धर्म निरपेक्षतामा सबै धर्मको सम्मान हुन्छ

Read Time:4 Minute, 3 Second

-फार बुध्दराखितो

आजभोली नेपालमा नयाँ संबिधान निर्माण गर्ने चर्चाको साथै धर्म निरपेक्षता विषयमा पनि चर्चा चलिरहेको छ ।


धर्म निरपेक्षताको चर्चा चलाइनु भन्दा पहिला यस शब्दको अर्थ के हो, एकपटक विचार गरौ । धर्म निरपेक्षताको अर्थ नै सबै धर्मलाई समान मान्यता दिनु हो । यसको अर्थ धर्म मान्नु पर्दैन र धर्म चाहिदैन भनेको कदापी होइन ।

आजभोली यस शब्दको अर्थ नै नबुझी अर्थको अनर्थ लगाउदै बेकारको बाद विवाद भइरहेको देखिन्छ । जुन देशमा सबै धर्मलाई समान रुपले मान्यता दिई समान व्यवहार गरिन्छ उक्त देशमा धर्म निरपेक्षताको स्थिति सिर्जना हुन्छ ।

नेपालमा पहिलाको संबिधानले पनि धर्मनिरपेक्षतालाई उल्लेख गरिएको थियो । तर यसलाई ठिक तरिकाले व्यवहारमा उतार्न सकेको भने देखिएन । किनभने धर्मलाई समान मान्यता दिनुपर्ने राज्यले र संचार माध्यमहरुले शिवरात्री पर्वलाई जस्तै बुद्धपुर्णिमा महोत्सवलाई त्यति फुक्का मनले मान्यता दिएको देखिदैन ।

अझ अहिलेको नयाँ संबिधानले धर्म निरपेक्षतालाई नै झिक्ने हो भने यसले अशान्ति र धार्मिक कलहलाइ निम्त्याउन खोजिरहेको देखिन्छ ।

हिन्दुहरुको बहुमत भएको हिन्दुस्तान भारतमा पनि त्यहाको संबिधानले धर्म निरपेक्षतालाई स्थान दिएको पाइन्छ । तत्कालिन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको महान व्यक्तित्व एवं डा.भिम राव अम्बेडकरको विद्धता र महान चमत्कार पूर्ण कुशलता र महिमाको फल हो यो । धर्म निरपेक्षता मात्र होइन भारतको राष्ट्रिय झण्डामा समेत धर्मचक्र एवं राष्ट्रको नोट र मुद्रामा समेत अशोक स्तम्भ उल्लेख गरिएको पाइन्छ । यसले भारत भगवान बुद्धको कर्मभूमि भएको जनाइएको छ । हिन्दुस्तान मुसलमानहरु ६ करोड छ्न । पण्डित जवाहरल नेहरुले आफ्नो विद्धताको प्रभाव प्रयोग गरि मुसलमानहरुको चित बुझाइ धार्मिक कलह कम गराउन सफल हुनुभयो । भारतको वर्तमान सरकार पनि कट्टर हिन्दुवादी जनातापार्टी भएता पनि उनीहरुले संबिधानमा धर्मनिरपेक्षतालाई कायम गरेरै छाडे । यसकार्यले भारतमा धर्म युद्ध र अशान्तिलाइ हटाउन टेवा पुगिरहेको छ ।

नेपालमा हाल नयाँ संबिधानमा धर्मनिरपेक्षतालाई हटाउने जुन चलखेल चलिरहेको छ यसले खतरा पूर्ण स्थिति निम्त्याउन खोजिरहेको छ । त्यसलाई यथासिघ्र बुद्धि पुर्याई नेपाललाई खतराबाट जोगाउन धर्म निरपेक्षतालाइ कायम गरोस् । धर्मकिर्तीको यहि कामना रहेको छ ।

अन्त्यमा फेरी सम्झौ धर्मनिरपेक्षताको अर्थ सबै धर्मलाई समान रुपले मान्यता दिनु हो । हिन्दुहरुको बहुमत भएको हिन्दुस्थान भारतमा नै धर्मनिरपेक्षता कायम रहेको सत्य तथ्यलाई हामीले नबिर्सौ ।

साभार:धर्मकिर्ति मासिक बुद्ध सम्बत् २५५९ गुंपुन्हि वर्ष – ३३. अंक -४

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %