गजलकार सम्मानित

Read Time:2 Minute, 32 Second

मनोज घर्तीमगर 

गजल प्रतिभा पुरस्कारबाट जनार्दन दाहाल र गजल प्रतिभा सम्मानबाट ललिजन रावल सम्मानित भएका छन् ।

गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्ने पुरस्कार यस पटक दाहाललाई र सम्मान रावललाई प्रदान गरेको हो । सम्मानित गजलकार रावलले पुरस्कृत गजलकार दाहाललाई पुरस्कार हस्तान्तरण गरे । झापामा जन्मेर डेढ दशकदेखि तनहुँमा रही नेपाली गजलको विकास र लेखनमा योगदान पुर्याएको भन्दै दाहाललाई पुरस्कार प्रदान गरिएको हो । नेपाली गजलको पुनर्जागरण कालका एक अभियन्ताका रुपमा स्थापित गजलकार रावल पुनर्जागरण कालको पहिलो गजलसङ्ग्रह ‘केही गीत, केही गजल’ प्रकाशन गर्ने गजलकार समेत हुन् ।

उनका ‘विरानो यो ठाउँमा’, ‘सिरानीमा आँसु’, ‘एउटा बन्द खाम’लगायत गजलसङ्ग्रह तथा ‘यस पटक पनि’ कवितासङ्ग्रह प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार, लोकेन्द्र साहित्य पुरस्कार लगायतबाट सम्मानित अछामका गजलकार रावल हाल रेडियो नेपालमा कार्यरत हन् ।  

पश्चिमाञ्चलबाट नेपाली गजलमा पुर्याएको योगदानको कदर गर्दै प्रत्येक बर्ष प्रतिभा पुरस्कार र नेपाली गजलको विकासमा महत्वपूर्ण योगदान पुर्याएका मध्यबाट प्रतिभा सम्मान प्रदान गरिँदै आएको सन्ध्याका सल्लाहकार तथा श्रष्टा छनोट समिति संयोजक दीपक समिपले जानकारी दिए । सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार शेषमणी आचार्य, आनन्द श्रेष्ठ, मन क्षेत्री, लक्ष्मण थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उपाध्यक्ष अमृत सुवेदीले स्वागत र सहसचिव मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा १० जनालाई आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %