A+ A A-

माष्टर मित्रसेन एबं बिचार

त्रिलोक सिंह थापा 

Image may contain: 1 person

प्रारम्भ

नेपाली गीत, संगीत, गायन, परम्परा एंव रगंमचीयकला क्षेत्रमा विर्सनै नसकिने नाम हो मास्टर मित्रसेन थापा मगर । बहुमुखि प्रतिभाका धनी मास्टर मित्रसेन थापा मगर प्रख्यात सङ्गीतकार, गायक, गीतकार, कवि, निवन्ध लेखक, रेडियो नाटक निर्माता रगंमचीय कलाकार तथा समाज सुधारक थिए । उनले सिर्जना गरेका ११ वटा खण्डकाव्य ९७ वटा गीत, ३२ वटा ग्रामफोन रेकर्ड भएका गीत, १४ वटा नेपाली हिन्दी उर्दु मिश्रीत भाषाका नाटक ५ वटा नेपाली रेडियो नाटक, ५ वटा कथा, ६ वटा निवन्ध तथा २ वटा कविताहरु हाल सम्म फेला परेका छन । उनका दर्जनौ कृतिहरु उनको निवास स्थान “मित्र को झुप्रो”तोतारानी गाउँमा पाण्डुलिपी अवस्थामा छन । ती पाण्डुलिपीहरु हाल जीर्ण अवस्थामा छन ।

संक्षिप्त परिचय

मास्टर मित्रसेन थापा  मगर को जन्म सन १८९५ डिसेम्वर २९ तारीखमा भारतको हिमांचल प्रदेश जिल्ला कागंडा धर्म शाला छाउनी को धारा खोला गाउँमा भएको थियो । सन १९०५ को भूकम्पले धारा खोला गाउँको घर भत्किए पछि मित्रसेनको बुवाले तोतारानी गाउँमा बसाई सरी बसोवास गरेका हुन । त्यही “ मित्र को झुप्रो” भनेर सो घरको नामाकरण गरिएको थियो ।
मास्टर मित्रसेन थापा सिज्जाली मगर थिए । उनको पुख्यौली घर मध्य पश्चिम नेपालको तत्कालिन वाग्लुङ्ग जिल्लाको राखुपुलमा गाउँमा पर्दछ । काजी अमर सिंह थापाको नेतृत्वमा सन १९०६ देखि १८०९ सम्म हिमांचाल प्रदेशको प्रसिद्ध “कागंडा किल्ला” लाई गोर्खाली फौजले आफनो घेरा बन्दीमा राखेको थियो । मित्रसेन को हजुर बुबा सुन्दरु थापा सोही गोर्खाली फौजका सिपाही थिए । युद्धोपरान्त काजी अमर सिंह थापा नेपाल फर्किए पछि कतिपय गोर्खाली सैनिकले कागडा किल्लाकै छेउछाउमा बसोबास गर्न रुचाए भने सुन्दरु थापा पनि त्यही भाग्सुमा बसोबास गरे, त्यही उनको छोरा मनवीर सेन थापाको जन्म भयो । मित्रसेन थापा यिनै मनवीर थापा र राधा थापाका छोरा हुन् ।

मास्टर मित्रसेन थापा मगर को जन्म, शिक्षा, दिक्षा, बचपन लगायत सम्पूर्ण जीवन भारतको हिमांचल प्रदेश भाग्सू धर्मशालामा व्यतीत भएको थियो । त्यही उनले उर्दु भाषामा आठ कक्षा सम्म अध्ययन गरेका थिए । त्यस पछि सन १९१२ देखि १९२० सम्म १÷१ गोरखा रेजीमेण्टको सिगलन शाखामा कार्यरत थिए । पल्टनको जागिर वाट स्वेच्छाले अवकाश लिए पछि सङ्गीत साधना, अध्ययन, एवं साधारण व्यवसायमा संलग्न भएका थिए । सन १९२६ मा “हिमाचल थित्रेट्रिकल कम्पनी” स्थापना गरेर सन १९२८ सम्म हिन्दी, उर्दु, नेपाली भाषामा नाटक मंचन गरे । सन १९२८ देखि १९३२ सम्म सनातन धर्मको प्राचरक भए । सन १९३३ देखि १९४६ सम्म जीवनको अन्तिम समय सम्म सङ्गीत साधना, गायन, गीत भजन, साहित्य रङ्गमचीय कला तथा समाज सुधारमा सम्र्पित रहेका थिए । सन १९४६ अप्रिल ९ तारिखमा आफनै गाउँ तोतारानीमा भाग्सु धर्मशालामा अल्प आयुमा उनको निधन भयो । आफनो जीवन कालमा मित्रसेनले सन १९३३, १९३५ तथा १९४४ मा नेपाल भ्रमण गरेको पाइन्छ । सोही अवधिमा नेपाली गाउँघर समाजको गहिरो अध्ययन मनन गरेका थिए ।

सङ्गीत सिर्जना

प्रवासमा जन्मिएर नेपाल लाई आफनो कर्मथलो बनाएका मित्रसेनले नेपाली भाषा, साहित्य, लोक सङ्गीत, लोक नाटक, लोक कथा का साथै सुगम संङ्गीतको उत्थानमा उल्लेखनीय योगदान पुराएका छन । उनका द्वारा सिर्जना गरिएका गीत, गायन एव सङ्गीत विशेष गरी नेपाली लोकलय लोक भाषा, ग्रामीण परिवेश, लाहुरे जीवन, तथा त्यस वेलाका छाउनी संस्कृतिमा आधारित रहेको पाइन्छ । गण्डकी क्षेत्रको प्रचालित झाम्रे वा झ्याउरे गीतको लोक भाषा तथा लोकलयका साथै विभिन्न जाति एवं जनजातीय भाकाहरु नै मास्टर मित्रसेनका गीत, गायन एवं सङ्गीतका आधार रहेको पाइन्छ । नेपाली गीत, गायन, तथा सङ्गीतमा नेपाली लोकलय, नेपाली पन, नेपाली शैली एवं नेपाली पहिचानको विकास गर्ने गराउने भूमिकामा सुरकर्मी माष्टर मित्रसेन अग्रणी रहेका थिए । उनले सिर्जना गरेका गीत, गायन तथा सङ्गीत आज पनि उत्तिकै चर्चित एव लोकप्रिय रहेका छन् । “धानको वाला झुल्यो हजुर देशै रमाइलो” “लाहुरे को रेलीमाई”, “फेसनै राम्रो” “भन गोर्खाली दाजु भाई जय गोरख” “स्वामी नजाउ विदेश फापर छरौला रोटी हालौला खाउला”, “तानसेन कस्तो छ” “चुँइ चुँइ चुइकने जुत्ता”, “मलाई खुत्रुकै पा¥यो जेठान तिम्रो बैनीले” आदि । नेपाली आधुनिक सङ्गीतमा समूह गायन, हास्य र व्यंग, रमाइलो शैलीमा गायन आदिको शुरुवात प्रख्यात सङ्गीतकार मास्टर मित्रसेनबाट भएको हो ।

रंगमणीय कला सिर्जना

मास्टर मित्रसेन थापा मगर का सिर्जनाहरुमा दोश्रो पक्षहो हिन्दी, उर्दु र नेपाली भाषामा नाटक लेखन, निर्देशन, उत्पादन एवं मंचन । सन १९३६ मा तयार गरेका “ वाल भक्त धुव्र” नेपाली नाटक साहित्यमा पहिलो रेडियो नाटक मानिन्छ । यसरी यिनी पहिलो नेपाली नाटक निर्माता तथा उत्पादन कर्ता हुन । यिनिका द्वारा लेखिएका नाटकहरुमा भक्ति रस, करुण रस, वीर रस, हास्य र व्यगंका साथै सामाजिक चेतना जगाउने सन्देशहरु पाइन्छ । रगंमंचीय प्रर्दशनको माध्यम वाट त्यस वेलाम सामािजक कुरीती, एवं अन्ध विश्वास माथि मित्रसेनले तिव्र प्रहार गर्ने गरेका थिए । विभिन्न नाटकहरुका माध्यमवाट भारतीय स्वत्रतता सङग्रामका सेनानहिरुलाई प्रेरणा एवं प्रोत्साहन गरेको पाइन्छ । त्यसताका यिनीका द्वारा तयार गरिएका नाटक एवं रेडियो नाटक ज्यादै लोकप्रिय एवं जनप्रिय भएको थिए ।

अन्य सिर्जनाहरु

मानवीय मूल्य एव मान्यताहरु को संरक्षण एवं प्रोत्साहनका लागि मास्टर मित्रसेनले निवन्ध तथा कथाहरु लेखेका थिए । आध्यात्मिक एवं दार्शनिक मान्यतालाई जनमानसमा जगाउन भगवान बुद्धका उपदेश “बुद्धवाणी” टालस्टायका उत्कृष्ट कथाहरुको अनुवाद पनि गरेका थिए । सम्पादन एव प्रकाशन पनि मित्रसेनले आफनो निपुणता एवं कुशलता लाई प्रदर्शन गरेका थिए ।

सारांश

मास्टर मित्रसेन यस्ता ओजस्वी एवं प्रतिभाशाली थिए जसको साहित्यिक एवं साङ्गीतिक कृतिहरु माथि दुई जना शोधकर्ता विद्वानहरुले नेपाल तथा भारतका विश्वविद्यालयवाट विद्यावारिधी ( पि.एच.डी) प्राप्त गरेका हुन । नेपाल तथा भारत सरकार दुवै मुलुकले उनको नाममा हुलाक टिकट प्रकाशन गरेका छन । उनको साहित्यिक एवं साङ्गीगितक योगदानको सम्बन्धमा नेपाल तथा भारतका विभिन्न पत्र पत्रिकामा निरन्तर लेख वा टिप्पणीहरु प्रकाशित भै राखेको पाइन्छ । नेपाल तथा भारत दुवै मुलुकमा उनको विषयमा पुस्तक प्रकाशन भएको छ । दुवै मुलुकमा उनको नाममा मास्टर मित्रसेनस्मृति संस्था खुलेको पाइन्छ । नेपालमा उनलाई नेपाली आधुनिक एवं सुगम सङ्गीतका अग्रज भनेर मानिन्छ भने भारत मा भारतीय साहित्यका निर्माता भनेर परिचय गराउने चलन देखिन्छ । 

निष्र्कश

उपरोक्त संक्षिप्त पृष्ठभूमि लाई नियालेर हेर्दा के पाइन्छ भने नेपाली आधुनिक एव सुगम सङ्गीत एव गायन परम्परामा तथा नेपाली रंगमंचयि कला क्षेत्रमा मित्रसेनको योगदान अतुलनीय एवं अविष्मरणीय रहेको छ । त्यस वेला मित्रसेनका गीत, गायन, सङ्गीत तथा नाटक आदि जति बढी प्रचारित, बिस्तारित, विकसित एवं लोक प्रिय भए जुन तुलनात्मक रुपमा अरुकुनै सर्जकको हुन सकेन । त्यस वेला नेपाली शहर,गाउँ एवं बस्तीहरुका बासिन्दाहरुमा मात्र होइन भारतीय भूमिका नेपाली भाषा भाषीहरुमा पनि उनका गीत, गायन एवं नाटकहरु ज्यादै जनप्रिय एवं लोकप्रिय भए । आज पनि उनका गीत एवं गायन उत्तिकै कर्ण प्रिय छन् । सुन्दा उत्तिकै मधुर एर्व स्वादिला लाग्दछ ।

(लेखक: मा. मित्रसेन प्रतिस्ठानका अध्यक्ष हुनुहुन्छ)

 

Last Updated on Wednesday, 28 December 2016 15:18

Hits: 1236

मन्त्रिहरुको सम्पति विवरणले उब्जिएका गम्भीर प्रश्नहरु ?

अमरदीप मोक्तान


संबिधान संसोधनको सकस रहेको बेला मन्त्री पदमा सपथ ग्रहण गरेको साठी दिन भित्र मन्त्रिहरुले सम्पति सार्वजनिक गर्नु पर्ने नियमलाई अटेर गरेका मन्त्रिहरुले बल्ल आफ्नो सम्पति सार्वजनिक गरेका छन । जे होस ढिलो भए पनि सम्पति सार्वजनिक गरेकोमा साधुवाद तर मन्त्रिहरु द्वारा सार्वजनिक गरिएको सम्पतिले नेपालका नेताहरु वास्तविक चरित्र र पोल खोलिदिएको छ ।
मन्त्रिहरु द्वारा सार्वजनिक गरिएको सम्पति विवरणले कुन मन्त्रि ब्यापारी कुन मन्त्रि झुटो कुन मन्त्रि साँचो हुन् कुन भ्रस्टाचारी त्यो चरित्र उजागर गरेको छ । नेपालको अवस्था किन दिन हिन अवस्थामा पुगेको हो ? मन्त्रीहरु द्वारा सार्वजनिक गरिएको सम्पति विवरणले छर्लंग हुन्छ । नेपाली जनताले राष्ट्र हाक्न पठाएकाहरु झुटो, राजनीतिलाई व्यापार सम्झने, जनताको अमुल्य मतको अनादर गर्ने प्रवृतिका भए भने राष्ट्र द्रुत विकाशको गतिमा कसरि हिड्न सक्छ ? सम्पति विवरण अनुशार केहि मन्त्रिहरुको सम्पति विवरणमा सत्यता देखिन्छ भने केहि मन्त्रिहरुको सम्पति विवरण सन्देहास्पद र विवादस्पद देखिन्छ ।

झुटो मन्त्रि- नेपालको दुर्भाग्य नै भन्नु पर्छ माओवादीका हेविवेट नेता प्रधानमन्त्री पुष्पकमल दाहालको पेश गरिएको सम्पति विवरणमा पत्नी सिता दाहालको नाममा चितवन भरतपुरमा एक कट्ठा जग्गा र सुन तिन तोला त्यस्तै गरि उपप्रधानमन्त्री तथा अर्थ मन्त्रि कृष्ण बाहादुर महराको रोल्पा लिवांगमा नेपाली शैलीको दुइ तले घर एक तले गोठ, आठ रोपनी सुक्खा पाखो जग्गा, नगद अस्सी हजार गरगहना बाहेक केहि न भएको भनि सार्वजनिक गरेको सम्पति विवरण झुटको पोको बाहेक केहि होइन भन्दा अन्यथा हुनेछैन । थिचिएका पिल्सिएका उत्पीडित जनताको मुक्तिदाता हुन् भनि डंका पिट्ने माओवादी पार्टीका हेविवेट नेता द्वयले झुटको बलमा दस वर्षे जनयुद्ध गरेका रहेछन, सोझा सरल जनतालाइ कसरि उल्लु बनाएका रहेछन सार्वजनिक गरिएको झुटो सम्पति विवरणले स्पस्ट हुन्छ ।

सत्य विवरण पेश गर्ने मन्त्रि- सार्वजनिक गरिएको सम्पति विवरण तथा आचरण अनुशार उर्जामंत्री जनार्दन शर्मा प्रभाकर, प्रथम पटकमा नै वन मन्त्रि पड्काउन सफल शंकर भण्डारी, श्रम मन्त्रि सूर्यमान गुरुङ, कृषी विकाश मन्त्रि गौरीशंकर चौधरी, खेलकुदमन्त्री दलजित श्रीपाली, शिक्षामन्त्रि धनीराम पौडेल, वातावरण जयदेव जोशी, कानुनमन्त्री अजय्शंकर नायक, गरिबी निवारण मन्त्रि हृदयराम थानी लगाएत प्रथम पटक राज्यमन्त्री पद प्राप्त गर्न सफल भएका मन्त्रिहरु श्री प्रशाद जगेबु, सत्यनारायण भगत राधिका तामांग, धनमाया बिक खनाल द्वारा पेश गरिएको सम्पति विवरणमा केहि हद सम्म सत्यता झल्किन्छ ।

ब्यापारी मन्त्रि- भूमिसुधार मन्त्रि विक्रम पाण्डेको पृष्ठभूमि नै ब्यापार भएको हुनाले अकुत सम्पतिको विवरण पेश गरिएको छ तर मन्त्रि विक्रम पाण्डेको अकुत सम्पति विवरण अनुशार राज्य लाई सम्पति कर बुझाएका छन् कि छैनन् त्यो मुख्य कुरो हो ?

हुनेखाने मन्त्रि- हुनेखाने मन्त्रिको श्रेणीमा आर्थिक सबल परिवारिक पृष्ठभूमि भएका मन्त्रिहरुमा विमलेन्द्र निधि, रमेश लेखक, बालकृष्ण खाड, नविन्द्र राज जोशी, दिपक गिरि, केशव कुमार बुढाथोकी रोमी गौचन थकाली, सितादेवी यादव, गगन थापा देखिएका छन् ।

राजनैतिक ब्यापारी मन्त्रि- सहरी विकाश मन्त्रि अर्जुन नरसिं केसी, परराष्ट्रमन्त्री रामशरण महत, आपूर्ति मन्त्रि दीपक बोहरा, पर्यटन मन्त्रि जीवन बाहादुर शाही द्वारा पेश गरिएको सम्पति विवरणमा अकुत सम्पति देखिन्छ यसले पनि नेपालमा निष्ठाको राजनीति भन्दा पनि अर्थ संकलन गर्ने सहि ब्यापार बनेको छ राजनीति । नेताहरुले जुन सुकै तरिकाले जोडेको अवैध सम्पतिमा न कसैले औला उठाउन सक्छन यदि उठाइ हाले भने पनि राजनतिक ब्यापारीहरु त्यस्ता निकायका प्रमुख सदाको लागि पंगु र निरिह बनाउने क्षमता राख्दछन भन्ने अनेकौ उदाहरण छन् । नुवाकोट जिल्लाका अर्जुन नरसिं केसी र डाक्टर प्रकाश शरण महतको विगतको पारिवारिक पृष्ठभूमि र आर्थिक हैशियत सामान्य किसान परिवार नै हो । अर्जुन नर्सिग केसी नुवाकोटको दुर्गम गाउँ राउत बेसीका बासिन्दा हुन् । काठमान्डौमा उच्च शिक्षा अध्ययन पश्चात सरस्वती क्याम्पसमा करारमा पढाउने बाहेक उनले न त कुनै जागिर न त बन्द ब्यापार नै गरेका छन् । अर्जुन नरसिंग केसी निरन्तर राजनीतिमा सफल भएका नेता हुन् । पन्चायतकालमा अर्जुन नरसिंग केसी नुवाकोट जिल्ला सभापति, स्वास्थ्य राज्यमन्त्री, लोकतन्त्र पश्चात पनि बिभिन्न मन्त्रि पद प्राप्त गर्ने भाग्यमानी हुन् । अर्जुन नरसिंग केसीले आफ्नो बालबच्चाहरुलाई काठमाडौँ राम्रो स्कूल कलेज गराउनुको साथै उच्च शिक्षा गराएर पनि यत्रो बिघ्न अकुत सम्पति विवरणले राजनीति व्यापार कति सम्म लाभदायक हुदो रहेछ त्यसको पुस्टि हुन्छ । अकुत सम्पति जोडेको अभियोगमा अर्जुन नरसिंग केसी माथि अखित्यारले कारवाही प्रारम्भ गरेको थियो तर उनको शक्ति र पहुचको अगाडी घुडा टेक्दै अख्तियारले उनको मिसिल तामेलमा राख्न बाध्य भयो ।

सामान्य आर्थिक अवस्था भएका परराष्ट्रमन्त्री प्रकाश शरण महत र रामशरण महत काठमाण्डौ चोभार स्थित आफ्नो फुफुको घरमा बसेर अध्धयन गरेका हुन् । प्रकाश शरण महतले भारतीय सरकारको छात्रवृत्तिमा उच्च शिक्षा एवं डाक्टरको उपाधि प्राप्त गरेका हुन् । विगतको सरकारमा उर्जामंत्री समेत भै सकेका प्रका शशरण महतको सम्पति विवरणमा देखिएको अकुत सम्पतिको श्रोत के हो त ? पंचायत काल देखि वर्तमानमा समेत पटक पटक मन्त्रि पद प्राप्त गर्ने भाग्यमानी हुन् दिपक बोहरा राजनीति बाहेक कुनै व्यापार नभएको बोहराको सार्वजनिक गिएको सम्पति वैधानिक कि अवैधानिक नेपालको राजस्व बिभागको ध्यानाकर्षण हुने कि नहुने त्यो हेर्न बाकी छ । सुदुर पश्चिमका पर्यटन मन्त्रि जीवन बहादुर शाहीको सम्पति विवरणले पनि अचम्भित बनाएको छ ।

राष्ट्रियता माथि प्रश्न उत्पन्न गर्ने मन्त्रि- प्रचण्ड मन्त्रीमंडलका प्रवक्ता संचारमन्त्री सुरेन्द्र कार्कीको सम्पति विवरणमा अकुत सम्पति नदेखिएता पनि दार्जिलिंग र सिक्किममा घर उल्लेख भएकोले सुरेन्द्र कार्की भारतको नागरिक कि नेपाल भन्ने गम्भीर प्रश्न उठेको छ ? विवादित नागरिकता भएका संचारमन्त्री सुरेन्द्र कार्कीलाई सरकारको प्रवक्ता जस्तो पदबाट खारेज गर्दै नागरिकताको विषयमा तत्काल छानबिन अत्यन्त जरुरि छ । राष्ट्रियताको सम्बन्धमा गम्भीर बहस चली रहेको बेला संचारमन्त्री सुरेन्द्र कार्कीको विवादित नागरिकता जस्तो संवेदनशील मुद्दामा सरकारको ध्यानकर्षण हुने कि नहुने ?

नेताहरुको सम्पति विरवरणले जनता द्वारा विश्वाश गरिएका नेताहरुको चरित्र उजागर भएको छ । जनताले माया गरेर विश्वाशका साथ आफ्नो अमुल्य मत दिएर राष्ट्र हाक्न पठाएका नेताहरु जनताको कसौटीमा कति खरो उत्रेका रहेछन छरपस्ट भएको छ । नेपाली जनताले जब सम्म राष्ट्र भक्त नेता लाई मत दिएर अगाडी बढाउदैनन र छ्द्म्वेशी अनुहार भएका नेताहरुको चंगुलमा फसी रहन्छन तब सम्म न त राष्ट्रले विकाश पाउछ न त जनताले चैनको सांस फेर्न पाउछन ।

Last Updated on Thursday, 15 December 2016 14:53

Hits: 696

कुशल व्यवस्थापन तथा राष्ट्र प्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग !

अमरदीप मोक्तान



दोलखा, मंसिर २ - 
नेपालमा आजभोली धेरै चर्चा र जनता को स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरण का प्रमुख कुलमान घिसिङ्ग । कुलमान नेपाली जनता बीच एक चमत्कारिक व्यक्तित्व को रुपमा देखिनु भएको छ, अपार जलश्रोत को धनि राष्ट्र नेपालमा  लोडसेडिंगको प्रहारले त्रस्त भएका जनतामा एक आशाको किरणको रुपमा कुलमानको उदय भएको छ । कुलमान घिसिङ्गको दक्षता, अनुभव र राष्ट्र प्रतिको इमान्दारीले के देखियो भने नेपालको बेहाल सहि व्यक्ति  सहि स्थानमा नपुग्नु नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ । नेपालमा जुन दिन सहि व्यक्ति  लाइ उचित सम्मानका साथ स्थान दिने परम्परा को निर्माण हुन्छ त्यो दिन देखि नेपाल स्वर्णिम युगमा प्रवेश गर्ने अवस्यम्भावी छ ।

पूर्ण रुपमा नभए पनि आज भारतले जुन उचाई प्राप्त गरेको छ त्यसमा सहि व्यक्ति लाइ उचित स्थान दिने परम्परा को कारण सम्भव भएको हो | स्मरण रहोस भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई रिजर्व बैंकको गवर्नरबाट अवकाश पश्चात वहाको कार्यकुशलताको मुल्यांकन गर्दै  तत्कालिन प्रधानमन्त्री राजिव गान्धी ले गैर राजनैतिज्ञ मनमोहन सिंह लाई भारतको अर्थतन्त्र सुधारका निमित्त टपक्क टिपेर अर्थमन्त्री बनाएका थिए | आज भारतको अर्थतन्त्र मा जे जस्तो  बढोत्तरी र बदलाव देखिएको छ त्यसको  शुरुवात गर्ने श्रेयका हकदार  मनमोहन सिंह द्वारा अवलम्बन गरिएको आर्थिक नीतिका कारणनै सम्भव भएको हो ।

कुशल व्यवस्थापनका कारण लोकप्रिय एवं जनताका आँखाका तारा बनेका कुलमान घिसिङ्गको एक समय यस्तो पनि थियो राम्रा भन्दा पनि हाम्राको परम्पराले गर्दा कुलमान घिसिङ्ग जस्ता होनहार व्यक्ति लाई अपमान सहनु को साथै अवमुल्यन गर्दै तत्कालिन एमाले कोटामा उर्जामन्त्री पद प्राप्त गर्न सफल राधा ज्ञावालीद्वारा ठाडो हस्तक्षेप गर्दै चिलीमे जलविद्युत् आयोजना संचालक प्रमुखबाट कुलमान घिसिङ्गलाई हटाउने निर्णय गरेकी थिइन् । ज्ञात रहोस् खिलराज मंत्रिमण्डलका उर्जामन्त्री उमाकान्त झाले पनि घिसिङ्गलाई हटाउने निर्णय गरेका थिए तर त्यसको चौतर्फी विरोधका कारण हटाउने निर्णय फिर्ता लिन परेको थियो । चिलीमे जलविद्युत् आयोजनामा नियुक्ति पश्चात् घिसिङ्गले निस्कृय अवस्थामा रहेको उक्त आयोजना लाई गतिशिल बनाउदै शेयर विषयमा रसुवाबासी सँग रहेको विवाद समाधान गरेका कारण बजारमा चिलीमेको शेयरको मूल्य उच्चतामा पुगेको छ । चिलीमेको शेयर मूल्यलाई उच्च सम्म पुर्याउने श्रेयका हकदार कुलमान घिसिङ्ग नै हुन् ।

घिसिङ्गले प्राविधिक कार्यक्षमता तथा इमान्दारी पुर्वक सुशासन प्रस्तुत गरेका कारण चिलीमे आयोजनाले अन्तर्राष्ट्रिय प्रमाण चिन्ह तथा लेखा परिक्षण अवार्ड प्राप्त गर्न सफल भएको छ । चिलीमे जलविद्युत् आयोजना बाट घिसिङ्गलाई हटाउने निर्णय प्रति प्राधिकरणमा कृयाशिल रहेका पाँच ट्रेड युनियनले तात्कालिन एम.डी. रामचन्द्र पाण्डेलाई भेटी घिसिङ्गको पदावधि थप्न आग्रह गरेका थिए भने कम्पनी संचालक तुलसीराम ढकालले उत्कृष्ट कार्य गर्ने घिसिङ्गको पदावधि नथप्नु दुर्भाग्यपूर्ण भएको अभिव्यक्ति दिएका थिए  ।

 घिसिङ्गले चिलीमे संचालक समितिमा उनको पदावधि थप गर्न एजेन्डा समेत पठाएका थिए तर निर्वाचित ४ सदस्य सहित बहुसंख्यक सदस्य घिसिङ्गको पक्षमा भएतापनि पदावधि थप्ने विषय बैठकमा नराखी ४ बर्षे कार्यकाल पूरा भएको बहानामा घिसिङ्गलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो  । सन् २००३ मा सम्पन्न २२ मेगावाटको चिलीमे जलविद्युत् आयोजना ८ वर्ष सम्म कुनै प्रगति हुन नसक्दा चिलीमे जलविद्युत् कम्पनीको संचालकको रुपमा प्राधिकरणले घिसिङ्गलाई पठाएका थिए । उत्कृस्ट कार्य गर्दा समेत उर्जामन्त्री राधा ज्ञावालीले कुलमान घिसिङ्गलाइ पुरस्कृत गर्नुको सट्टा कुलमान घिसिङ्ग प्रति कठोर निर्णय किन गरेका हुन् बारे भन्नु पर्दा नेपालमा आएको परिवर्तनलाइ अंगिकार नगर्नु एवं कानुनी राज्यको उपहास गर्ने परम्पराको साथै जस्तो सुकै सिद्धान्तका कुरा गरिएता पनि पुरातन मानसिकताको धंगधंगी यथावत कायम रहनुनै मुख्य हो ।


नेपाल विकाशको गतिमा द्रुत गतिले हिड्न नसक्नुको कारकतत्व कुशल व्यवस्थापन एवं इमान्दारीको अभावलेनै रहेछ भन्ने कुरा को ज्वलन्त उदाहरण  हुन् कुलमान घिशिंग | कुलमान घिशिंग त् एक प्रतिक मात्र हुन् यदि नेपालको राजनीति देखि राष्ट्रलाई विकाश गर्ने कानुनि राज्यको स्थापना गर्न सक्ने महत्वपूर्ण निकायमा कुलमान जस्तै होनहार राष्ट्र भक्तहरुलाई छानी छानी पदस्थापन गर्न सकिए नेपाल विकाशशील राष्ट्रमा सुचिकृत हुन् सक्ने अवस्यम्भावी छ तर दुर्भाग्य राज्यको बागडोर सम्हालेर बसेका नेताहरु राष्ट्र भन्दा पार्टी ठुलो भन्ने मानसिकता बाट उठ्न नसक्नुको कारण नेपाल गरिब एवं निरिह राष्ट्रमा परिणत भएको छ ।

नेपाल सानो देश भएता पनि कुनै कोण बाट गरिब एवं निरिह छैन नेपाल गरिब एवं निरिह हुनुमा राज्य हाक्ने नेताहरुको दरिद्र मानसिकतानै प्रमुख कारण हो | इमान्दार र बहादुर नामले  विश्व प्रसिद्धि प्राप्त गरेका नेपाली जनता इश्वर प्रदत सम्पूर्ण कुरोले परिपूर्ण भएर पनि कहिले सम्म निरिह एवं कम्जोर भएर बस्ने ? नेपालका  असफल तथा अदुरदर्शी नेताहरुले  नेपाल राष्ट्लाई कहिले पनि सबल बनाउन सक्दैनन् भन्ने कुरा क्रमसः प्रमाणित भएको छ ।

नेपाल लाई समृद्ध एवं शक्तिशाली राष्ट्र बनाउन राष्ट्रभक्त नेपाली जनताले दरिद्र एवं दास मानसिकता बोकेका नेताहरुलाई बहिस्कृत गरि राष्ट्रभक्त द्रिड इक्षाशक्ति युक्त इमान्दार दुरदर्शी व्यक्तित्वहरुलाई उचित सम्मानका साथ उचित स्थानमा पदस्थापन गर्नु पर्ने वर्तमान समयको माग प्रति केन्द्रित हुन् अत्यन्त जरुरि छ ।

Last Updated on Friday, 18 November 2016 07:31

Hits: 1597

प्रदेश ५ को फेरबदल नै किन ?

अमरदीप मोक्तान

अन्ततः प्रधानमन्त्री प्रचण्डले सदबुद्धि प्रकट गर्दै कांग्रेस र मधेसी मोर्चाको स्पस्ट धारणा नआए सम्म संविधान संसोधन प्रस्ताव हालको लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्रि प्रचण्डले संसोधनका निम्ति तयार पारेको खाकामा पाँच नम्बर प्रदेशका पाल्पा, अर्घाखाची, गुल्मी, रुकुमको पूर्वी भाग रोल्पा र प्युठानलाई प्रदेश ४ मा राख्ने । सबै प्रदेशबाट ५ जना सुनिस्चित हुने गरि राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने बाँकी तिन जना जनसंख्याको आधारमा ।
वैवाहिक अंगिकृतलाई कुन पद सम्मका लागि चयन गर्न सकिने । भाषा आयोगको सिफारिश अनुशार सरकारले निर्णय गर्ने र त्यस्तो निर्णय अनुसूचीमा राख्ने गरि संसोधन गरिने । भाषा, वैवाहिक अंगिकृत, राष्ट्रिय सभामा प्रतिनिधित्व बारे संबिधानमा संसोधनको मात्र प्रस्ताव आएको भए सम्भवतः नरम गरम रुपमा संबिधान संसोधन प्रस्ताव सफल हुने थियो तर प्रचण्डले किन र के का लागि  बाह्र हजार वोल्टको करेन्ट बनि सकेको सिमांकन मुद्दामा हात हाल्ने प्रयास गरे बुझ्न सकिएन तर भविस्यमा प्रचण्ड अथवा कसैलेले सिमांकन मुद्दामा हात हाल्ने प्रयास गरे त्यसले गम्भीर दुष्परिणाम निम्तन सक्ने अवस्यम्भावी छ र त्यसको संकेत पनि देखिन थालेको छ । 

वर्तमान प्रदेशको सिमांकनको बारे भन्नु पर्दा बहुसंख्यक नेपाली जनताले सिमांकन स्वीकार गरेको अवस्था हुदा हुदै प्रचण्डले किन प्रदेश ५ को पहाडी भूभाग लाई बलि चढाउन  ब्यग्र देखिएका हुन् । प्रदेश ५ को जुन भूगोललाई तराईबाट अलग्याउने प्रकारले संसोधन प्रस्ताव तैयार गरिएको छ त्यो भूभागका जिल्ला मगर बाहुल्यमा पर्दछ के वास्तवमा प्रचण्डले मगर कल्याणका लागि संशोधन प्रस्तावमा उक्त क्षेत्र प्रस्तावित गरेका हुन् कि जनयुद्धमा जुन प्रकारले मगर समुदाय लाई मुर्ख बनाएर प्रधानमन्त्री पद प्राप्त गर्न सफल भए के पुनः त्यस्तै गर्न चाहेका हुन् त ?

प्रचण्डले  जनयुद्धको लागि मगर क्षेत्र नै चयन गर्नु तथा ५ नम्बर प्रदेशबाट पहाडी मगर बाहुल्य रहेको जिल्ला नै चयन गर्नु पछाडीको मगर उत्थान लागि कि मगर पतनका लागि हो ? प्रदेश ५ को जनसंख्या बनावट हेर्ने हो भने मगर सबै भन्दा बढी त्यस पश्चात थारु समुदाय पर्दछन, थारु र मगर आदिवासी समुदायलाई सिमांकनको नाममा अलग गर्नु राष्ट्र हितका लागि हो कि ५ नम्बर प्रदेशमा पर्ने भगवान बुद्धको जन्स्थल लुम्बिनीमा भविष्यमा हुन सक्ने बृहत विकाशको लाभबाट वन्चित गर्न मगर समुदायको चयन गरिएको हो । प्रदेश १ मा राई, लिम्बु लगाएतका समुदाय, प्रदेश ३ मा तामांग, नेवार लगाएतका समुदाय त्यस्तै गरि प्रदेश ४ मा गुरुङ, मगर लगाएत अन्य समुदाय मिलेर बस्नु सक्ने तर प्रदेश ५ मा मगर तथा थारु समुदाय मिलेर किन बस्नु नसक्ने ? प्रधानमन्त्री प्रचण्डलाई ५ नम्बर प्रदेशका जनप्रतिनिधि त्यहाँका जनसमुदायले सिमांकनमा फेरबदल गर्न सर्वसम्मतिले  स्वीकृति प्रदान गरेको छ भनौ भने अलग गर्न तोकिएको प्रस्तावित जिल्लामा काँग्रेस एमाले लगाएत माओवादीको उद्गमस्थल रोल्पा, रुकुममा प्रस्तावित सिमाङ्कनको घोर विरोध भई रहेको समाचार दिनौ दिन आई रहेको छ ।

प्रचण्डले प्रधान मन्त्रिको पद प्राप्ति तथा भारतको राजकीय भ्रमण पश्चात यदि ध्यानपूर्वक हेर्ने हो भने प्रचण्डमा धेरै बदलाव आएको स्पस्ट हुन्छ । प्रचण्ड एकहोरो भएका छन् जसरि भएपनि संबिधान संसोधन गर्न ब्यग्र देखिन्छन । भाषा, अंगिकृत नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वको साथै प्रचण्डले सिमांकनमा फेरबदलको खाका तैयार गर्दा विगतको अमानवीय नाकाबन्दीको स्मरण गरेर पनि सिख लिनु पर्ने थियो तर त्यस्तो देखिएन समग्रमा भन्नु पर्दा प्रदेश ५ को सिमांकन फेरबदल गर्ने नियतमा भयानक  खोट देखिन्छ । मधेशवादी दलले प्रदेश २ अन्तर्गत पर्ने बारा देखि सप्तरी सम्म उग्र आन्दोलन गर्दा समेत चितवन देखि बर्दिया सम्म त्यसको प्रभाव देखिएको थिएन तर जुन प्रकारले प्रदेश ५ को सिमांकन प्रस्ताव गरिएको छ त्यसले भविष्यमा प्रदेश २  र ५  अशान्त भए, आन्दोलित भए अथवा नाकाबन्दीमा उतारु भए नेपाल ठप्प हुन कुनै शक्तिले रोक्न सक्दैन ।

प्रदेश सिमांकनमा ध्यान दिन पर्ने कुरा के हो भने कुनै पनि प्रदेश भारत अथवा चीन नाका बाट वन्चित हुनु हुदैन किन भने प्रदेशहरुले आफ्नो क्षेत्रको विकाश गर्न हेतु भारत तथा चीन सिमाना आवागमनमा हुने निषेध अथवा व्यवधानले त्यो प्रदेशको अर्थव्यवस्था तथा विकाशमा ठुलो असर पार्छ ।

वास्तवमा भन्नेहो भने कांग्रेस एमाले माओवादी एकजुट भएर चुनाव गराउने प्रति केन्द्रित हुनु पर्ने थियो तर संशोधनमा अल्झिएर राष्ट्र लाई धराप पार्न किन लागेका हुन् । यदि यस्तै क्रियाकलाप हो भने नेपाल कहिले पनि अशान्तिबाट मुक्त हुन सक्दैन, विश्वमा कहिँ पनि संबिधान सर्वसम्मत भएको छैन केहि न बिमति रहेको नै छ तर यसो भन्दैमा संबिधान कार्यानवयन नै न गर्ने त ? संबिधान संसोधनमा अल्झिएर समयलाइ खेरो फाल्ने तथा संबिधान लाइ असफल बनाउने कि चुनाव गराउने तर्फ केन्द्रित भएर संबिधानलाइ सफल बनाउने प्रयाश गर्ने । आखिर कहिले सम्म नेपाललाई अनिर्णयको बन्दि बनाएर राख्ने, संबिधान संसोधनको माग गर्ने मधेसवादी दलहरु उनीहरुले भने जस्तै भए मात्र सहमतिमा आउनेछन र उनीहरुले भने जस्तो बहुसंख्यक नेपाली जनता मान्ने पक्षमा छैनन् । रह्यो काँग्रेसको कुरा काँग्रेस प्रचण्डको काँध प्रयोग गरेर संसोधनको गोलि चलाउन चाहन्छ । भए पनि ठिक्कै न भए पनि ठिक्कै अर्थात सफल भए यश  लिने असफल भए प्रचण्डको भागमा थोपर्ने ।
रामदेवको योग सिविरमा जुन प्रकारले काँग्रेस, एमाओवदि, एमाले, मधेशवादी दलका नेताहरुले "अनुलोम विलोम" ,"कपाल भाति" प्राणायाम  गर्न लम्पसार भएर एकजुटता देखाए त्यस्तै प्रकारले नेपाल राष्ट्रलाई निकाश दिन संबिधान कार्यावनयनमा एकजुटताका साथ ध्यान केन्द्रित गर्नु अत्यन्त आवस्यक छ ।

Last Updated on Thursday, 01 December 2016 14:41

Hits: 766

Slavery Mentality and mindset of the Nepalese Leaders

By:Hum Sunari/saudi Arab

Kathmandau,Nov 1-The Nepalese people have unpleasantly opposed and objected against the decision of a slavery proclaimed by the Minister Council of the Government of Nepal for a public holiday announced during the formal state visit of the Indian and Chinese presidents to Nepal. 

As formally announced by the Indian Ministry of External Affairs, it is come to know that the Indian President, Pranab Mukherjee is officially being visited to Nepal from 02nd to 04th November 2016. In this case, the official proclamation of the Government of Nepal for the public holiday seems to be however meaningful while three days state visit to Nepal of Indian President has officially been fixed. But, the declaration of the public holiday is a slavery of the Nepalese ruler.

At the same time, the Government of Nepal has officially declared in advance a public holiday on arrival of the Chinese President, Xi Jingping too. But, his official visit to Nepal has not yet been fixed. Later, it is known by the media that the Government of Nepal has immaturely decided in an urge and proposal of the President of Nepal, Bidhya Bhandari. What a dictatorial, nonsense and ridiculous announcement is done?

The people of Nepal do badly claim and severely object to the decision of the Government of Nepal that the announcement of the government of Nepal is a really mentality and mindset of slavery of the Nepalese politicians, which seems true too. It is also ridiculously said that the foreign missions under the government of Nepal such as its Embassies and General Consulates around the world too will be remained closed during the day of the state visit of Indian President to Nepal as claimed by the spokesperson of the Foreign Ministry.

Upon throughout protest of the Nepalese people against the controversial declaration of the government of Nepal, a contradiction in between the secretariat of the Prime Minister’s office and the Foreign Affairs is unfortunately seen, as the public holiday will be applicable in the Kathmandu valley only due to the chaotic traffics during the visit of Indian President, as insisted by the secretariat of the Prime Minister, while spokesperson of the Foreign Affairs informs that the declaration of the public holiday will be affected to the nationwide and its foreign missions around world, as well. 

Whatsoever decision has officially been made by the government of Nepal will be clear during day of the visit of Indian President. But, why the government and its alliance partners do act as slavery mentality and mindset to India?  The act of Nepalese leaders shows and clears that Nepal is not a sovereign country, Nepal is a part of India and we, Nepalese are survived as residents of one of the states under the government of India. 

We, Nepalese people have badly been suffering by the Indian administrations that our lands in the several bordering areas have undesirably been infringed and violated by India. None of leaders of the political parties of Nepal while they are in power can object and protest against the bossing activities of India, why? What does the sovereign country mean, as you Nepalese political leaders have frequently been iterated? 

Does government of India declare public holiday at nationwide of India while its counterparts as you, President and Prime Minister of Nepal do officially visit to India? Have you leaders of Nepal experienced it earlier? Is not your decision what you have officially done a mentality and mindset of the slavery?

Last Updated on Monday, 28 November 2016 15:38

Hits: 5462

Error: No articles to display