूपू सैनिक प्रहरी संघका अध्यक्ष ) ले भनेका थिए भाई तिमि र म कतै राम्रो रुम लिएर बस्नुपर्छ, एसी वाला , नत्र मरिन्छ ।

मैले दाईलाई भनेको थिए, हुदैन । साथीहरु संगै बस्नुपर्छ । धेरै कुराको जानकारी हुन्छ, अनुभव धेरै लिनु पर्छ । हुन पनि अनुभब निकै लिइयो कहिल्लै नबिर्सने गरी ।

अर्को दिन बन्द शत्र थियो, नारायणी कला मन्दिरमा । भित्र छिर्न कार्ड लाउनु पर्ने ।

गेटमै स्वमय सेवकको कडाई थियो । गिट भित्र छिरेर मात्रै कार्ड बनाउनु पर्ने ।

म संग कार्ड थिएन । किनकि पर्यबेक्षक शुल्क बुझाउन समय बल्ल शुरु भएको थियो । मैले सुचना बिभागको पत्रकारको कार्ड देखाए । स्वयम् सेवकले मानेनन् । पछि भित्र बाट आवाज आयो ए पत्रकारलाई छोडिदेउ, उहा पर्यबेक्षक हुनुहुन्छ ।

(चिच्याउने दाई हुम बहादुर थिए ) कार्ड बनाउन पर्यबेक्षकको रसिद काट्नु पर्ने । लाईन लामो थियो । कार्डको लागी मैले एक हप्ता अघि नै फोटो पठाएको थिए । तर फोटो मागियो , धन्न क्यामेराको ब्यागमा एउटा फोटो रैछ । दिए र बनाए ।

त्यतिबेला रुपन्देहीका साथीहरु लाईनमा हुनुहुन्थ्यो । कार्डबनाउन खटिएकाले उनीहरु संग फोटो नभई नहुने अडान लिए ।

मगर संघ रुपन्देहीका उपाध्यक्ष गिता सारु कड्किईन् एक महिना अघि नै पठाएको फोटो कता हराईयो, अहिले फोटो मागेर हुन्छ ?पछि मैले थाहा पाए उनीहरुको फोटो बिनाकै कार्ड बनेछ ।

बन्द शत्र शुरु भो । महासचिबले घण्टौ लाएर प्रतिबेदन पढे । अधिकांश साथीहरु निदाए । कोषाध्यक्षको प्रतिबेदन  आयो । प्रतिबेदन माथी सुझाब र सल्लाहाको लागी अंचल स्तरिय समिति बन्यो ।

भोली बिहान छलफल भयो, टोली नेताले सुझाब दिए र पारित गरियो । रात भर नसुतेर जिल्लाका साथीहरुले बन्द सत्रमा बुझाउन भन्दै आफ्ना जिल्लाका गतिबिधिहरु मसिनो गरी तयार पारेका थिए, उनीहरुले भन्नै पाएनन्, बुझाउनै पाएनन् । बन्द शत्रमै मैले माईक पाए र भने आज यत्रो मगर संघको अधिबेशन हुदा मुलधारका मिडियाले समाचार लेखेनन् , टिभिले देखेनन् । अव मगरले पनि मिडिया चलाउनु पर्ने अवस्था आयो । तर बिडम्बना मगर संघले मगर पत्रकारलाई नै चिनेको छैन । मगर मिडिया र मगर पत्रकारको ताकतलाई बुझेकै छैन । किनकी महासचिबको प्रतिबेदनमा मगर मिडिया र पत्रकारको बारेमा केही कुरा उल्लेख थिएन ।

बन्द शत्रमा बिधान परिबर्तनको कुरो चल्यो । गुल्मीमा सम्पन्न १० औ महाधिबेशनले बिधान परिबर्तनको लागी महाधिबेशन भन्दा राष्ट्रिय भेला कुनुपर्ने ब्यवस्था गरेको थियो । मगर संघको पदाधिकारीमा पुग्न एक कार्यकाल केन्द्रिय समितिमा हुुनुपर्ने ब्यवस्था थियो । भातृसस्थाका अध्यक्षहरु पदेन केन्द्रिय सदस्य हुने लगाएतको नियम थियो ।

बिधान परिबर्तनको आवाज हल भरी बाट उथ्यो ।

पर्यबेक्षक र प्रतिनिधिले अगाडिको रोष्टम  घेरे । स्वयम सेवक र उनीहरु बिच धकेला धकेल भो । माईकमा चिच्याएका कार्यक्रम संचालकको आवाज कसैले सुनेनन् । मन्च तिर पानीका बोत्तल फाले । पर्यबेक्षक र प्रतिनिधिलाई मिलाउनु साटो एक जना संघका निबर्तमान उपाध्यक्ष लड्नै  फिल्डमा झरे । धन्न उनलाई ४ जना स्वयम् सेवकले छोपेर लगे । (उनले औला उठाउदै बोलेको कुरा मैले भिडियो गरेको थिए । अहिले हेर्दा नि खुब हासो उठ्छ ।  )

बन्द सत्र बिथोलियो, संघका अध्यक्ष महेन्द्र थापाले स्थगित गरे र भने भोलि बिहान ७ शुरु हुने उद्घोष गरे ।

मन्चमा  बसेका पदाधिकारी र अतिथिलाई स्वयम् सेवकले सुरक्षित बाहिर लगे । पर्यबेक्षक र प्रतिनिधिले नारा जुलुस जारी राखे ।

पछि स्वयम् सेवले उनीहरुलाई बाहिर पठाउन हलकै लाईन बन्द गरे ।

अर्को दिन संघ र हलका तर्फ बाट बार्ता भयो । बिधान परिबर्तनका लागी समिति बन्यो । तत्काल केही निर्णय भयो ।मगर संघको अध्यक्ष पदमा बाहेक सबै पदमा जुन सकै प्रतिनिधि भिड्न पाउने ब्यवस्था गरियो ।

अनि निर्बाचनको महोलले अर्के मोड लियो । भोट हाल्न गएका प्रतिस्पर्धी बने, चुनाव लड्न ठिक परेका भोटर्स बने । त्यति बेला सम्म कार्यक्रम स्थल वरिपरि भोट माग्नेहरु लाईन लामो थियो ।  प्रतिस्पर्धीहरुको फोटो सहितका तुल ब्यानर जता ततै झुण्ड्याईएको थियो ।  हात हातमा भोटको अपिल बाडियो, प्रचारको लागी केही स्थान बाकी थिएन । भित्ता, रुख देखि ट्वाईलेटको ढोकामा समेत मलाई भोट दिनुहोला लेखिएको पर्चा टासिएको थियो ।

निर्बाचन आयोगले आफ्नो काम शुरु गर्र्यो । चुवाबी प्रतिस्पर्धाको लागी राजनितिक प्यानल बन्यो । काग्रेस एमालेमा बिचार राख्ने एकातिर, एमाओबादी, संघिय समाजबादी, जनमुतिm लगाएतका अर्को तिर बनेर प्यानल बनाए । उनीहरु आफुलाई पहिचान बादी भन्थे र चिच्याउदै भोट माग्थे, लौ पहिचान बादी आयो है, हामीलाई भोट दिनुहोला । पहिचान बिरोधी संग होशियार हुनुहोला ।

उनीहरुको नारामै लेखिएको थियो मगरात राज्य प्राप्तीको लागी ।

काग्रेस एमालेमा आस्था राख्ने समुहको नारा थियो हाम्रो र राम्रो मगर संघ बनाउने  ।

त्याहा लाग्थ्यो, मगर संघको होईन  राजनैतिक दल बिचमै निर्बाचन हुन लागेको छ । निर्बाचन सकियो । रात भरीको मतगणना पछि निष्कर्ण निश्कियो ।

प्रतिस्पर्धामा उत्रिए जस्तो राजनैतिक समिकरणले हारे । किनकी भोट दिने प्रतिनिधिहरु निकै चनाखो थिए ।

अध्यक्षमा संघिय समाजबादी, एमाओबादी, जनमुतिm लगाएतको प्यानलका नबिन रोकाले बाजी मारे । महासचिबमा एमाले काग्रेस प्यानलका ज्ञानेन्द्र पुनले जिते ।

अनि बरिष्ठ पाए काग्रेस निकट गुरु प्रसाद घर्तीले । जे होस, त्याहा मगरले जितेका थिए । मगरले हारेका थिए । तर जित्ने पनि दल र हार्ने पनि दल जस्तो जित्नेले नारा बाजी गरे, हार्नेले कुलेलम ठोके ।

Last Updated on Saturday, 14 May 2016 07:43

Hits: 662

एशिया कै प्रमुख धार्मिक तथा व्यापारिक शहर सिद्धार्थनगर

-हुम सुनारी मगर

विश्व भरका बौद्धमार्गीहरूको केन्द्रस्थल हो, लुम्बिनी । त्यसैले, बुद्धको जन्मस्थल लुम्बिनीसँगै जोडिएको भैरहवा-बुटवललाई जोडेर महानगरपालिका बनाउँदा अति उत्तम हुनेछ । बुद्धको वास्तविक नामबाट नामांकरण गरिएको 'सिद्धार्थनगर' लाई एशिया कै एक नमुना र सम्पन्न शहर बनाउनु पर्छ ।

इस्लामहरूका केन्द्रस्थल साउदी अरेवीयाको मक्काहसँगै जोडिएको मध्यपूर्वको प्रमुख व्यापारिक शहर जेद्धाह जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । अथवा, इसाईहरूका केन्द्रस्थल इटालीको रोम शहर जस्तो भईसक्नु पर्ने थियो, सिद्धार्थनगर । तर, लुम्बिनी 'सिद्धार्थनगर' लाई राज्यले नै उपेक्षा गरेकै हो । भगवान बुद्धको जन्मस्थल नेपाल हो भन्ने राज्यले संसार भर प्रचारसम्म मात्रै गर्न सकेको भए पनि सिद्धार्थनगरको रूप अहिलेसम्ममा धेरै परिवर्तन भईसक्ने थियो । तर, लुम्बिनीको विकास र यसको विश्वव्यापीकरण गर्ने हकमा राज्यले गहन भूमिका नखेलेकै हो ।

भारतको प्रत्यक राज्यमा पढाइने अनिबार्य, सामाजिक, विज्ञान, बिषयमा बुद्ध भारतमा जन्मेका हुन् भनेर भारतीय विद्यार्थीहरूलाई पढाइन्छ । त्यसको प्रमाण हाल नेपालमा पनि मान्यता प्राप्त भएको भारतीय पाठ्यक्रम केन्द्रीय माध्यमिक शिक्षा बोर्डद्वारा सञ्चालित विद्यालयहरूमा प्रष्ट भेट्न सकिन्छ । भारतीय सरकार प्रमुख नेपाल आएर बुद्धको देश नेपाल हो, भन्छ । तर, आफ्नै देशमा आयोजना गरिएका औपचारिक कार्यक्रमहरूमा हाम्रो भारत बुद्ध जन्मेको देश हो, भन्छ ।

७० प्रतिशत भन्दा बढी बुद्धिष्टहरू रहेको देश श्रीलंकामा बुद्ध भारतमा जन्मेका हुन् भनेर विद्यालय मै पढाइन्छ । विश्व कै सबैभन्दा धेरै बुद्धिष्टहरू रहेको देश मंगोलिया, चीन, कोरिया, जापान, ताइवान, म्यानमार, लाओस, भियतनाम, थाइल्याण्ड, सिंगापुर र भुटान जस्ता देशहरूका मानिसहरूको बुझाई पनि त्यहि छन्, बुद्ध भारतमा जन्मेका हुन् भन्ने । यद्यपि, पछिल्लो केहि बर्ष यता अधिकतम् बौद्धमार्गीहरूले बुद्ध भारतमा जन्मेका नभई नेपालमा जन्मेका थिए भन्ने विश्वास गर्न थालेका छन् । तर, भारत भने अझैसम्म पनि बुद्ध नेपालमा जन्मेका हुन् भनेर स्वीकार्न तयार छैन । आजको दिनसम्म तिनका विद्यार्थीहरूलाई त्यहि शिक्षा दिइरहेका छन्, बुद्ध भारतमा जन्मेका हुन् ।

विश्व भर झन्डै पाच सय मिलियन बुद्धिष्टहरू छन् । प्रत्यक बर्ष कूल बुद्धिष्टहरूको एक प्रतिशत मात्र अथवा झन्डै पचास लाख बुद्धिष्टहरूलाई लुम्बिनी भित्र्याउन सकियो भने मुलुकको राजस्वमा अनपेक्षित वृद्धि हुनेछ । पर्यटन क्षेत्रमा निजि क्षेत्रका ब्यबसायीहरू लाभान्वित हुने निश्चित छन् । लाखौं नेपाली युवाहरूको लागि रोजगारी सृजना हुने निश्चित छ। र, दश बर्षभित्र मै पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा कायापलट गर्न सकिने निश्चित छ । तर, त्यसको लागि सिद्धार्थनगर अथवा लुम्बिनी क्षेत्रमा भौतिक पूर्वाधारहरूको विकास हुनु अपरिहार्य छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल धेरै अगाडि बनिसक्नु पर्दथ्यो । ढिला गरि भएपनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अहिले धमाधम भईरहेको छ । २०७४ को माघसम्ममा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउने लक्ष्य छ । अधिकतम् बौद्धमार्गीहरूलाई लुम्बिनी भित्र्याउने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रमुख उद्देश्य हो । त्यसको अलावा थप भौतिक पूर्वाधारहरूको पनि विकास हुनु अत्यन्त जरुरी छ ।

सिद्धार्थनगर क्षेत्रलाई आधुनिक प्रकारको शहर निर्माण गर्न राज्यले व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले नै त्यस क्षेत्रको ठिक ढङ्गले नगर विकास परियोजना ल्याउनु पर्ने आवश्यक छ । अहिले नै भैरहवा-बुटवल नगरको राम्रो व्यवस्थापन गरिएन भने पछि काठमाडौँ जस्तो अव्यबस्थित शहर बन्न सक्छ ।

आव ०७३/७४ को लागि नेपाल सरकारको प्रस्तुत बजेटमा भैरहवा-बुटवललाई मिलाएर महानगरपालिका बनाउँनु पर्ने भनिएको छ, जुन शतप्रतिशत जायज छ । सम्भावित महानगरपालिकाको नाम भगवान बुद्धको वास्तविक नाममा नामांकरण गरिएको भैरहवा शहरको नाम सिद्धार्थनगरलाई नै कायम गर्दा अति उत्तम हुनेछ । भगवान बुद्धको वास्तविक नाम सिद्धार्थ हो, भन्ने विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई पनि जानकारी होस् ।

यसपालिको बजेटमा समेटिएका बुटवल-तानसेन सुरुङमार्ग, कालिगण्डकी तिनाउ डाइभर्सन, लुम्बिनीमा ५ हजार अट्ने सभाहल, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल, भैरहवामा क्षेत्रियस्तरको क्रिकेट मैदान र मोतिपूरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने आदि ठूला परियोजनाहरू पनि परेका छन्, जुन अति स्वागत योग्य छन् ।

बजेटमा समेट्न नसकिएका तपशिलका थप परियोजनाहरूलाई पनि सरकारले प्रार्थमिकतामा राखियोस् ।

तिनाउ नदीको दायाँ बायाँ सडक र पार्क 

आव ०७३/७४ को बजेटमा उल्लेख नभएका थप पूर्वाधारहरूको विकास हुनु अत्यावश्यक छन् । जस्तैः कालिगण्डकी-तिनाउ डाइभर्सनको प्रमुख उद्देश्य विधुत उत्पादन र तीन जिल्ला रूपन्देही-नवलपरासी-कपिलबस्तुमा सिचाई व्यबस्थापन गर्नुपर्ने देखिन्छ । बुटवलको देवीनगरदेखि भैरहवाको तौलिहवा रोडसम्म नदि व्यवस्थापन गरेर तिनाउ सडक कोरिडोर र नदीको दायाँबायाँ पार्क निर्माण गर्नुपर्ने । यसले सिद्धार्थनगरको थप शोभा बढाउनेछ । सम्भवतः भैरहवा-बुटवल जलमार्ग पनि प्रयोग गर्न सकिनेछ । यो परियोजना निर्माण गर्न सके लुम्बिनी भित्रिएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई थप आकर्षित गर्न सकिने निश्चित छ ।

बृहत रिङरोड 

भैरहवा, लुम्बिनी, सैनामैना, बुटवल, सुनवल र परासी हुँदै भैरहवासम्मको एउटा बृहत रिङरोड निर्माण हुनु अत्यावश्यक छ । त्यस रिङरोड भित्र पर्ने सबै क्षेत्रलाई महानगरपालिका अन्तर्गत व्यवस्थापन गर्नुपर्ने हुन्छ । महानगरपालिका भित्र पुराना तथा नयाँ बस्तीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शहर व्यवस्था गर्नुपर्ने हुन्छ । बेलहियादेखि बुटवलसम्मको मुख्य सडकमा पर्ने प्रमुख संगम जन्क्सनहरू जस्तै, भैरहवाको चौराहा, बुद्धचोक, ठुटेपीपल, कोटीहवा, भल्वादी, मंगलापुर, मणिग्राम, शंकरनगर, ड्राइभरटोल, योगिकोटि, बुटवलको चौराहा र हस्पिटल रोडमा फ्लाईओभर पुल निर्माण गर्नुपर्ने आदि ।

व्यवस्थित औधोगिक क्षेत्र

भैरहवा र बुटवल आसपासमा सञ्चालित सबै उद्योग कलकारखानाहरूलाई बजेटमा उल्लेख भए जस्तै मोतिपूरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरेर पुराना तथा नयाँ सबै कलकारखानाहरू त्यस क्षेत्रमा शिफ्ट गर्नुपर्ने अत्यावश्यक छ । भैरहवा-बुटवलमा स्थापित ब्यापारीहरूका समान भण्डारणको लागि सितापूरमा आधुनिक गोदामको व्यवस्थापन गर्दा अति उत्तम हुनेछ । यो व्यवस्थापनबाट ठूला मालवाहक सवारी साधनको कारणले मुख्य शहरमा प्रदूषण हुने र लामो समयसम्म ट्राफिक जामबाट मुक्त हुनेछ । ठूला मालवाहक सवारी साधनहरू सधै व्यस्त रहने प्रमुख शहर भित्र गुड्ने अनुमति दिनु हुँदैन । त्यसको लागि छुट्टै रूटको व्यवस्था गर्नु पर्छ। 


सबै प्रकारका सवारी साधनहरू मर्मत गर्ने ग्यारेजहरूको एक छुट्टै स्थानको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सवारी साधनहरूको स्पेयर पार्ट्स पाउने स्थल सवारी साधन मर्मत स्थल कै आसपासमा व्यवस्थापन गर्नु पर्छ । बिक्रीका लागि नयाँ तथा पुराना सवारी साधनहरूको शोरूम तथा ग्यारेज स्थल मुख्य शहरभन्दा केहि बाहिर व्यवस्थापन गर्दा उचित हुन्छ।

मेट्रोरेल र लोडसेडिङको अन्त्य

सम्भावित सिद्धार्थनगर शहर व्यवस्थापन गर्दा अहिले नै सम्भावित मेट्रो रेलको लागि पनि परिकल्पना गरेर सोहि अनुसार जग्गा अधिग्रहण गर्नु पर्छ । विधुतीय मेट्रो रेललाई प्रार्थमिकतामा राख्नु पर्छ । सिद्धार्थनगर केहि बर्षभित्रै उत्कृष्ट धार्मिक तथा व्यापारिक शहर बन्ने भएपछि यहाँ ठूलो मात्रामा विधुतको आवश्यकता पर्छ सक्छ । सिद्धार्थनगर क्षेत्रमा लोडसेडिङ पूर्णरूपले अन्त्य गर्नेगरी त्यस क्षेत्रको लागि मात्र कम्तिमा तीन सय मेघावाट विधुतको व्यवस्था गर्नुपर्छ । त्यसको लागि कालिगण्डकी-तिनाउ डाइभर्सन परियोजना उत्तम हुनेछ । त्यसैले, यो परियोजनालाई सरकारले बिशेष प्रार्थमिकतामा राखिनु अत्यावश्यक छ ।

अन्तर्राष्ट्रिय फूटबल रङ्गशाला

भैरहवामा एक क्षेत्रीयस्तरको क्रिकेट मैदान दुई बर्षभित्रमा निर्माण गरिसक्ने सरकारको बजेटमा परेपनि अन्तर्राष्ट्रिय स्तरको फूटबल रङ्गशाला निर्माण गर्ने बिषयमा सरकार मौन छ । त्यसैले, सिद्धार्थनगर क्षेत्रमा एक अन्तर्राष्ट्रिय फूटबल रङ्गशाला निर्माण हुनुपर्ने अत्यावश्यक छ । जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फूटबल प्रतियोगिताहरूको आयोजना गर्न सकियोस् । र, यस क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरका फूटबल खेलाडीहरू जन्माउन सकियोस् ।

बौद्ध विश्वविद्यालय स्थापना

लुम्बिनी पाच सय मिलियन बुद्धिष्टहरूको केन्द्रस्थल भएकोले यहाँ विश्व भरिका बौद्ध धर्मावलम्बीहरूले उच्च शिक्षा हाँसिल गर्न पाउने व्यवस्था गरि एक बौद्ध विश्वविद्यालय स्थापना गर्नुपर्ने हुन्छ । बौद्धमार्गीहरूको केन्द्रस्थल नेपाल हुँदाहुँदै नेपालका कैयौं बुद्धिष्टहरू चीन, थाईल्याण्ड र श्रीलंका जस्ता देशहरूमा उच्च शिक्षाका लागि अध्ययन गर्न गएका हुन्छन् । लुम्बिनी सिद्धार्थनगरमै एउटा बौद्ध विश्वविद्यालय स्थापना गरेर विश्व भरका लाखौं बौद्धमार्गी विद्यार्थीहरूलाई नेपाल मै अध्यापन गराउने व्यवस्था गर्नसके नेपालले थप फाइदा उठाउन सक्ने कुरामा दुईमत नै छैन ।

सिद्धार्थनगर शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल भएकोले सिद्धार्थनगर महानगरपालिकालाई शान्ति शहर घोषणा गरेर विश्व कै शान्ति, समृद्धि र सम्मुन्नत राष्ट्रको रूपमा नेपाललाई विश्व सामू चिनाउन सम्बन्धित सबै पक्ष एकजूट हुनु अत्यावश्यक छ ।

 

हुम सुनारी मगर 

इमेल:  This email address is being protected from spambots. You need JavaScript enabled to view it.  

सिद्धार्थनगर हाल साउदी अरेवीया


Last Updated on Monday, 30 May 2016 10:16

Hits: 1360

जनजातीलाइ उत्थान गर्ने प्रतिष्ठानलाई जनाईधारीहरुले निल्ने

राज्यसत्ता व्यूरो

वैशाख, १६- आदिवासी जनजातिको सशत्तीकरणका लागी स्थापित आदिवासी जनजाती उत्थान राषिट्रय प्रतिष्ठान सरकारले खारेज गर्ने भएको छ ।

  नयाँ संविधान भाग–२७ धारा २५२ देखि २६४ सम्म अन्य आयोगहरु गठन हुने उल्लेख छ ।त्यसैअनुसार आदिवासि जनजाती उत्थान राषिट्रय प्रतिष्ठान ऐन, २०५८ को खारेजी प्रक्रिया अघि बाढाइएको छ । जनजातीलगायत संविधानमा उल्लेख अन्य ६ वटा आयोग र्निमाणको प्रक्रियाबारे गृहकार्य सुरु भएको छ ।           

स्थानीय विकास मन्त्रालायअन्र्तगत रहेको प्रतिष्ठान ५९ सूचीकृत आदिवासी जनजातीको नीति निर्माण गर्ने एकमात्र निकाय हो । ऐनअनुसार प्रतिष्ठान अध्यक्ष प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ भने उपाध्यक्ष र सदस्यसचिवको ४ बर्षे पदावधि सकिएपछि पदाधिकारी नियुत्त गरिएको छैन ।    पदाधिकारी नियुत्तको माग भए पनि सरकारलेनयाँ सँविधानअनुकूल प्रक्रिया थाल्ने जवाफ पाएको स्रोतले बतायो ।

संविधान धारा २६१मा आदिवासी जनजाती आयोग गठन हुने उल्लेख छ । आयोगमा नियुत्त  पदाधिकारीको पदावधि ६ वर्षको हुने उल्लेख छ । नेपालआदिवासी जनजाती महासंघ पूर्वमहासचिव प्राध्यापक ओम गुरुङले संविधानमा उल्लेख गरिएको आयोग र आदिवासी जनजाती उत्थान राषिट्रय प्रतिष्ठानको नीतिगत काम फरक भएकाले खारेज आवश्यक नहुने बताए । हामीलाइ अर्धन्यायिक अधिकार सम्पन्न आयोग चाहिएको हो , गुरुङले कान्तिपुरसित भने आयोग गठन हुँदैमा प्रतिष्ठान खारेज हुनुपर्छ भन्नु  गलत हो ।

प्रतिषठान  सूचीकृत आदिवासी जनजातीलाई सरकारी सेवा सुविधाका कार्यक्रमा दिने हो । जनजाती महासंध का अध्यक्ष तथा संसाद नगेन्द्र कुमाल संविधानमा उल्लेख आयोग सवैधानिक निकाय हुने भएकाले प्रतिष्ठानको समानान्तर रुपमा सोच्नु गलत हुने बताए । प्रतिष्ठान संविधानमा उल्लेख बहुजाति, बहुसंस्कृति ,बहुधर्मको संरक्षण गर्न खुलेको निकाय हो, प्रतिष्ठानका पदाधिकारी नियुत्तिको माग गर्दै आएको तर सरकारले बेवास्ता गरेको उल्लेख गर्दै कुमाललेभने, त्यसैले संवैधानिक आयोग बन्दैमा प्रतिष्ठान खारेज गर्नु न्यायोचित हुन सक्दैन । यदि त्यसो गरिए सूचीकृत आदिवासी जनजाती प्रतिरोधमा उत्रिने छन् । प्रतिष्ठानले सूचीकृत आदिवासी जनजाती समुदायलाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।                    

मन्त्रालयका अधिकारी भने त्यसबारे बोल्न चाहेनन् ।संघीय मामीला महाशाखाले प्र्रतिष्ठान खारेज गर्नेबारे सत्तारुढ दलका संसाद लगायतसित छलफल गरेको जनाएको छ । तर,महाशाखा प्रमुख सहसचिव हरि पौडेल भने अहिले केही पनि नभएको बताए । मन्त्रालयका प्रवत्ता पूर्णचन्द्र भट्टराईले बुझ्न बाँकी छ भनेर टार्ने प्रयास गरे। 

राप्रप नेपालको भागमा परेको उत्त मन्त्रालयले प्रतिष्ठानलाई पकडमा पार्न हम्मे परेपछि खारेजीको प्रक्रिया अघि बढाउन चाहेको स्रोतको दाबी छ । ६ महिना अघि मन्त्रीको संयोजकत्वमा पदाधिकारी सिफारीस समिती गठन भए पनि अहिलेसम्म नियुत्ति गरिएको छैन । त्ससको सट्टा प्रतिष्ठान खारेजी प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

साभार : कान्तिपुर बाट 

Last Updated on Thursday, 28 April 2016 16:15

Hits: 1153

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर