A+ A A-

जनगणना २०६८, जनजाती आदिवासी विरुद्ध षड्यन्त्र

धेरै प्रतिक्षा पश्चात अन्ततः जनगणना २०६८ तथ्यांक सार्वजनिक भएको छ । जनगणना तथ्यांकमा आफ्नो जाती, धर्म जनसंख्याको सहि तथ्यांक विवरणको लागि खासगरी जनजाती समुदायले चाडपर्व जस्तै गरी गाँउगाउँ, शहरशहरमा पुगेर जनजाती समुदायमाझ जनचेतनामुलक कार्यक्रम गरेका थिए तर जनगणना पश्चात तथ्यांक आउन धेरै ढिलो गरिदा उत्पन्न भएको शंका आखिर शत प्रतिशत सहि भएको सावित हुन गएको छ । जनगणना तथ्यांकमा जनजाती आदिवासीको धर्म र जनसंख्याको सहि तथ्यांक सार्वजनिक नगरी औपचारीकता मात्र पुर्ण गरी पुनः यस देशका ब्राहमण क्षेत्रीयलाई महत्वपुर्ण शक्तिको रुपमा देखाइएको छ , जो विलकुलै गलत एवं त्रुटिपुर्ण तथ्यांक हो । भ्रमपुर्ण तथ्यांक किन सार्वजनिक गरियो वा भयो भन्ने बारे भन्नु पर्दा नेपालको सत्तामा हाली मुहाली गर्ने चरीत्र बोकेका राजनैतिक नेताको इशारामा जनजाती आदिवासी समुदायको एकजुटता प्रदर्शित आन्दोलन देखि त्रसित भएर भ्रम पुर्ण तथ्यांक सार्वजनिक भएको हो । आदिवासीको जागरणले मनुवादी चरीत्र बोकेकाहरुद्धारा जनजातीको आन्दोलन र जागरणलाई निस्तेज बनाउन भ्रमपुर्ण तथ्यांक सार्वजनिक गरिएको हो । यदि जनगणनाको सहि तथ्यांक सार्वजनिक भइदिएको भए नेपालको राजनितीमा जनजाती आदिवासीको वर्चस्व स्थापित हुने भुइँचालोको पुर्व संकेतका कारण मनुवादिहरुद्धारा आफ्नो जनसख्या शक्ति र धर्म शक्ति ठुलो भएको तथ्यांक सार्वजनिक गरेका छन् । राणा शाह कालमा दलितनै नभएको देशमा गलत प्रवृतिका ब्राहमणलाई मृत्युदण्ड दिदा ब्रह्महत्या लाग्ने भयले हुकुमी शैलीमा कामी, दमाई बनाइयो त्यस्तै सुरवीर लडाकु खस मगर गुरुङ्ग लगायतका जनजातीलाई तागा लगाई क्षेत्री उपाधी दिएर जनजाती संख्यालाई कम गर्न र आफ्नो शक्तिलाई मजबुत गर्न हेतु गरेजस्तै जनगणना ०६८ को तथ्यांकमा हिन्दु ८१% र बौद्ध ९% देखाइएको प्रति जनजाती आदिवासी र बौद्ध धर्मावलम्बी आक्रोशीत बनेका छन् । जनगणना तथ्यांकमा जनजाती आदिवासीलाई पाखा लगाउन तथ्यांक विवरण कसरी संकलन गरीयो भन्ने बारे भन्नु पर्दा नेपालको मुटु काठमाण्डौ स्थित रामकोट गा.वि.स को डाडागाँउ टोलमा लगभग दुइ तीन सय तामाङ्ग  समुदाय बसोबास गर्छन् l त्यहाँका तामाङ्ग समुदायले जनगणना तथ्यांक संकलक आएकोनै देखेनन् यस्तै प्रकारको घटना नेपालको खास गरी जनजाती आदिवासी बसोबास गर्ने क्षेत्रमा भएको देखियो l तसर्थ समग्रमा भन्नुपर्दा जनगणना ०६८ को तथ्यांक मिथ्या र भ्रमको थात्रो पोको मात्रै हो ?
 जनगणना ०६८ को तथ्यांक हिन्दुधर्म, ब्राहमण, क्षेत्रीलाई मात्र स्थापित गराउन खोजेको झुट र भ्रमको दस्ताबेज भन्नका लागि केहि आधारहरु छन् । जाती/धर्म – नेपालमा हिन्दु र बौद्ध धर्मावलम्बी नेपालको पचहत्तरै जिल्लामा घना रुपमा बसोबास गरीएको पाइन्छ । नेपालमा हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बी जातीगत आधारमा सजिलै छुट्याउन सकिन्छ , आदिवासी जनजातीको प्रतिशत मध्ये धेरै जस्तो गैह्र हिन्दु धर्मावलम्बी छन् । जनजाती आदिवासीको जनसंख्या ३८ % र मुसलमानको जनसंख्या ४.४% लाई जोड्दा ४२ % जनसंख्या देखिन्छ , ३८ % मध्ये यदि जनजाती आदिवासीहरुबाटनै इसाई धर्ममा परीणत भई १.४ % गएको हो भने पनि जनजाती आदिवासी ३६% भएको देखिन्छ । ३६% मध्ये ९% बौद्ध, ३% प्रकृतिपुजक बाहेकका जनजाती आदिवासी हिन्दु धर्मावलम्बी भएको तथ्यांक आफैमा आधारहिन कपोल कल्पित हो । यसपालीको जनगणनामा विगतमा हिन्दु धर्मावलम्बी भनी लेखिएका जनजाती आदिवासी मगर, नेवार, थारु समुदायका धेरै जसोले धर्मको महलमा बौद्ध धर्म लेखेका छन् र तराईका दलित अंबेदकर पंथी समुदायले धर्मको महलमा बौद्ध धर्म लेखाएको कुरा सार्वजनिक भएको छ । जनगणना तथ्यांकले तमाङ्ग ५.८%, गुरुङ्ग ३% लगायत हिमाली जातीको जनसंख्याको पुरानै तथ्यांकबाट इसाई धर्मावलम्बीको १.४ % घटाएर बौद्ध धर्मावलम्बीलाई ११% बाट ९% मा झारेको भ्रामक तथ्य सार्वजनिक गरीएको छ । यसपालीको जनगणनामा बौद्ध धर्मावलम्बीको २० देखि २५ प्रतिशत जनसंख्याको तथ्याँक आउने अनुमान गरीएको थियो ।
प्रथम र दोस्रो विश्वयुद्धमा राणाहरु द्धारा जनजाती आदिवासीहरुका होनहार युवा सपुतलाई युद्धमा होम्याएर तथा मगर, गुरुङ्ग, खस जनजातीहरुलाई तागा लगाई ठकुरी बनाएर जनजाती जनसंख्याको न्युनीकरण गरी राज्यशक्तिमा आफ्नो पकड गर्न खोजेको जस्तै जनगणना २०६८ को तथ्यांक त्यहि श्रृखंलाको निरन्तरता हो । जनजाती आदिवासीको एकजुटता, अधिकार स्थापित प्रति गरीएको बुलन्द आवाजलाई निरुत्साहित, निस्तेज एवं कमजोर सावित गर्न गरीएको भयानक षडयन्त्र हो । २०१८ सालको जनगणनामा तमाङ्ग जातीको जनसंख्या पाँच लाख बीस हजार देखिएको छ भने २०६८ सालको जनगणना लगभग ५१ वर्ष पश्चात मात्र ८ देखि ९ लाख को जनसंख्या वृद्धि हास्यास्पद एवं तर्कहिन देखिन्छ । २०६८ को जनगणना तथ्यांकमा जातीय शक्ति अनुरुप कार्य गरीएको पनि देखियो , आर्थिक , शैक्षिक, राजनैतिक क्षेत्रमा नेवार जाती सबल भएको कारण नेवारको जनसंख्याको तथ्यांकमा फेरबदल नगरी सहि तथ्यांक सार्वजनिक गरीएको त्यस्तै मधेसी समुदायलाई मेरुदण्डको रुपमा पछाडि भारत रहेको हुँदा मधेसी समुदायको तथ्यांक पनि सहि आएको छ । जनजाती शक्तिको एकजुटता, प्रर्दशन र जनजाती शक्तिको उदयको कल्पना समेत नगरेका तत्वद्धारा जनजातीको अधिकार स्थापितप्रति गरिएको जुरमुराहटले त्रसित भएको परिणाम स्वरुप ब्राहमण, क्षेत्री जाती र हिन्दु धर्मको बर्चस्व देखाउ पुरानो जनगणनालाईनै केहि फेरबल, थपथाप र नँयापनका साथ सार्वजनिक गरिएको छ । नेपालके राजनैतिक पार्टि, लोक सेवा आयोग , ब्राहमण, क्षेत्री र मधेसी उच्च वर्गलाई नेता बनाउने र निजामती सेवक भर्ती केन्द्र भनिन्थ्यो भन अब चाँहि जनजाती आदिवासीको दृष्टिमा नेपाल तथ्यांक विभाग हिन्दु र हिन्दु धर्म मान्नालाई नेपालमा शक्तिशाली भएको प्रमाण दिने संस्था बन्न पुगेको छ । जनजाती आदिवासीले अब नेपालको कुन संस्था माथि विश्वास गर्ने तर्फ गम्भीर चिन्तन मनन गर्नुपर्ने समय आएको छ । जनजाती आदिवासीले औल्याएको कुरा प्रति नेपाल तथ्यांक विभागद्धारा जनगणनाम त्रुटि र पुर्वाग्रही नभएको कुरा प्रमाणित गर्नका लागि ३८% जनजाती समुदाय मध्येका कुन जातीहरुद्धारा धर्मको महलमा कुन धर्म उल्लेख गरे त्यो विवरण सार्वजनिक गर्न अत्यन्त जरुरी छ । यदि नगरीए जनजाती आदिवासी भित्र उब्जेका शंका सत्य रहेको आधारको पुष्टि हुनेछ । नेपालका राज्य शत्ताले सोच्नु पर्ने बेला आएको छ , अमेरिका, न्युजील्याण्ड, अष्ट्रलीयाका भुमीपुत्रहरु जस्तै यदि नेपालका आदिवासी जनजातीलाई इतिहासका पानाबाट विलिन गरी पाखा लगाउन सोचिएको हो भने त्यो सोच कहिले पनि साकार हुन सक्दैन । सैकडो वर्ष देखि आफ्नो भुमीमा दयम दर्जाको नागरीक भएर बाँच्नुको पीडा कस्तो हुन्छ नेपाली जनजाती आदिवासीको स्थानमा उभ्भिए मात्र थाहा हुनेछ l नेपाली जनजातीका नेपाल बाहेक विश्वमा कहिपनि मुलभुमी विद्यमान छैन, तसर्थ नेपालको भुमीपुत्रलाई निमीट्यान्न पारी इतिहासको पानामा विलिन बनाउने सोचको निरन्तरता भयानक विष्फोटकमा परिणत हुन सक्छ । तसर्थ समयमै विष्फोटलाई न्युनीकरण गर्नुनै नेपाल र नेपालीको कल्याण हो ।
अमरदिप मोक्तान
डाडाखर्क, दोलखा

 

Last Updated on Wednesday, 28 November 2012 09:02

Hits: 1471

नेपाल मगर विद्यार्थी संघको देउसी भैलो कार्यक्रम

– त्रिलोक सिंह थापामगर
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष सुश्री दीपा आलेज्यूबाट प्रस्तुत उत्साह वर्धक समाचार मिति २०६९ मंसिर २ गतेका दिन राज्यसत्ता वेबसाइटमा पढ्न पाइयो । २०६९ सालको तीन दिने देउसी भैलो कार्यक्रममा जम्मा रु. २ लाख २८ हजार ५६ रुपियाँ विद्यार्थीहरूको शैक्षिक स्तरवृद्धि गर्न संकलित भयो । दुई महिना अघि पनि साँस्कृतिक कार्यक्रमबाट २०६९ असोज १२ गते निकै रकम उठेको थाहा पायौँ । नेपाल मगर विद्यार्थी केन्द्रिय समितिको परिश्रम तथा मगर अभिभावकहरूको सहयोग र सदभाव स्वरुप उक्त दुवै कार्यक्रम सफल तथा प्रभावकारी भएको हो । सो को लागि नेपाल मगर विद्यार्थी केन्द्रिय समितिलाई हार्दिक बधाई छ । उक्त संकलित रकमको सदुपयोगका लागि नेपाल मगर विद्यार्थी केन्द्रिय समितिले आफ्नो सोच एंव बिचार निश्चयनै बनाएको हुनु पर्छ । तै पनि मेरो नितान्त व्यक्तिगत विचारमा सो संकलित रकमलाई प्रभावकारी ढंगबाट सदुपयोग गर्न गराउन अल्पकालिन एंव दीर्घकालिन धारणा एंव सोचाई बनाउनु पनि आवश्यक देखिन्छ ।
 विगत २३५ वर्षको इतिहासमा राज्यको विभेदपूर्ण नीति एंव राज्य व्यवस्थाले गर्दा शिक्षाको क्षेत्रमा मगर जनजातिलाई ज्यादै पछाडी पारियो । साधारण शिक्षा प्राप्त गर्न पनि मगर जनजातीलाई निरुत्साहित गरियो । फलस्वरुप मुलुकको कुल जनसंख्यामा ७.१४ प्रतिशत मगर समुदायको जनसंख्या भएता पनि स्नातक तहमा मगरहरू २ प्रतिशत भन्दा पनि कम रहेका अनुमान गरिएको छ ।
 उच्च शिक्षाको कमी एंव राज्य व्यवस्थाको विभेदपूर्ण नीतिले गर्दा वर्तमान समयमा राज्यको प्रशासनिक, न्याय सेवा, शिक्षा, निजामती तथा सरकारी संस्थानहरूमा मगर जातिको पहुँच कम नै  देखिन्छ । प्राविधिक, शीपमूलक, एंव व्यवस्थापन तथा राज्यको नीति निधारर्ण एंव निर्णायक तहमा पनि मगर जनशक्तिको पहुँच शून्य रहेको छ । अतः मगर समाजले मगर समुदायको शैक्षिक सशक्तिकरणमा यथाशक्य लगानी गर्नुपर्ने हुन्छ भने अर्कोतिर मगर विद्यार्थीहरूले शैक्षिक गतिविधिहरूमा अझ बढी शसक्तरुपमा कटिवद्ध हुनुपर्ने देखिन्छ ।
 उपरोक्त परिपे्रक्ष्यमा अनुभवी व्यवसायी, अवकाश प्राप्त कर्मचारी, समाजसेवा तथा शिक्षा प्रेमी मगर अभिभावकहरू तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको पदाधिकारीहरूको संयुक्त प्रयासमा नेपाल मगर छात्रवृत्तिकोषको स्थापना तथा संचालन हुनुपर्ने उपयुक्त हुनेछ । सो कोषको उद्देश्यहरू व्यापक परिधीभित्र राखिनुपर्ने देखिन्छ । (क) जेहनदार एंव प्रतिभाशाली मगर विद्यार्थीहरूलाई उच्च शिक्षा, अनुसन्धनात्मक एंव शोधमूलक अध्ययन संलग्न गराउन छात्रवृत्ति प्रदान गरि प्रोत्साहित गर्नुपर्ने । (ख) राष्ट्र निर्माणका विभिन्न नीति निर्धारण एंव निणार्यक तह सम्म पुग्नलाई राष्ट्रिय स्तरका परिक्षामा सहभागी हुन मगर जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने । (ग) शीप मुलक, आय आर्जन, व्यवस्थापन एंव नेत्रृत्व विकास प्रशिक्षण कार्यक्रमहरूमा मगर विद्यार्थीहरूको सहभागिता अझ बढी गर्न गराउनु पर्ने । (घ) मुख्यतः कोषको उद्देश्य कुशल, योग्य, एंव क्षमतावान मगर जनशक्ति तयार गर्ने हो । सोका लागि अल्पकालीन, दीर्घकालीन, तथा अपरझट आइपर्ने कार्यक्रमको तर्जुमा गर्दै लैजानुपर्ने हुन्छ ।
 उपर्युक्त छात्रवृत्ति कोषको स्थापना भएपछि सो कोषलाई स्थायी, पारदर्शी, विश्वसनीय, भरपर्दो एंव प्रभावकारी बनाउँदै लैजानु पर्ने आजको मुख्य आवश्यकत्ता हो जस्तो लाग्दछ । रकम संकलन गर्नु, कोष स्थापना गर्नु तथा रकम जम्मा गर्नु गराउनु बास्तवमा अत्यन्त कठिन कार्य हो । तर संकलित रकम वा कोषको व्यवस्थापन, संचालन, सदुपयोग, फलदायी एंव उपयुक्त ठाउँमा लगानी गर्न गराउन अझ बढि चुनौतिपूर्ण कार्य हो । कोषलाई पारदर्शी, उत्पादनमूलक, व्यवस्थित रुपबाट संचालन र व्यवस्थापन गर्नु गराउनु अत्यन्त आवश्यक हुन्छ ।
 अतः उपरोक्त बुदाहरूमा अभिभावक एंव नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति पदाधिकारीहरूका बीच निरन्तर विमर्श एंव संवाद संचालन हुनुपर्ने राम्रो होला जस्तो लाग्छ । अभिभावकहरूको व्यक्तिगत तथा सामुहिक धारणाबाट परिचित भैरहनु पर्ने हुन्छ । सो प्रक्रिया नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका वर्तमान पदाधिकारीहरूबाट कार्यान्वयन भै नै राखेको छ । सो क्रमलाई अझ बढी संस्थागत एंव व्यवस्थित गर्न गराउनु आवश्यक छ जस्तो लाग्दछ । नेपाल मगर विद्यार्थी संघको देउसी भैलो कार्यक्रम प्रशासनीय एंव सकारात्मक पाइला हुन् । यसै सन्दर्भमा यसको उपयोगिता, व्यवस्थापन एंव पारदर्शिताको पक्षमा दुवै पक्षबाट अझ बढ़ी चिन्तन मनन गर्नु पर्ने हो की ? धन्यवाद ।

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

Last Updated on Monday, 26 November 2012 08:48

Hits: 893

तिहार पर्वमा देउसीको सन्दर्भ

हरि  घर्ति मगर

"तिहार्" पर्व वली राजा सँग सम्वन्धित भएको र तिहारपर्वमा आज पर्यन्त पनि सर्वत्र देउसी भैलो खेल्ने चलन रही आएकोछ, सो देउसी भैलो खेल्दा भट्ट्याउनेले "वलिराजाको हुकुम हुँदा आएको हामी" जस्ता शब्दोच्चारोण गरिदै आएवाट तिहारपर्व ईतिहासको एउटा निस्चित कालखण्डमा बलिराजाले नै चलाएका थिए भन्ने प्रमाण झल्कन्छ l भैलो देउसरी जस्ता शब्दको नेपाली भाषा र सस्किर्त  भाषामा कुनै खास अर्थ नै  छैन l यि ऐतिहासिक शब्द  मगर भाषामा शब्द उच्चारण भएको भनेर बिभिन्न मगर भाषा विद्द्वानहरुले भैलो र देउसरी फ ए लो बाट भैलो र घे उ स रि बाट देउसरी अपभ्रम्स भएर आएको हो भन्दछन् l यसको मगर भाषामा अर्थ हुन्छ फ ए लो को अर्थ हो लाई बचाय यौ, घे उ स रि को अर्थ ठुलो धर्मात्माको राजालाई बचायौ अर्थात् ठुलो धर्मात्मा वली  राजालाई बचायौ l                                                                                                                                                                                                                                             इतिहासविद् एम एस् थापा मगर अनुसार लिक्षिबी कालिन समयमा बोल्ने बैसाली भाषा र हालको मगर भाषामा धेरै मेल खान्छ l ईतिहासका मर्मोद्घाटन स्पस्ट वक्ताको रुपमा ख्याती प्राप्त प्रो. डा. राजाराम सुवेदी (प्रज्ञा ६५ र १-१३)  ले आफ्नो पुस्तकमा १२ मगरातको केन्द्र पाल्पाको बल्डेङ्गडी थियो जसका संस्थापक वलिहांङ् राजा थिए भँने त्यो राज्यको अन्तिम राजा रनविर रानामगर थिए भन्ने ईतिहासको मर्ममा लुकेको दुर्लव ऐतिहासिक तथ्यहरु रहस्योद्घाटन गर्नु भएकोले र राई, लिम्बु, मगर लगाएतका अधिकाम्स नेपालका आदिवासी जनजातीको भासिक भिन्नत रहे पनि राजालाई "हांङ्" भन्ने गर्छन् भने खस भाषामा राजालाई राजा र संस्कृत भाषामा  राजालाई राजन भनिने तथ्यवाट पनि दिपावली "तिहार्" पर्व नेपालका आदिवासी जनजातीहरुको चाडपर्व थियो भन्ने प्रमाणित हुन्छ l काग, कुकुर र गाईतिहार बलिहांङ् राजासँग र भाईटिकासँग कुनै सरोकार नराख्ने हुँदा तत्काल ब्राम्हण शासकहरुले यो जनजातीको "तिहार" चाडमा घोलिदिएको हो भन्ने नकार्न सकिन्न l हिन्दू धर्मका देविदेवता राम्, कृष्ण, दुर्गा, काली जस्ता अधिकांस देवी देवतालाई हेर्दा हिंसाबाट श्रीजित भएकोले र तिहार कुनै वली दिनेगरी काटमार नहुने हुँदा यो चाड गैर हिन्दुहरुको हो भन्ने सवालमा दुईमत छैन l तथापी विगतमा बाम्हणवादी शासकहरुले हिन्दू धर्मको  चाडपर्व भनेर आम जनसमुदायमा भ्रम श्रीजना गरेको देखिन्छ l स्मरण रहोस् ईतिहासविद् एमएस थापा मगरको प्राचिन मगरहरु र अख्खारीका पुस्तक अनुसार नेपालमा हिन्दू धर्मको विकास १२ औं सताव्दिमा शंकरचार्य नेपालमा प्रवेस भएपछि मात्रै भएको थियो l स्वंयम भारतका प्रसिद्द ईतिहासकार प्रो. भण्डारले दोर्सो सताव्दीदेखि चौथो सताव्दीको अन्त्य सम्म बाम्हणको धर्मलाई दर्साउने कुनै पनि भवन् वा वस्तुकला देखा परेको छैन l हात्तीको जस्तो सुड भएको गणेस देउता ईस्वी सन् सातौ सताव्दी भन्दा अगाडी थिएन l प्राचिन वैदिक धर्म धर्ममा र बाम्हण धर्म हिन्दू धर्ममा परिणत पाचौं सताव्दिमा भएको हो भनेर प्रस्ट भन्नु भएको छ l जवकी बलिहांङ् राजाको तिहार सम्वन्धी किंवदन्ती सताव्दिऔ पुरानो देखिन्छ ।    

(घर्ति मगर अध्यक्ष आदिवासी जनजाति युवा परिषद युएईैका अध्यक्ष हुन)

