मगरातको माग पुरा गर्न राज्यलाइ नेपाल मगर संघको ध्यानाकर्षण – प्रेस विज्ञप्ति

Read Time:4 Minute, 36 Second

श्री सम्पादक ज्यू ।

झोर्ले, जेधो, सिमिङेपाउ तथा मगरात अभिवादन .

विषयः प्रेस विज्ञप्ति ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषता भएको मुलुक नेपाल, विगत २५० वर्ष देखि निरन्तर अहिले सम्म एउटै जाति, भाषा, धर्म र संस्कृतिको वर्चश्वमा शासित भयो, जसका कारण बहुसंख्यक नेपाली जनता विभेद र उत्पीडनका शिकार भए । मुलुकमा दोस्रो संविधान सभाको निर्वाचनबाट गठित संविधान सभाले नयाँ संविधानको निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगी रहँदा, संविधान सभा भित्रका प्रमुख चार राजनितिक दलका शिर्षस्थ नेताहरुको सहमतिमा १६ बुँदे हुँदै सिमाङ्कन विनाको ८ प्रदेशको खाका नयाँ संविधानको प्रारम्भिक मस्यौदा मार्फत जारी गरियो ।

 

 

तत् पश्चात चार दलिय शिर्षस्थ नेताहरुको कथित तथा अप्राकृतिक समझदारीबाट रातारात पहिचान र सामाथ्र्यलाई लत्याएर सिद्धान्त विनाको ६ प्रदेश आफू अनुकुलको खाका प्रस्तुत गरियो । त्यसको केही दिन वित्न नपाउँदै तीन दलिय सम्झौतामा सात प्रदेशको खाका प्रस्तुत गरिएको छ ।         

मुलुकको अग्रगामी परर्वतनका लागि भएका विभिन्न क्रान्ति वा आन्दोलनहरुमा मगरात भूमि र मगरातका जनताको ऐतिहासिक भूमिका र बलिदानी पूर्ण इतिहास ताजा छ । आजको आधुनिक तथा विशाल नेपाल निर्माणको जग मगरात भूमि र मगरात सभ्यता हो हामी यो किटानका साथ दावी गर्दछौ । यति ठूलो ऐतिहासिक विरासत बोकेको मगरात भूमि र सामाजिक संरचनालाई टुक्रा–टुक्रा पारी क्षत–विक्षत गरेर नयाँ नेपाल बन्न नसक्ने ठहर सहित गम्भिर आपत्ती प्रकट गर्दै अधिकार सम्पन्न मगरात स्वायत्त प्रदेश सहितको संघीय संविधान निर्माणका लागि दवाव स्वरुप एक दिने मगरात क्षेत्र बन्द सहितको कार्यक्रमहरुको आवहान गरिएको गरिएको थियो । मगरात बन्द सहितको कार्यक्रमहरु शन्तिपूर्ण र सानदार ढंगले सम्पन्न भएको छ ।

कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने मगरात वासी जनताहरु, नेपाल मगर संघको सबैतहका नेता कार्यक्रर्ताहरु, मगरात संघर्ष समितिको नेता कार्यक्रर्ताहरु, नेपालको विभिन्न पार्टीमा आस्था राख्ने मगर नेताहरुको संस्था संयुक्त मगर मञ्च, मिडिया क्रर्मिहरु, देश विदेशमा क्रियाशिल मगर संघका पदाधिकारी सदस्यहरु, मगरात क्षेत्र केन्द्रीत सबै उद्योग व्यवसायीहरु, संघ संस्थाहरु सबै सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।  

मगरात तथा मगरातबासीको न्यायपूर्ण मागहरुलाई तत्काल सम्बोधन गरियोस, अन्यथा हामी अर्को चरणको सशक्त संघर्षको कार्यक्रमहरु ल्याउन बाध्य हुने चेतावनी दिंदै उक्त आन्दोलनहरुबाट निस्कने हर प्रकारका परिणामहरुको जवाफदेहीता राज्य र मुख्य राजनैतिक दलहरु नै हुने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । हाम्रो मागहरुलाई पूरा गर्ने क्रममा पुनः सहयोगको अपेक्षा समेत गर्दछौ ।

धन्यवाद ।

जय मगरात .. जय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल …          

महेन्द्र थापामगर                  

अध्यक्ष

नेपाल मगर संघ मगरात संघर्ष समिति

काठमाण्डौ, नेपाल ।

मितिः २०७२ भाद्र १४ गते

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %