म पनि आङकाजी शेर्पा हो समात सरकार !
राज्यसत्ता,
आदिवासी जनजाति अगुवा तथा संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पाको रिहाइको माग गर्दै जुलुस प्रदर्शन भइरहेको छ ।
विभिन्न जनजाति संगठन, धार्मिक संघसंस्था र राजनीतिक दलहरुले यतिखेर बबरमहलस्थित काठमाडौं जिल्ला अदालतसामु नाराबाजी गरिरहेका छन् ।
पाँच दिनअघि गिरफ्तार गरिएका शेर्पालाई साइबर अपराधको आरोपमा दोस्रो पटक म्याद थपका लागि आज प्रहरीले अदालत ल्याउन लाग्दा उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
सयौंको संख्यामा रहेका प्रदर्शनकारीले ‘म पनि आङकाजी, मलाई पनि गिरफ्तार गर सरकार’ लेखिएका ब्यानर र प्लेकार्ड भिरेका छन् । उनीहरुले त्यही नारा लगाउँदै आङकाजीको तत्काल ससम्मान रिहाइको माग गरिरहेका छन् ।
बबरमहलको प्रदर्शनलाई साथ दिन यतिखेर हजारौं हजारको संख्यामा विशाल जुलुस भृकुटीमण्डपबाट निस्किसकेको छ । धर्मनिरपेक्षताको पक्षमा आज ११ बजेदेखि आयोजना गरिएको उक्त बृहत् जनप्रदर्शनको अगुवाइ मानवअधिकारवादी अगुवा पद्मरत्न र भिक्षु कौडिण्डहरुले गरिरहेका छन् ।
प्रदर्शनमा जाति, भाषा, धर्मको अधिकारको पक्षमा रहेका मानवअधिकारकर्मी, धार्मिक गुरुहरुसँगै राजनीतिक नेताहरुको पनि सहभागिता रहेको छ ।
आङकाजी शेर्पालाई आज टेकुबाट बबरमहलस्थित काठमाडौं जिल्ला अदालत ल्याइँदैछ भने उनको म्याद थपसम्बन्धी कारबाही २.३० बजेपछि मात्रै अगाडी बढाइने थाहा भएको छ ।
समचार साभार: eसमता