Last Updated on Sunday, 18 November 2012 05:48

Hits: 902

झापड महिमा अपार

नेपाली राजनितीका शक्तिशाली नेता प्रचण्डले अन्ततः आफ्नै कार्यकर्ता बाग्लुङ्ग निवासी पदम कुँवरको हस्त झापड रुपी आर्शीबाद प्राप्त गर्न सफल भएका छन् । नेपाली राजनितीमा झापड किन आशीर्वाद बन्न पुगेको हो यो बारे भन्नु पर्दा नेपालका चर्चित र ठुलो भनौदा नेताहरुको शुभ लाभ एवं पदोन्नती झापड महिमाको आर्शीवाद साबित भएको छ । झापड महिमारुपी आर्शीवादको शुरुवात नेपाली कांग्रेसका दिग्गज नेता रामचन्द्र पौड्ल माथि दलित गोल्छे शार्कीको बज्रेको थियो फलस्वरुप रामचन्द्र उपप्रधानमन्त्रीसम्म हुन सफल भए । त्यस्तै २०६७ साल माघ ७ गते देवी प्रसादको देवी आर्शीवाद रुपी झापड खानुको पश्चात राजनितीमा झण्डै झण्डै झल्लु भइसकेका झलनाथ खनाल १५ दिन पश्चात नेपालका प्रधानमन्त्री पदमा शौभायामान हुन पुगे । २०६९ असोज १३ गते कपनमा भएको कांग्रेसी चियापान समारोहमा कांग्रेसी कार्यकर्ता बस्नेतद्धारा शुशीलमाथि गरेको कुर्सी प्रहारले वँहाको शुभलाभ हुने सम्भावना क्षीण बन्दै गएको छ, किनभने कांग्रेसी कार्यकर्ता बस्नेतको कुर्सी प्रहार सट्टा चस्मा फुट्ने गरी झापड महिमाको रस्वादन शुशील कोईरालाले प्राप्त गरेको हो भने निश्चित रुपमा शुशील कोइराला नेपालका राष्ट्रपती वा प्रधानमन्त्री बन्ने ठोकुवा गर्न सकिन्थ्यो ?
नेपालको राजनितीमा अद्भुत आश्चय लाग्दो कुरा के छ भने झापड महिमाले सटिक निशाना र जाती पनि हेर्दा रहेछ, दलित गोल्छे शार्कीको झापड महिमाको कारण राम चन्द्रको उपप्रधानमन्त्री पद भन्दा पदोन्नती हुने सम्भावना देखिन्न, ब्रह्मज्ञानी ब्राहमण देवी प्रसादको देवी प्रसाद रुपी झापड महिमाको १५ दिन पश्चात झलनाथ प्रधानमन्त्री बन्नु सफल भएको कुरा संयोग नभई झापड महिमा पनि जातीवादि ग्रसित रहेको प्रमाणित भएको छ । नेपालका शक्तिशाली नेता प्रचण्डको इच्छा नेपालको उच्च राष्ट्रपति पद प्राप्त गर्नु हो । संविधानसभाको चुनाव पश्चात राष्ट्रपती बन्ने इच्छा हुदा हुदै प्रचण्ड भित्ते राष्ट्रपती बन्न पुगेको नेपाली जनता सामु झलझली छ र नेपाली जनताले प्रचण्डको राष्ट्रपती हुने इच्छा बुझेका छन् । संविधानसभाको चुनावमा झापड रुपी आर्शीवाद प्राप्त नभएको कारणले गर्दा जे गर्दा पनि प्रचण्ड आफ्नो लक्ष्यमा सफल हुन सकेनन् । जे होस् ढिलै भए पनि पदम कुँवर अर्थात राणा वंशको होनहार सपुतको झापडको रस्वादनले निश्चित रुपमा प्रचण्डको इच्छा पुर्ण हुने सम्भावनाको ढोका खुलेको छ तसर्थ प्रचण्डले पदम कुँवरलाई धन्यवाद दिनै पर्छ । प्रतीक्षा गरौ अब चाँहि प्रचण्डलाई ३ सरकार जस्तै निरकुंश राष्ट्रपती हुनबाट कसैले रोक्न सक्दैन ।
 झापड महिमाको करिश्मा नेपालको राजनितिमा आर्शीवाद वा वरदानको रुपमा ग्रहण गर्दै गरेको कारणले गर्दा त्यो दिन टाढा छैन जब नेपालका राजनितिमा पदोन्नती र शुभलाभका लागि नेपाली नेता झापड महिमाको प्रतिक्षामा प्रतिक्षारत रहने छन् । मधेसले राष्ट्रपती, उपराष्ट्रपती, उपप्रधानमन्त्री जस्तो उच्च पद प्राप्त गरीसकेका छन् । मात्र बाँकि छ प्रधानमन्त्री बन्न तसर्थ प्रधानमन्त्रीको पदमा मधेसी समुदाय भएको देख्न आंकाक्षा पुर्ण गर्न मधेसका भ्रष्टाचारी अवसरवादि, अराजनितिक नेतालाई मधेसी जनताले कहिले सम्म झापडरुपी आर्शीवादको रस्वादन गराउने हुन् हेर्न बाँकि छ । जे होस् नेपाली झापड महिमा अपरम्पार छ जुन नेताले झापड खायो, त्यसको बेडा पार छ ।
अमरदिप मोक्तान

Last Updated on Sunday, 18 November 2012 03:28

Hits: 959

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर