शेर्पालाइ बिनाकारण पुलिसले समातेको आपत्तिमा महासंघ वेलायतको – प्रेस बिज्ञप्ति

 मिति: ०२ सेप्तेम्बेर सन् २०१५ ,वेलायत

नेपाल आदिबासी जनजाति महासंघका पूर्व महासचिब तथा आदिबासी आन्दोलनका अगुवा नेता आङ काजी शेर्पा ( किसन ) लाई  हिजो अर्थात् मिति: २०७२ भद्र १६ गतेका दिन, शेर्पा समुदायको मिटिंग सम्पन्न गरि घर फर्कने क्रममा बौद्द बाट सादा पोसाकमा रहेका केहि समुहले प्रहरी हौ हामी पनि नभनी बिना पुर्जी, बिना सूचना माथिल्लो लेवलको आदेशमा भन्दै एउटा किडन्याप सैलिमा पक्राउ गर्नु नै मानब अधिकार बिरुद्द भएको  बन्धक बनाउने कार्य आफैमा घोर आपति जनक रहेकोमा नेपाल सरकारको यस्तो तानासाही निरंकुश कार्य प्रति नेपाल आदिबासी जनजाति महासंघ बेलायत घोर भत्सर्ना गर्दछौ ! उहालाई ससम्मान पुर्बक बिना सर्त तुरुन्त रिहाई गरियोस, !

यसरि आदिबासी र आदिबासी नेताहरु माथी अमानवीय ब्यबार बाट भोलिका दिनमा नेपालका नालायक सरकारको बिरुद्दमा उत्पन्न हुने खतराको जिम्मेवारी नेपाल सरकार स्वयम् नै हुनेछ, भन्ने समेत जानकारी गराउन चाहन्छौ !
            

श्री तुल छन्त्याल / श्री कमान सिङ्ग (कर्मा पहाडी)शेर्पा
 अध्यक्ष  /  महासचिब                                  
 ने.आ.ज.महासंघ वेलायत                
  नेफिन