३० जनवरी २०११, बेलायत ,
आदीवासी जनजाति महासङ्घ बेलायतले अल्दोर्सट स्थित भेटघाट रेस्टुराँमा महासङ्घका पदाधिकारी ,बिभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरु ,बुद्दिजिवीहरु लगायतको उपस्थितिमा महासंघको भावी कार्यनिती रणनिती लगायतका मुलभूत उदेश्यहरु माथि छलफल गरि अझ ससक्त ढंगले अगाडि बढ्ने निर्णय गरेकोछ पर्ने ।
महाससंघलाई कसरी तदारुकताका साथ अगाडी बढाई लक्ष्य हासिल गर्ने र बेलायतमा रहेका बिभिन्न जातिय संघ संस्थाहरुलाई समायोजन गरि सबैको सक्रिय सहभागिताको लागि पहल गर्ने,नेपालका आदिवासी जनजाति हरुको हक अधिकारको सुनिस्चितताको उद्देश्य प्रप्तीको लागि अगाडि बढ्ने कुरामा केन्द्रित थियो । बेलायातमा हुन गैरहेको जनगणनामा नेपाली हरुको एथ्निक माइनोरिटिजमा पहिचान स्थापित गर्ने ,नेपाली भाषलाई मुख्य भाषा उल्लेख गर्ने,धर्ममा बुद्ध् धर्मलाई प्राथमिक्ता दिने ,साथै जबर्जस्ती भिडाउन लागिएको बिना मताधिकारको नागरिकतालाई कसरी पूर्ण अधिकार सहितको बनाउने आदि बिषय हरुमा पनि छलफल गरिएको थियो ।
उक्त अवसरमा महासंघका अधक्ष्य थर्क रानाले नेपालको राज्यसत्ताले आदिवासी जनजाति हरुलाई बिभीन्न बहनामा सयौ बर्षा देखि आफ्नै भुमीबाट बिमुख बनाई घर मुसालाई जंगली मुसा बनाएको आरोप लगाए । जातिय दमन अझै पनि जस्ताको तस्तै रहेको ,धार्मिक ,भाषिक,साँस्कृतिक शोषणको मारमा नेपालका आदिबासीहरु अझै सम्म पनि पिल्सिन वाध्य रहेको र हिन्दू धर्ममा आधारित कानुनको आडमा आदिवासी हरुलाई दबाइ रहेकोले यस्ता जातिय दमन , हैकमवादको चरम पराकास्ठालाई परास्त गर्न सबै आदिवासी ,जनजाती हरु एकजुट भएर लाग्न आव्हान समेत गरे । त्यस्तै तमु प्यलु सङ्घका नर बहादुर गुरुङले पनि नेपाली राजनैतीक पृष्ठभूमिको उल्लेख गर्दै हिजो जनजाति ,आदिबासीहरुको हकहितका कुरा उठाउदा निकै सास्ती भोगेको सस्मरण गराउदै अबका दिनमा सबै आदिबासी- जनजाती हरु एकजुट भई लड्नु पर्ने कुरामा जोड दिए । महसङ्घका सचिव धन घलेले बेलायतमा करिब ३६९ बिभिन्न नेपाली संघ संस्था हरु रहेको र ती संघ सघ संस्थाहरुसँग समन्व्य गरि अगाडि बढ्नुपर्ने र सामुहिक हितको उद्देश्य अनुरुप सबै संघ संस्थालाई अगाडि ल्याउने कुरा व्यक्त गरे । त्यस्तै बिरात राई यायोक्खाकी गंगा देवी राई ,सुनुवार समाजका ओम सुनुवार ,मगर सङ्घका भरत थापा ,मान धोज घले ,डा चजिन्द्र राना मगर लगायतका बिभिन्न व्यक्तित्व हरुले आ-आफ्नो मन्त्व्य राखेका थिए ।
चजिन्द्र राना मगर