आन्दोलनमा शहादत प्राप्त गरेका पाच जनालाई शहीद घोषणा
बीरगंज १९ भदौ ।
मधेश आन्दोलनको क्रममा राज्य पक्षबाट गोलीको निशाना बनाइएका ५ आन्दोलनकारीको शव यात्रा निकालिएको छ ।
स्थानिय प्रशासनले मारिएका पाचै जनालाई शहिद घोषणा ,घाइतेहरुको उपचार र छतीपुर्तिको सिफारिस गरेपछी आन्दोलनरत पक्ष र म्रितकका आफन्त हरु अन्त्यस्तिका लागि सहमत भएका हुन । भदौ १४ गते प्रहरीको गोलीबाट मारिएका दिलिप चौरसिया, भदौ १५ गते कर्फयु उल्लंघन गरेको कसुरमा प्रहरीकोे गोलिबाट मारिएका धर्मराज सिंह राजपुत, सोहन गुप्ता, दीनानाथ साह गोढ र भोला साहको शव अहिले नाउक्षे अस्पतालको शव गृहबाट शवयात्रा गरि नगर र गाउको परिक्रमापछि अन्त्येष्टी गरिने छ ।
हजारौको संख्यामा मानिसहरु एकितृत भएर मधेश आन्दोलनको क्रममा बीरगंजमा मारिएका पाचजनालाई विदाई गरेका थिए । शवयात्रामा स्थानिय मधेशवादी दलका नेता, कार्यकर्ता, उद्योगी व्यापारी, किसान, मजदुर, महिला, मानवअधिकारवादी, संचारकर्मिहरुको सहभागिता थियो ।
शवयात्रा अस्पतालबाट निकालिएपछि सडक, फुटपाथ, छत आदिबाट स्थानियमानिसले सहभागि भएर आन्दोलनका शहिदहरुलाई अन्तिम विदाई गरेका थिए । शवयात्रा मेनरोड भएर घण्टाघर, बसपार्क, नगवा हुदै नौतन पुगेर त्याहाबाट नहरको बाटो मनियारी जाने र त्यहाबाट तिलावे नदिमा पुगेर सामुहिक अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टीको लागि आज बीरगंजमा लगाइएको कर्फयु विहान ९ बजेदेखी तीनघण्टाको लागि हटाइएपनि शवयात्रा सवा ्एघारबजे निस्किएकोले कर्र्फयु आदेश बढाइने अनुमान छ । आन्दोलनमा अनुगमनका लागि आएको मानवअघिकारवादीले कर्फयु खुकुलो पार्न आज सुझाव दिएका छन ।
बिरगंज पाटी डट कम,
तस्विर :-विक्रन्त नेपाल