भाद्र १३ गते मगरातमा विरोध सभा सहित मशाल जुलुस,भाद्र १४ गते मगरात बन्द
ज्ञानेन्द्र पुन मगर
काठमाण्डौ, भाद्र ११ – नेपाल मगर संघले प्रस्तावित मगरातको विभिन्न जिल्लाहरुका पदाधिकारीहरुसंग मगरात प्राप्तिको संघर्षको आगामी रणनीति बनाउदै सशक्त संघर्षमा उत्रिने निर्चोडका साथ आज २०७२ भाद्र ११ गते तनहुँको दमौलीमा मगरात भेला सम्पन्न गरेको छ ।
मगरात प्राप्तिको संघर्षको दोस्रो चरणको आन्दोलन अन्तरगत आज मगरात भेला सम्पन्न गरिएको हो भने भोली भाद्र १२ गते मगरातलाई विभाजन गरेको विरोधमा मगरात भित्रका सबै जिल्लाहरुमा पत्रकार सम्मेलन गर्ने, भाद्र १३ गते मगरात भित्रका हरेक जिल्लामा विरोध सभा सहित मशाल जुलुस गर्ने, १४ गते मगरात बन्द गर्ने लगायतको यि कार्यक्रमहरुलाई शसक्त रुपमा सफल बनाउने उत्साहका साथ सबै सहभागिहरु उत्प्रेरित भएर आ – आफ्नो जिल्ला फर्किएका छन् । मगरातको थप सशक्त कार्यक्रम बनाउने समेत भेलाले निर्णय गरेको छ ।
नेपाल मगर संघको आयोजनामा सम्पन्न भएको भेलामा काग्रेस, एमाले, एमाओवादी, माओवादी, समाजवादी फोरम, जनमुक्ति, एकिकृत, सालोपा लागायतका पार्टीको मगर घटकका नेताहरुले मगरातको कार्यक्रमहरु प्रति सर्मथन तथा एक्यवद्धता जनाउदै भाद्र १४ गतेको बन्दलाई सफल बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरको सहजिकरणमा नेताहरु सुरेश आलेमगर, लोकबहादुर थापामगर, लिलाबहादुर थापामगर, केबि रानामगर, नीलबहादु थापामगर, डिके सुर्यवंशी त्यसै गरि जिल्ला स्तरिय मगर नेताहरु गोरखाको विष्णु राना, लमजुङको टेकबहादुर थापामगर, तनहूँको झकबहादुर सारु, कास्कीको पूर्ण बहादुर रानामगर, बाग्लुङका गणेश थापामगर, पाल्पाका यस कुमार मगर, रुपन्देहीकी गिता सारु, नवलपरासीका इन्द्रबहादुर फालमगर, स्याङ्जाकी रेवती रानामगर लगायतले बोलेका थिए ।
साथै यस कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्षको अलवा उपाध्यक्ष द्धय गंगाबहादुर थापामगर र डा. देव थापामगर, महासचिव नवीन रोकामगर, सचिव तथा संगठन विभाग संयोजक ज्ञानेन्द्र पुनमगर, केन्द्रीय सदस्यहरु झलक रानामगर, गमबहादुर थापामगर र तेजेन्द्र थापामगर, मगर महिला संघकी अध्यक्ष गंगा खासुमगर र मगर विद्यार्थी संघको महासचिव गम रानामगरको सहभागिता रहेको थियो ।
र यस कार्यक्रममा १२ वटा जिल्लाका नेपाल मगर संघको पदाधिकारीहरुको सहभागिता रहेको थियो भने दाङमा कफ्यू भएका कारण रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङबाट सहभागिता हुन नसकेका कारण राप्तीमा आ-आफ्नै जिल्लामा भेला भई छलफल गरिएको थियो ।
उक्त भेलामा लुम्बिनी, गण्डकी र धवलागिरीको ११ जिल्लाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भाद्र १४ गते मगरात बन्द गर्ने उत्साह र उर्जा सहित तनहुँमा आयोजना गरिएको “मगरात भेला” ले मगरातको लागी निर्नायक संघर्ष गर्ने निचोड निकालेको छ ।
कुन–कुन जिल्ला पर्दछन मगरात स्वायत्त प्रदेशमा ?
पाल्पा, रोल्पा, रुकुम, गुल्मी, प्यूठान, अर्धाखाँची, म्याग्दी, बाग्लुङ, सल्यान सबै भू-भाग । पर्वत (१५ गाविस), तनहूँ (३४ गाविस), नवलपरासी (४१ गाविस), स्याङ्जा (४८ गाविस), दाङ (११ गाविस), गोरखा (१७ गाविस), लमजुङ (४ गाविस), डोल्पा (६ गाविस), रुपन्देही (उत्तरी पहाडी भाग) ।